क्रियाशील महिला पत्रकार पुरस्कार स्थापना


सेवारो खबर  355 पटक हेरिएको

इलाम – प्रत्रकार महासंघ इलाम शाखाले क्रियाशिल महिला पत्रकार पुरस्कार स्थपाना गरेको छ । कोषबाट हरेक वर्ष पत्रकार महासंघको स्थापना दिवसको दिन जिल्लाको एक क्रियाशिल महिला पत्रकारलाई १० हजार नगद राशि सहित पुरस्कार दिईने बताइएको छ ।

सहयोगी दाताहरूको खोजी गरी कोषको रकम बढाउँदै लैजाने महासंघको योजना छ । सञ्चार कर्ममा महिलालाई आकर्षित गरी स्थायित्व दिलाउँन पुरस्कारको स्थापना गर्न लागिएको महासंघका पुरस्कार कोष संयोजक बुद्धमाया सोङमीले बताइन् ।

पुरस्कार कोषमा ५० हजार रूपायाँ जम्मा भइसकेको छ । इलाम नगरपालिकाले २५ हजार, महासंघ शाखाको २५ हजार गरी ५० हजार रूपायाँ जम्मा गरिएको छ । पाँच हजार पाँच सय रूपायाँ पत्रकार रिता राराहाङले जम्मा गरिदिने घोषणा गरेकी छिन् ।

महासंघका सचिव ख्याम भुजेलका अनुसार कोष वृद्धि कार्यविधि व्यवस्थापन लगायतका कामका लागि कार्यसमिति सदस्य वुद्धमाया सोङ्मीको संयोजकत्वमा महासंघ जिल्ला शाखा उपाध्यक्ष कौशिला राई र कार्यसमिति सदस्य विनय तिम्सिना सदस्य रहेको उपसमिति गठन भएको छ । कोषलाई वृद्धि गरेर दुई लाख रुपैयाँ पु¥याउने हासंघको योजना छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार