‘बालबालिकाको समग्र विकास गर्न नीतिगत व्यवस्थापन आवश्यक’


सेवारो खबर  465 पटक हेरिएको

इलाम-बाल बालिकाको समग्र विकास गर्न नीतिगत व्यवस्थापन आवश्यक भएको इलाममा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् ।

उनिहरूले जिल्ला समन्वय समितिको आयोजनामा भएको बाल अधिकार सुनिश्चितताका लागि जिल्ला स्तरीय छलफल कार्यक्रमका बक्ताले बाल अधिकारको समग्र विकासको काम सरकारले गर्नु पर्नेमा जोड दिए ।

मानव अधिकार मञ्च नेपाल इलामले व्यवस्थापन गरेको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बरालले अन्य भौतिक विकास जस्तै बाल बालिकाको विकासको काम सरकारले गर्नुपर्ने बताए । उनले विकासको प्रमुख आधार मानव संशाधन भएकाले भविष्यको मानव संशाधनलाई बलियो बनाउँन बाल बालिकाको समग्र विकासको काम गर्नु पर्नेमा जोड दिए ।

‘मानव संशाधनको विकास सबै खालको विकास हो समन्वय प्रमुख बरालले भने–बाल बालिकाको समग्र विकासको काम सबै सरोकारवालाले गर्नु पर्छ । हिंसामा वा पीडामा परेका बालबालिकाको अस्थाई आवास गृहको व्यवस्थापनको तयारीमा लागेका छौं । सबै स्थानीय पालिकाले सहयोग गर्नुहोस ।’

समन्वय उप–प्रमुख चित्रकला बराइलीले बाल बालिका भनेको भविष्यका सम्पत्ति भएकोले उनिहरू विकास र संरक्षणको काम स्थानीय सरकारले गर्नुपर्नेमा बताइन् । उनले बाल बालिकाको विकासले मात्र सुदुर भविष्यमा राम्रो हुने बताउँदै उनिहरूको विकासमा नीतिगत व्यवस्थापन गरेर जानु पर्नेमा जोड दिइन् ।

जिल्ला बाल संगठन अध्यक्ष नबराज शंकरले बाल बालिकाको क्षेत्रमा हिजो भएका विभिन्न कार्यक्रमलाई संस्थागत गर्नुपर्ने बताए । उनले बाल बालिकाको क्षेत्रमा भएका कामको मूल्याङ्कन गर्दै स्थानीय तहले ध्यान दिएर कामगर्न पर्नेमा जोड दिए ।

रोङ गाउँपालिका अध्यक्ष सम्सेर राईल स्थानीय तहले बाल बालिकाको क्षेत्रमा काम भइरहेका जनाउँदै नीतिगत व्यवस्थापनमा प्राविधिक सहयोग आवश्यक रहेको बताए । उनले बाल बालिकाको क्षेत्रमा विद्यालय, खेलकुद, स्वाथ्यको क्षेत्रमा काम भइरहेकालाई नीतिगत व्यवस्थापन गर्ने काम गर्ने प्रतिवद्धता जनाए ।

चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईले बाल बालिकाको क्षेत्रमा आफ्नो पालिकाले नीतिगत व्यवस्थापनको काम गरिरहेको जानकारी गराए । उनले आफ्नो पालिकामा बाल बालिकाको समग्र विकास गर्दै बालमैत्री बनाउँने योजना भएको बताए ।

छलफल कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद प्रदेश एकको प्रदेश समन्वय अधिकृत सुमन अधिकारीले स्थानीय तहमा बाल अधिकार प्रर्वधनको अवस्था, चुनौती, संभावना र भूमिकाको विषयमा जानकारी गराउँदै उनले बालबालिकाको क्षेत्रमा नीतिगत व्यवस्थापनले मात्र पुग्दैन व्यवहारिक रूपमा काम गर्नुपर्ने जोड दिए ।

उनले बाल बालिकाको समग्र विकासको पहिलो काम स्थानीय सरकारले गर्नुपर्ने औल्याउँदै स्थानीय सरकारलाई बाल बालिकाको अविभावक बन्न आग्रह गरे । कार्यक्रममा जिल्लाको सबै स्थानीय तहको प्रमुख, उप–प्रमुख र अध्यक्ष, उपाध्यक्ष सहित बालबालिका शाखाको कर्मचारी सहभागी भएको कार्यक्रममा मानव अधिकार मञ्च नेपालका उपाध्यक्ष बीरबहादुर खड्काले बाल बालिकाको क्षेत्रमा स्थानीय तहले नीतिगत व्यवस्थापन गर्दै व्यवहारिक रूपान्तर गर्नुपर्नेमा बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार