समुदायमा कोरोना छिरेको आशंका ,


थप २६ जनामा कोरोना पुष्टि भएका छन् । शनिबाबर डडेल्धुरा स्थित डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा बझाङका थप २६ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बझाङले जनाएको छ । यो संगै बझाङमा कोरोना संक्रमितको संख्या ३ सय २० पुगेको छ ।
कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गए पछि जिल्लामा पनि स्थिती भयावह हुने देखिएको छ । हाल सम्म जिल्लामा भारतबाट आउने मानिसहरुको मात्र कोरोना परिक्षण गरिएको जिल्ला अस्पताल बझाङका डाक्टर मिलन खड्काले बताउनुभयो । उहाँले भन्नुभयो अरु जिल्लाहरुमा समुदाय स्तरमा पनि परिक्षण गर्दा देखिएकाले हाम्रो जिल्लामा समेत समुदाय स्तरमा समेत कोरोना संक्रमण फैलिएको अनुमान गर्न सकिन्छ । उहाँले हाल सम्म बझाङमा समुदाय स्तरको परिक्षण नगरिएको बताउदै सबैले सुरक्षित हुनु पर्नेमा जोड दिनुभयो ।
पछिल्लो समयमा केही स्थानीय तहले भारतबाट आउने नागरिकहरुलाई क्वारेन्टाईनमा समेत नबसालेर सिधा घर पठाउन थाले पछि कोरोनाको संक्रमण गाउँमा फैलिएको आशंका गरिएको छ । कोरोना संक्रमणको उच्च जोखिमको ठाउँबाट आएका मानिसहरु समेत निर्वाध रुपमा खुल्लारुपमा हिडडुल गरि रहेकाले यसको संक्रमण समुदायमा फैलिएको आशंका गरिए संगै सबैले अनिबार्यरुपमा कोरोना सुरक्षाका बिधी अपनाउनु पर्नेमा जोड दिनु पर्ने स्वास्थ्यक्रर्मीको सुझाव छ ।
पछिल्लो २४ घण्टामा ३ सय ८५ जनाको कोरोना परिक्षण गर्दा बझाङकै मात्र २६ गरी जम्मा ४९ जनामा कोरोना पुष्टि भएको अस्पतालका प्रयोगशाला इन्चार्ज ईस्वरीप्रसाद भूषालले जानकारी दिनुभयो । संक्रमण पुष्टि हुनेमा बझाङका २६ , बैतडीका २१ र दार्चुलाका २ जना रहेको भूषालले जानकारी दिनु भएको हो ।
उनका अनुसार बझाङको दुर्गाथली गाउँपालिकाका २३ जना र केदास्यूँ गाउँपालिकाका ३ जना रहेको छन् । बझाङमा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार