संकट व्यवस्थापन समितिलाई माओवादी केन्द्रले दियो स्वास्थ्य सामग्री


सेवारो खबर  225 पटक हेरिएको

इलाम: नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्र इलामले जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिलाई स्वाथ्य सामग्री प्रदान गरेको    छ । केन्द्रले समितिका संयोजक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्कालाई सामग्री हस्तान्तरण गरेको हो ।

२५ थान एन्टिजेन किट, ७ सेट पिपिई, ११ थान एप्रोन, ९ पीस फेस शिल्ड, ८ सय थान केएन ९५ मास्क, एक सय थान सर्जिकल मास्क र २ थान पल्स अक्सोमिटर कोभिड १९ संकट व्यवस्थापन समितिलाई दिएको माओवादी केन्द्रका इलाम नगरपालिका अध्यक्ष प्रभास शर्माले जानकारी गराए ।

पार्टीको केन्द्रीय कार्यक्रम अन्र्तगत देशको ७७ वटै जिल्लामा स्वास्थ्य सामग्री वितरण गर्ने कार्यक्रम अनुसार करिब एक लाख पैतालिस हजार मूल्य बराबरको स्वाथ्य सामग्री उपलब्ध गराईएको हो ।

अहिलेको विषम परिस्थितिमा प्रत्यक्ष सम्पर्कमा सामग्री वितरण गर्न असहज भएकोले समितिले आवश्यक परेको स्थानमा स्वास्थ्य सामग्री उपलब्ध गराउन सकोस भनेर सामग्री उपलब्ध गराएको माओवादी केन्द्र प्रदेश नं. १ की सदस्य टीका घिमिरेले जानकारी गराइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार