एक नम्बर प्रदेशमा १८ प्रतिशत रोपाइँ

देशभरमा २७ प्रतिशत


सेवारो खबर  385 पटक हेरिएको

इलाम:असार १५ अर्थात १८ औं धान दिवस, विभिन्न कार्यक्रम गर्दै मंगलबार मनाइएको छ । ‘धान उत्पादनमा बृद्धिः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ नारा सहित यो वर्षको धान दिवस मनाइयो । कोभिड-१९ कोरोना भाइरसको महामारीले बिगतका वर्षहरू झै यस वर्षको धान दिवसले कृषिमा आत्मनिर्भर किसानमा उत्साह थप्न सकेन ।

मध्य असारमा आइपुग्दा एक नम्बर प्रदेशमा १८ प्रतिशत रोपाई गरिएको छ । एक नम्बर प्रदेशको उच्च पहाड तीन जिल्लामा १६ प्रतिशत रोपाई सकिएको छ । ताप्लेजुङमा २२, संखुवासभामा १० र सोलुखुम्बुमा ४६ दशमलव १६ प्रतिशत गरी उच्च पहाडी जिल्लामा १६ दशमलव ६३ प्रतिशत रोपाई भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

तथ्याङ्क अनुसार यो क्षेत्रमा २४ हजार एक सय १३ हेक्टरमा धान रोपिने भएपनि असार १५ सम्ममा चार हजार ११ दशमलब १८ हेक्टरमा मात्र रोपाई सकिएको छ ।

मध्य पहाडी क्षेत्रको आठ जिल्लामा २८ दशमलव ६ प्रतिशत रोपाई भएको छ । ९० हजार नौ सय १६ हेक्टर क्षेत्रफलमा रोपाई गरिने क्षेत्र मध्ये २५ हजार पाँच सय आठ बढि क्षेत्रमा रोपाई सकिएको छ । दशमलव पाँचथरमा २७, इलाममा २२, भोजपुरमा ५०, तेह्रथुममा ३५, धनकुटामा १५, उदयपुरमा १२, ओखलढुङ्गामा ११ दशमलब १३ र खोटाङमा ३० प्रतिशत रोपाई भएको मन्त्रालयले जनाएको छ ।

एक नम्बर प्रदेशको तराई क्षेत्रको तीन जिल्लामा १४ दशमलव १८ प्रतिशत रोपाई भएको छ । दुई लाख २५ हजार ८ सय हेक्टर क्षेत्रफलमा रोपाई गरिने क्षेत्र मध्ये ३२ हजार २१ हेक्टरमा धान रोप्ने काम सकिएको छ । तराईको झापा १७, मोरङमा १२ र सुनसरीमा १३ प्रतिशत धान रोपिएको छ ।

देशभरमा २७ प्रतिशत रोपाइँ

देशभर करिब २७ प्रतिशतमा वर्षे धान रोपाइँ भएको छ । १५ सम्ममा देशभर २७ दशमलव १२ प्रतिशत क्षेत्रफलमा वर्षे धान रोपाइँ सम्पन्न भएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ ।

कर्णाली प्रदेशमा सबै भन्दा बढी धान रोपाइँ भएको छ । कणर्ाली प्रदेशमा छिटो रोपाइँं थालिने भएकाले बढी रोपाइँ सकिएको केन्द्रका प्रमुख रामकृष्ण श्रेष्ठले जानकारी दिए ।

गण्डकी प्रदेशमा १० लाख आठ हजार दुई सय ७८ हेक्टर क्षेत्रफलमध्ये हालसम्म १५ दशमलव ३४ प्रतिशत रोपाइँ भएको छ । यहाँ १६ हजार ६ सय १२ हेक्टरमा धान रोप्ने काम भइसकेको छ ।

लुम्बिनी प्रदेशमा तीन लाख ३ हजार ५ सय ९३ हेक्टर क्षेत्रफलमध्ये ४५ दशमलव ९४ प्रतिशत रोपाइँ सकिएको छ । यहाँ एक लाख ३९ हजार ४ सय ५६ हेक्टरमा धान रोपिएको बताइएको छ ।

कणर्ाली प्रदेशमा ३८ हजार ३८५ हेक्टर क्षेत्रफलमध्ये ६२ प्रतिशत यहाँ २३ हजार ८ सय ५० हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको छ ।

सुदूरपश्चिम प्रदेशमा एक लाख ६४ हजार ६३९ हेक्टर क्षेत्रफलमध्ये ४८ दशमलव ३१ प्रतिशत अर्थात् ७९ हजार ५४० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको प्रमुख श्रेष्ठले बताए ।

गत वर्ष असार १५ गतेसम्म सातै प्रदेशमा ३५ दशमलव ४८ प्रतिशत धान रोपाइँ सकिएको थियो । सातै प्रदेशका १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफलमध्ये चार लाख ८६ हजार ६ सय ६२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको तथ्याङ्क छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार