इलाम: मानव अधिकार मञ्च नेपाल इलामको पहलमा एक महिलाको शनिबार उद्धार गरिएको छ । ५/७ वर्षदेखि माई नगरपालिका क्षेत्रभित्रमा भेटिने उनलाई उद्धार गरिएको मञ्चले जनाएको छ ।
अन्दाजी ४० वर्षकी जस्तो देखिने उनलाई माई नगरपालिबाट उद्धार गरिएको हो । नगरपालिका, प्रहरी चौकी दानाबारी र स्थानीय युवा सशक्तिकरणको सञ्जालको सहयोगमा उद्धार गरि विराट नगरस्थित मानव सेवा आश्रममा पुर्याइएको स्थानीय निरूता थापाले बताइन् ।
भारतीय नागरिक जस्तो देखिने महिलालाई स्थानीयहरूले अप्सरा नामले चिन्ने गरेका थिए । एक्लै बर्बराउँदै हिड्ने अप्सरा सडकमै बस्ने र सडकमै खाने गर्थिन् । उनी बारम्बार हिँसामा परेको हुन सक्ने स्थानीयको अनुमान छ ।
उनको उद्धार गर्नुअघि माई अस्पतालमा एन्टिजेन परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि विराटनगर लगिएको थापाले बताए ।
मानव अधिकार मञ्चले स्थानीय सरकार, सुरक्षा संयन्त्र र स्थानीको सामन्वयमा असाहाय, हिंसा पीडित र बेवारिसे अवस्थाका बालबालिकाको सुधार सुरक्षा सहितको आवास व्यवस्थापनको काम गर्दै आएको छ ।