एक मित्र म खोजी रहेछु


किरण पौड्याल  272 पटक हेरिएको

कहिलेकाहीँ कल्पना गर्छु । रावणले सीता हरण नगर्देको भए रामायण लेखिन्थ्यो वा द्रौपदीलाई दुशासनले साडी नखिचिदिएको भए महाभारत जन्मिन्थ्यो ?’ यी पूर्वीय दर्शन पढेपछि जिज्ञासा लाग्छ ।

अनि लाग्नु पनि पर्छ । सायदै एउटा मान्छेलाई महान बनाउन भूमिका कसको कति हुन्छ, बुझ्नका लागि । यो लेखको उद्देश्य धार्मिक ग्रन्थलाई टक्कर दिनु होइन । तर मलाई लाग्छ –रामले अयोध्याबाट सीता ल्याउन रावण मार्नै पथ्र्यो ? अनि अर्जुन जस्तो दूरदृष्टि भएको र सत्यवादी युधिष्ठिरले द्रौपदीको रिसमा महाभारत लड्नै पर्थ्यो ?

म भन्छु ‘पर्दैन’ । रामायणको एक खण्डमा लेखिएको छ कि मानिसलाई अमर बनाउने जडीबुटी कतै भेटिएछ । त्यसलाई लिन भगवान् रामले हनुमानलाई पठाएछन् । हनुमानले बुटी नचिनेर पर्वत (द्रोण) नै बोकेर फर्किएछन् । यत्रो पर्वत बोक्ने हनुमानले एक्लै सीता लिएर आउन सक्दैन थिए ? यी हुन् काल्पनिक प्रश्न ।

हुन पनि सक्थ्यो र नहुन पनि सक्थ्यो । यी कुनै युगअघिका कुरा हुन् । जुन समयको तीथिमिति छैन । ठोस प्रमाणका लागि साभारयुक्त पुस्तक पढ्नु पर्ने बाध्यता छ । हामीले यिनै उदाहरणमाथि उभिएर हामीमाथि प्रश्न गर्नुपर्छ । हामी पनि सानो फाइदा लिन ठूलो जोखिम उठाउँदै त छैनौ । हुन त समयको माग हो । हामी जुन काम गर्छौ, त्यसको निश्चित स्वार्थ लिन चाहन्छौ । यो मानिसको स्वभाव पनि हो । जीवन जीउन सहज छैन । विल्कुल सहज छैन । एक्लै पनि सम्भव छैन ।

यदि एक्लै सकिन्थ्यो तर त्यो मानव हुने नै थिएन । यसका लागि पौठेजोडी खेल्न वा हातमा हात मिलाउन, साथमा साथ मिलाउा मित्रहरुको खाँचो पर्छ । कोही मित्र राम जस्ता पर्छन् त कोही रावण जस्तो । कंश र कृष्ण जस्तो । वा फरक फरक वा उस्तै र एउटै । समयको लीला हो । फरक पर्न पनि सक्छ । सबैले सबैलाई साथीत्व झल्काउन सकिदैन र मिल्दैन । चाहेर वा नचाहेर विरोध वा शत्रुता कमाइन्छ । जुन अनेक उदाहरण छन् । शत्रु पनि फरकफरक हुन्छन् । कोही रामका जस्तापछि निर्माण बनेका त कोही कृष्णका जस्ता जन्मदै बनिएका । समयान्तर र मान्छेको विकास क्रममा यी तत्व बढ्दै जाँदा रहेछ । अनि यस्तो सम्मकी कुनै कालखण्डको साथी शत्रु बन्छ र कुनै शत्रु साथी बन्छ । यो काल्पनिकता होइन बाध्यता हो । अनि समयले सिकाएको पाठ ।

मपाइत्वमा मित्र
नेपाली शब्द मित्र, मलाई अरुभन्दा खास लाग्छ । यसका पर्यायबाची शब्दभन्दा खास । मतलब, साथी ,फ्रेण्डभन्दा करोडौ गुना बलियो लाग्छ, यो शब्द । मित्रलाई भगवान् मान्ने भएर पनि होला निश्चित स्वार्थका दृष्टिले हेरिदैन । तर, सबैको मन एकै खालको हुँदैन । विगतका फेहरिस्त पल्टाउने भने अजिवअजिवका साथी भेट्टिए ।

कोही मित्रका नाममा कलङ्क त कोही परममित्र । यसरी सम्झँदा साथीको वर्गीकरण गर्न लाग्छ । एउटा,हितैसी । जो, केही स्वार्थका लागि होइन । केवल साथीत्व बाड्नका लागि मित्र बनेको छ । आफूसँग भएका सबै कुरा भन्छ र मर्म बुझ्छ । उ साथी हासेको हेर्न चाहन्छ र चाहिरहन्छ । उसलाई लाखौमा एक छ । जो बोल्न समय र वाधाले रोक्दैन ।

