कोभिड-१९ कोरोना भाइरस संक्रमितको संख्या उकालो लाग्दै


सेवारो खबर  240 पटक हेरिएको

इलाम: जिल्लामा निषेधाज्ञा खुकूलोसँगै कोरोना संक्रमितको संख्या उकालो लाग्दै गएको छ । पछिल्लो केहि दिन यता कोभिड-१९ कोरोना भाइरसको संक्रमण दर निरन्तर बढ्दै गएको छ। मंगलबार ४१ जना संक्रमण पुष्टि भएकाेमा बुधबार तीन थपिएका छन् ।

जिल्लामा बुधबार एकै दिन ४४ जनामा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ । इलाम नगरपालिकामा १३ जना, सूर्योदय नगरपालिकामा १० जना, सन्दकपुर गाउँपालिमा १२ जना र देउमाई नगरपालिकामा र राेङ गाउँपालिकामा ४।४ जनामा संक्रमण देखिएकाे छ ।

चुलाचुली, माङसेबुङ गाउँपालिकामा, माइ नगरपालिकामा १।१ जना थपिएका छन् ।  फाकफोकथुम गाउँपालिकामा कुनै पनि संक्रमण पुष्टी नभएकाे तथ्याङ्कमा उल्लेख छ ।  जिल्लामा हालसम्म १ हजार ८ सय ८७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये १ हजार ५ सय जना निको भएका छन् । हालसम्म संक्रमणबाट ४८ जनाको मृत्यू भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार