दुर्गाथली गाउँपालिका दई वटा वडाका ४७ जनामा कोराना भाईरस संक्रमण पुष्टि भएको छ । दुर्गाथली गाउँपालिका ४ र ५मा सनिबार १९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको जिल्ला अस्पाताल बझाङले जनाएको छ । शनिबार र आईतबार संक्रंमितको संख्या बढे संगै दुदर्गाथली गाउँपालिकाको ४ र ५ वडामर खप्तड छान्ना गाउँपालिकाका ६ पाटादेबलमा निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको छ ।
जिल्ला समन्वय समितीका संयोजक खड्क बहादुर खड्को अध्यक्षतामा बसेको सर्ब पक्षिय बैठकले उक्त निर्णय गरेको हो । खप्तड छान्ना गाउापालिका ६ पाटादेबलमा लाग्ने शैनडाडा मेलाल ाई लक्षित गरि सनिबार राती १२ बजे देखी भदौ २१ गते सम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
यसैगरि कोरोना संक्रमित देखिए पछि दुर्गाथली गाउँपालिकाको ४ र ५ नम्बर वडा समेत शनिबार साती १२ बजे देखि भदौ २८ गते सम्म निषेधाज्ञा जारी गरिएको छ । शनिबार मात्र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणका क्रममा दुई वडामा ४७ जनामा संक्रमण देखिए पछि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
निषेधाज्ञा जारी भएपछि दुर्गाथली ४ र ५ का साथै खप्तड छान्ना गाउँपालिका ६ नम्बर वडाहरुमा प्रबेशमा समेत रोक लगाएको छ । निषेधाज्ञा जारि गरिएका वडाबासीले पनि आप्mनो वडा भन्दा बाहिर जान नपाउने समेत र यी वडामा बाहिरका मानिसहरुले प्रबेश गर्न नपाउने बताइएको छ ।
निषेधाज्ञा जारी भएको समयमा अत्यावश्यक काम बाहेक जो कोही घर बाहिर निस्केमा संक्रामक रोग ऐन २०२० कारबाही गरिनुका साथै सिधै १४ दिन क्वारेन्टाइनमा राखिनेछ बताएको छ । बझाङमा हाल कोरोना संक्रमितको संख्या ३ सय ६७ पुगेको छ भने निको हुनेको संख्या २ सय ७९ पुगेको छ । अब बझाङमा ८८ जना कोरोना संक्रमित रहेका छन् । अहिलेसम्म एक जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ भने एक जना युवकले कोरोना रिर्पोट पोजेटिभ देखिएपछि आत्महत्या गरेका थिए ।