अनि, अर्को साथी । रात्रीबसमा रात काट्न बसेको सहयात्री । जसको विगत र वर्तमान सुन्न परेको केवल समय काट्नका लागि । यस्ता मित्र पनि साह्रै धेरै भेटिए । अझ मोवाइल फोनको जमानामा झनै धेर । उसको नम्बरबाट फोन आएपछि लाग्छ, यो मान्छे मबाट केही चाहदैछ । उ केही माग्नका लागि फोन थिच्दैछ । यदि उसले त्यो कुरा पाएन भने रिसाउँछ वा सम्बन्ध विगार्छ । यो साथीत्व राम र सुग्रीवको जस्तो । मतलब निश्चित स्वार्थका लागि ।

अनि, अर्को साथी । भेट्दा ‘हेलो’, ‘ हाइ’ गर्ने । तात्तातो खबर सोध्ने । विगत, वर्तमान नसोध्ने, नचाहिने । केवल भेट्दा सहदृयी बन्ने । फगद, औपचारिकताका लागि । यी तीन साथीमध्ये सबैभन्दा खतरा चाहिँ दोस्रो दर्जाको हुँदो रहेछ । जो, कुनै बेला बाली बनिदिन सक्छ र सुग्रीब बनिदिन पनि सक्छ । रावण बनिदिन पनि सक्छ र विभिषण बन्न सक्छ । विश्वास गर्नुपर्ने तर संगत गर्न डर मर्दो । जुन सम्बन्ध आगो र पानीको जस्तो । अनि वाघ र विरालोको जस्तो ।

मित्र साँच्चीकै पवित्र सम्बन्ध हो । वा सम्बन्धभन्दा माथिको संयोजन हो । तर तिनै मित्रले कहिलेकाहीँ मित्रत्व कम आक्दा रहेछन् । भान्छा मिल्नेहरुले नै भाड गर्दा रहेछन् भने संगत मिल्नेहरुले नै स्वार्थी बन्दा रहेछन् । यस्ता, मित्रको सबैभन्दा राम्रो पक्ष चाहिँ आफ्नो कमजोरी पक्ष केलाइदिँदा रहेछन् । एक शब्दमा भन्ने हो भने रोग खोजिदिँदा रहेछन् । आत्मशक्ति कमजोर गराएर आफूमाथि विजयको महाभारत जित्न चाहदा रहेछन् । एक, किसिमले लाग्छ, मानिस एकदम स्वार्थी प्राणी हो । जसले आफ्नो स्वार्थ पूरा गर्न अनेक हर्कत गर्छ । जसको भागीदार जो कोही बन्नु पर्छ । चाहे अरु कोही वा म ।

साथीहरु नै शत्रु बन्दा कहिलेकाहीँ विश्वेश्वरप्रसाद कोइरालाको केशवराज (शत्रु कथा) बनिदो रहेछ । पहिले नदेखिने, घटना घटेपछि शत्रु नै शत्रु फेला पर्ने । यस्ता अस्थायी शत्रु सबैभन्दा बढी घातक हुँदा रहेछन् । जो निश्चित स्वार्थका लागि नजिकिन्छन् ,स्वार्थ पूरा भएपछि पन्सिन्छन् । पन्छिन पनि अनेक बाधा अवरोध गरेर ।

काल्पनिकताको मित्र
विगतमा अनेक मित्र भेट्टिए । सम्झँदा पनि हाँसो लाग्छ, ‘तपाइँलाई मैले सानैदेखि चिनेको नि’ भनेर अन्त्यमा नाम सोध्नेदेखि ‘तपाइँ बराबर अरु कोही छैन भनेर तल्लो दर्जाको दर्जिएर जाने’ । पछिल्लो समय आफू दह्रो भएको भान भएको छ । जब मान्छेमाथि शत्रु लाग्छ, उमाथि केही देखेर नै यो काम गर्छ । अब साथी होइन मित्र कमाउने योजनामा छु । जुन कल्पनामा यस्तो होस्, जो भान्छा मिलोस्, अनि मित्र नै भएको भान होस् । मनका अनेकन पीडा सुनोस् अनि सुनाओस् ।
उसका वेदना पोखोस् । फगद्, एक पदका लागि लेपासिएको स्वार्थीभन्दा टाढाको मित्र बनोस् । जो वेदनामा छट्पटाओस् र खुसीमा दन्ते लहर खोलेर हाँसोस् । शरीर होइन मन साट्न खोजोस् । यदि यी सबै भएको मित्रको कल्पना गर्दैछु । सायद पूरा होला वा नहोला । लक्ष्यभन्दा माथिको एक सोच नियालिरहेको छ । फगद, कल्पनामा यो शहरमा एक मित्र म खोजी रहेछु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार