
चुम्लुङ् जिल्ला अध्यक्ष भक्त खेवाङ् लिम्बुको अध्यक्षतामा बसेको नियमित बैठकले अधिवेशन गर्ने निर्णय गरेको शाखा सह–सचिव कविन्द्र सेर्मा लिम्बुले जानकारी दिएको छ । सहसचिव सेर्माका अनुसार किरात याक्थुङ् चुम्लुङ् झापाका नगर – गाउँ शाखाहरुले फागुन १५ गतेभित्र अधिवेशन सम्पन्न गरि सक्नुपर्ने छ ।
चुम्लुङ्को विधानत ३ वर्षमा जिल्ला अधिवेशन सम्पन्न गर्नुपर्ने प्रावधान अनुरुप शाखाको अवधि फागुन दोस्रो हप्ताह सकिने भएकोले जिल्ला शाखालाई अध्यावधिक गर्दै लैजान जिल्ला अधिवेशन गर्न लागिएको शाखा भक्त खेवाङ्ले जनकारी गराए ।
अधिवेशनका लागि माघ मसान्तभित्र जिल्लाभित्रका साधारण सदस्य, आजीवन सदस्य, संरक्षक सदस्य र संरक्षक सदस्यहरुको अध्यावधिक समेत गरी सक्नु पर्ने बैठकले निर्णय गरेको छ ।