यसकारण भयावह बन्दैछ बच्चाहरुमा मोटोपन


संभवत धेरै अभिभावकको टाउको दुखाईको विषय हो, छोराछोरीको मोटाई । विगतमा छोराछोरी दुब्लो/पातलो भएकोमा अभिभावकलाई चिन्ता हुन्थ्यो । अहिले ठिक विपरित छ । अर्थात, छोराछोरी अस्वभाविक मोटाएकोमा तिनका आमाबुवालाई पिर परेको छ ।

पछिल्लो अध्ययन अनुसार चार दशक यता १८ बर्षभन्दा कम उमेरको किशोर तथा बच्चामा मोटोपनको स्तर दश गुणाले बढेको छ । यसको सोझै अर्थ के हो भने, अहिले विश्वभरमा मोटो बच्चाको संख्या १२ करोडभन्दा बढी छ । यो तथ्य मेडिकल जर्नलमा छापिएको छ । यो शोधमा विश्वभरका दुई सय देश सामेल छ ।

वेलायतमा ५ देखि ९ बर्षको उमेरका हरेक १० बच्चामा एक बच्चा मोटोपनको शिकार छन् । मोटो बच्चा ठूलो भएपछि पनि मोटा नै हुन्छन् । मोटोपन आफैमा समस्याको रुपमा देखा परेको छ । मोटोपनले शरीर भद्दा र असुहाउँदिलो मात्र हुने होइन, मधुमेह, उच्च रक्तचापको जोखिम पनि बढाउँछ ।

विश्व मोटोपन दिवसको बेला जारी गरिएको रिपोर्ट अनुसार सन् २०२५ सम्ममा मोटोपनको कारण हुने रोगको उपचारमा ९ सय २० अर्ब पाउन्ड खर्च हुनेछ ।

मोटोपन नयाँ ‘ट्रेन्ड’

इन्पीरियल कलेज लन्डनको शोधकर्ता प्रोफेसर माजिद इजीतीका अनुसार, बेलायत लगायत केहि युरोपिय देशमा बच्चामा मोटोपनको दर अब स्थिर भएको छ । तर, विश्वको अन्य देशमा भने मोटोपन खतरनाक ढंगले बढिरहेको छ । किन यस्तो भइरहेको छ त ?

शोधकर्ताले यसको जवाफ यसरी दिएका छन्, ‘सस्तो र मोटोपन बढाउने खानाले मोटोपन बढिरहेको छ ।’

मोटा बच्चाको संख्या पूर्वी एशियामा बढिरहेको छ । चीन, भारत तथा नेपालमा पनि यसको दुष्प्रभाव परेको छ ।

शोधकर्ताले के अनुमान गरेका छन् भने, मोटोपन भएका बच्चाको संख्या अहिलेकै रफ्तारमा बढ्ने हो भने, अन्डरवेट बच्चाभन्दा मोटा बच्चाको संख्या अत्याधिक हुनेछ । सन् २००० यता विश्वमा अन्डरवेट बच्चाको संख्या लगातार घटिरहेको छ । २०१६ मा विश्वभर करिव १९ करोड बच्चा अन्डरवेट थिए । अहिले यो संख्या मोटा बच्चाहरुले उछिनेको छ ।

पूर्वी एशिया, ल्याटिन अमेरिका र क्यारिबियन देशमा पछिल्लो बर्ष अन्डरवेट बच्चाभन्दा मोटो बच्चा बढी छन् । लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनको सह-शोधकर्ता डा. ह्यारी रुटरले बताएका छन्, ‘यो एक ठूलो समस्या हो, जो अनियन्त्रित रुपमा बढिरहेको छ ।’

विश्व स्वास्थ्य संगठनका डा. फियोना बुलका अनुसार, अब समय आइसक्यो कि, धेरै क्यालोरी र कम पोषक तत्व भएको खानाकुराको साटो शारीरिक सक्रियतामा ध्यान दिनुपर्छ ।

अहिलेसम्म विश्वभरको २० मुलुकमा सफ्ट ड्रिंकमा कर लगाएको छ । इग्ल्यान्डा पब्लिक हेल्थसँग जोडिएको न्यूटि्रशन विज्ञ डा. एलिसन टेडस्टोन भन्छन्, ‘खानामा चिनीको मात्रा कम भन्दा कम प्रयोग गर्नुपर्छ ।’

तर, अब बोलेर मात्र समस्याको हल हुँदैन । शिक्षा र जानकारी दिन आवश्यक छ । साथै कम क्यालोरी र पौष्टिक आहारयुक्त खानेकुरा पनि आफ्नो जीवनमा सामेल गर्नुपर्नेछ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार