इलाममा एक सय ४६ जनाले कोरोना भाईरस विरुद्को खोप लगाए


सेवारो खबर  245 पटक हेरिएको

इलाम – कोरोना भाईरस (कोभिड–१९) विरुद्घको खोप इलामका एकसय ४६ जनाले लगाएका छन । जिल्लाको तीन केन्द्रबाट एक सय ४६ जनाले खोप लगाएका जनस्वाथ्य कार्यालयले जनाएको छ ।

इलाम नगरपालिकाको इलाम अस्पताल, सूर्योदय नगरपालिकाको फिक्कल प्राथमिक स्वाथ्य केन्द्र र देउमाई नगरपालिकाको मंगलबारे प्राथमिक स्वाथ्य केन्द्रबाट खोप दिइएको थियो ।

इलाम अस्पतालमा ४६ महिला, ४२ पुरुष गरी ८९ जना, फिक्कलबा ११ महिला, १९ पुरुष गरी ३० जना र मंगलबारेबाट १४ महिला, १३ पुरुष गरी २७ जनाले खोप लगाएको स्वास्थ्य कार्यालयका खोप सुपर भाईजर विष्णु वस्तिले जानकारी दिए ।

कोभिशिल्ड नामक कोरोना बिरूद्धको खोप सरकारी, गैर सरकारी तथा नीजि क्षेत्रमा कार्यरत स्वथ्यकर्मी, सहयोगी कर्मचारीले लगाएका छन् ।

पहिलो चरणमा सामुदायिक स्वाथ्य स्वयंम सेविका, पालिकाद्धारा नियुक्त सार्वजनिक फोहोर संकलक सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वहान चालक, सहचालक र कोरोना भाइरस (कोभिड–१९) रोगबाट मृत्यू भएकाको सव व्यवस्थापनमा खटिने सुरक्षाकर्मीलाई खोप दिइने जनस्वाथ्य प्रमुख बृजकुमार दासले जानकारी गराए ।

पाँच दिनसम्म लगाइने खोप इलाम अस्पतालका मेडिकल सुपरिटेन्ड डाक्टर प्रभु शाहले लगाएर शुभारम्भ गरेका थिए । जिल्लामा १७ सयलाई कोराना विरूद्धको खोप दिइने जनाइएको छ ।

१८ वर्ष माथिकालाई दिइने खोप गर्भवती, स्तनपान गराउँने आमा, गर्भको योजना बनाइराखेको, कोरोना भाइरस (कोभिड–१९) को सक्रिय संक्रमणपछि ८ हप्ता ननाघेको अवस्था भएको, प्लाज्मा थेरापी दिइएका कोभिडका बिरामी, कुनै पनि गम्भीर बिरामी, रक्त स्राव हुने वा रगतमा रगत रोकथाम गर्ने तत्वको कमि भएकाले खोप लिन नमिल्ने जनाइएको छ ।

पहिला कोभिड संक्रमण भएका व्यक्ति, दिर्घ रोग जस्तै मुटु, मस्तिष्क, फोक्सो, मृगौला रोग र क्यान्सर रोग भएका, रोग प्रतिरक्षा कमी वा एचआइभी एड्स, रोग प्रतिरोधात्मक औषधी सेवन गरिरहेकाले चाहीँ खोप लिन मिल्ने जनस्वाथ्य कार्यालयले जनाएको छ ।

खोप लगाइसकेपछि सुई लगाएको ठाँउमा दुख्ने, सुन्निने, रातो हुन सक्ने, थकाई र आलस्य महशुस हुने, ज्वरो वा टाउको दुख्ने, वाकवाकी हुने, माशंपेसी वा जोर्नी दुखाई, वान्ता आउने, फ्लुको जस्तो लक्षण देखिनु, ज्वरो आउने, घाँटी दुख्नु, खोकी लाग्ने सामान्य समस्या देखिन सक्ने जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार