इलाम-सूचना सार्वजनिक गर्नु सुशासनको नमुना भएको इलाममा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । उनिहरूले जिल्ला प्रसाशन कार्यालयले आयोजना गरेको जिल्ला स्थित विभिन्न कार्यालयको सूचना अधिकारी र पत्रकार बीचको अन्तरक्रिया कार्यक्रमका बक्ताले सार्वजनिक सेवा प्रदायक कार्यालयले सूचना प्रवाह गर्नु सुशासनको आधार भएको बताए ।
प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईले सार्वजनिक सेवा प्रदायले सूचना सार्वजनिक गर्नु भनेको सेवाग्राही प्रति जिम्मेवार हुन हो, भन्दै उनले भने–सार्वजनिक सेवा प्रदायकले नियमानुसार कम्तिमा तीन महिनामा एक पटक सबै सार्वजनिक सेवा प्रदायक संस्थाले भएका गरेका कामको सार्वजिकरण गर्नुपर्छ ।’
‘सूचना लिनु र दिनु भनेको सेवाग्राही प्रति जिम्मेवार हुनु हो उनले भने ‘सुशासनको सुरूवात गर्नु हो । विश्वास दिलाउँनु हो । काम कारबाहीलाई चुस्त दुरूस्त सहज र पहुँच योग्य बनाउनु हो ।’
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सटेन्द्र जबेगुले सार्वजनिक सेवा प्रदायक संस्थाले सूचना सार्वजिक गर्नु भनेको सेवा प्रदायक संस्था र नागरिक बीच बिश्वासको सम्बन्ध निर्माण गर्नु हो भन्दै उनले भने ‘सेवा प्रवाहको बिषयमामा शुसुचित गराउनु भनेको कार्यालयसँग सेवाग्राहीको पहुँच सहज बनाउँनु हो ।’
पत्रकार महासंघ प्रदेश उपाध्यक्ष सोम सुशेलीले सार्वजनिक भएका सूचनाले सेवा प्रदाय र सेवाग्राहीलाई सहज बनाउँने बताउँदै उनले भने–‘सेवा प्रदायकको सूचना सार्वजनिक भए सुशासन र पारदर्शिताको जग बसाल्न सजिलो हुन्छ । सेवाको विषयमा जानकार भई सेवाग्राहीमा विश्वासको वातावरण निर्माण हुन्छ ।’
स्थानीय तहका सूचना अधिकारीले सूचनाको हक सम्बन्धि ऐन २०६४ को विषयमा कर्मचारी, जनप्रतिनीधि र सेवाग्राहीलाई जानकारी दिन सके सूचना बिहिनताको समस्या मुक्त हुने बताए । उनिहरुले भने ‘सूचना अधिकारीको जिम्मा पाएका छौं । हाम्रो पालिकामा अर्को पनि जिम्मेवारी भएकोले समयमै सूचना दिन सकेका छैनौं । सूचना ढिलो दिनुको कारण सबै सूचना समयमै जानकारी नपाउँनु हो ।’
सार्वजनिक निकायको स्थिती विवरण पुस्तक सार्वजनिक
अन्तक्रिया कार्यक्रममा जिल्ला प्रशासन कार्यालयले प्रकाशन गरेको जिल्लाको सार्वजनिक निकायको स्थिती विवरण पुस्तक सार्वजनिक गरेको छ ।
‘इलाम जिल्लामा सेवा प्रबाह गर्ने सार्वजकिन निकायहरूको स्थिति विवरण २०७७’ नामक पूस्तकमा सार्वजनिक निकायको अहिलेको अवस्थाको बारेमा जानकारी समेटिएका छन् ।
जिल्लामा भएका संघीय, प्रदेश र स्थानीय तहको विवरण समेटिएको छ । पुस्तकले सार्वजनिक निकायबाट प्राप्त हुने सेवा र गरेको काम कारबाहीको संक्षिप्त रूपमा जानकारी दिने प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईले बताए ।
पुस्तकमा ६७ सार्वजनिक सेवा प्रदायकको जानकारी समेटिएको छ । जसमा संघीय अन्तगर्तका ३३, प्रदेश अन्तर्गतका ११ कार्यालयले गरेको कामको संक्षिप्त विवरण उल्लेख छ । यस्तै जिल्ला समन्वय समिति सहित दशवटै स्थानीय तहले गरेको कामको विषयमा जानकारी लिन सकिने छ । छ वटा संस्थान अन्तर्गतका समितिका कार्यालय, तीन वटा बैक तथा बितीय संस्थाको बारेमा जानकारी लिन सकिने छ ।
जिल्ला प्रशासन कार्यालयमा एसडिएमएस प्रणालिमा जोडिने
इलाम जिल्ला प्रशासन कार्यालयमा सर्भिस डेलिभरी मेनेजमेन्ट सिष्टम (एसडिएमएस) प्रणालिमा जोडिने भएको छ । सेवाग्राहीलाई सहज सेवा दिन एसडिएमएस प्रणालिमा लान तयारीमा जुटेको प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाइले जानकारी गराए ।
जिल्ला प्रशासन कार्यालय एसडिएमएस प्रणाली जडान भए कार्यालयबाट प्रदान हुने सेवाको विषयमा वडा तथा पालिकामा सिफारिसको काम, नागरिकता, एमआरपी पासपोर्टको कागजातसँग प्रकृयाको सुनिश्तिता हुने जनाइएको छ । जसले सेवा र कामको सुनिश्ति भई सेवाग्राहीको काम समयमै गरिने छ ।
¬