नेपाली र गोर्खाली दुई शब्दको अन्तर्राष्ट्रिय महत्व बजारमा छँदैछ । यसको शाब्दिक अर्थानुगत किचलोले कहिलेकाहीँ निकै हल्लाउछ । इतिहास सिङ्गै उधिनेर विश्लेषकहरू पौठेजोरी खेल्छ्न् । आज म त्यही भाष्यबाट निर्मित गोर्खे हिँडिरहेको थिएँ । ममा द्विविधा किचलो केही थिएन आज । मात्र उत्कट अभिलाषा थियो सेलिब्रेटी सहर गोर्खे पुग्ने ।
“बाजे गोर्खे जाने बाटो कस्तो छ ?” बर्बोटेको दोबाटोमा हामी रोकिएक थियौँ । मेरो प्रश्न खस्न नपाउँदै उनले बताए “ठिकै छ, यी यस्तै ग्राबलिङ छ । कहीँकहीँ सानो खाल्डाखुल्डी, नत्र राम्रो छ ।” बरबोटेबाट देब्रे मोडिएको ओरालो कच्ची बाटो देखाएर उनी टुक्रुक्क बसे । आस्कोट मिलाए I हामीलाई गढेर हेरे । फेरि बोले, “एक घण्टा लाग्छ गाडीमा, म भर्खर आको ।” उनी केही सम्झे जस्तै गरी गोजी छाम्दै थिए । “धन्यवाद बा”, मैले कृतज्ञता जनाएँ I हामी हिड्यौँ, एफजेट १५० मा ।
अन्तु चम्केको करिब दोस्रो जनआन्दोलन पश्चात हो । पन्चायतले दीपेन्द्र शिखर नाम राख्यो । हाजिरीजवाफमा लोकसेवामा खुब सोधियो । कसैले यादै गरेन । आज श्रीअन्तु नै छ ।
भर्खरै श्रीअन्तुको घाम हेरेर फर्केका थियौँ । गुगलले ५.५४ एएम ७२ प्रतिशत ह्यूमिडिटी देखाएको थियो । ६ बजेतिर मात्र केहीबेर देखिएको थियो घाम । करिब १५०० पाहुनाहरू ५१ वटा होमस्टेमा बसेका थिए । यो कैरन एक वर्ष अघिको घुमाइको अंश थियो । जतिबेला गोर्खे बजार पनि पिचको पूर्व तयारीमा थियो । जुन अहिले पूरा भइसकेको छ । श्रीअन्तु केही वर्ष यता पूर्वकै सबैभन्दा सुन्दर सूविधायुक्त विदा मनाउने गन्तव्यस्थल बन्न पुगेको छ । अन्तुमा सालाखाला एक दिन पर्यटकहरू बस्ने गर्छन् । अन्तु चम्केको करिब दोस्रो जनआन्दोलन पश्चात हो । पन्चायतले दीपेन्द्र शिखर नाम राख्यो । हाजिरीजवाफमा लोकसेवामा खुब सोधियो । कसैले यादै गरेन । आज श्रीअन्तु नै छ । नेपाल सरकार सुकेटारलाई जबरजस्ती रवीन्द्र विमानस्थल राख्ने भन्छ ।
दमकको आदिवासी रंगशाला निर्माण गर्ने सम्झौतालाई मदन भण्डारी रंगशाला नामाकरण गर्छ र निकासा रोक्छ । जनताले धुवाँदार विरोध शुरू गरेका छन् । समर्थन भन्दा ज्यादा वितृष्णा नै देखिन्छ । लोकतन्त्रमा राज्य किन एकलवादी भएको होला । नहुने द्वन्द्व सृजना गर्नुभन्दा त्यो समय सृजनात्मक कार्यमा खर्च गर्दा देशले सजिलै गति लिन्छ । द्वन्द्व व्यवस्थापनमा जोड दिएर छलफलमा लागि संयुक्त नामाकरण गरेकै भए पनि चित्त बुझाउथे होला । स्थानियताको स्वीकारेका जनताले अपनत्व महसुस गर्छन । जनता खुसी हुन्छन् । शासक किन बुझ्दैन जनता खुसी हुनु भनेको उसको शासन सफल हुनु हो ।विकासमा अपनत्व भएन भने घृणा सिवाय केही हुन्न, जुन विनासको बाटो कुरेर बस्छ । मदन भण्डारी पुष्पलाल वीपी श्रद्धेय नाम हुन् ती नामहरूलाई जानिजानी विवादमा लानु घृणा फैलाउनु सिवाय केही होइन । सर्वसम्मतले हुँदा यी नाम श्रद्धेय हुन् । तेस्तो क्षेत्र अवसर जुन ठाउँमा छ, त्यहाँ यो काम गर्नु सान्दर्भिक हुन्छ । अहिले चीनमा माओको विचार र मुर्ति मात्र श्रद्धेय छ । प्रभावित छैन । नवनिर्मित पनि छैन । नयाँ पुस्ताले पुस्तान्तरण महसुस गरेका छन् । हामी जब अमुक मान्छेमा दशकौँ अड्केर बस्छौँ, हाम्रो प्रगति त्यही रोकिन्छ । चीन मावोमा बाँधिएको भए यो उच्चतम् प्रगति सम्भव थिएन । दक्षिण एसियाको दुःख त्यहीनेर छ । हामी समयभन्दा कमजोर विचारलाई बोकेर अघि बढेपछि हाम्रो समय जति दौड्नु पर्थ्यो त्यति कदापि बढ्दैन ।
उच्चता त मात्र अनुभूत गर्ने कुरा हो । जब तमाम मान्छे बीचबाट एक सामान्य मान्छेलाई विशेष बनाइन्छ । त्यहाँ पूर्ण लोकतान्त्रिक पद्धति छैन भन्ने बुझ्नु पर्छ, स्थानिक नामकरण स्थानिकतालाई महत्व राखेर त्यसैअनुसार नाम राखिन्छ ।
पहिले प्रथम र दोस्रो विश्व युद्ध लड्ने लडाकुलाई हिरोज भनिन्थ्यो । अचम्म सम्मान थियो । तर, आजकल युद्ध प्रतिको प्रतिरोध संसारभरि छ । लडाकुको तेस्तो सम्मान पाइँदैन । बरू वितृष्णा छ, खेद छ, हिजो भनिएको जस्तो अहिले विरताको वर्णन छैन । तरबार भन्दा कलम बलियो किन पढाको नि ? यही प्रतिरोधी वैचारिकी हैन ? जनयुद्धका नायकहरूको अहिले कति प्रतिरोध छ नेपालमै ? कुनैपनि जबर्जस्ती अरुचि नै हो । एक सामन्य राजनीतिज्ञ जो कुनै स्वप्नद्र्ष्टा वा दार्शनिक रहेनन्, जसलाई जबर्जस्ती महान बनाउनु झन् आफैँमा अति कमसल कार्य हो । कुनै पार्टीले मृत्यु भएका आफ्नो कार्यकर्ताको नाममा सार्वजनिक स्थान क्षेत्रको नाम राख्दै जाने हो भने भोलि उसैलाई भारी पर्छ । जुन अर्को सत्ताले उल्ट्याउछ । जनअन्दोलन मधेस आन्दोलनमा मूर्तिहरू फोरिएको नाम फेरिएको लोकतान्त्रिक सरकारलाई स्पष्ट थाहा हुनुपर्छ । ऊ यो काममा सहभागी पनि हो लोकतन्त्रको हिसाबले । उसैलाई मन नपर्ने अरूलाई कसरी मन पर्छ । लोकतान्त्रिक पद्धतिमा राजामहाराजाले जस्तो पदवीहरू बाढिँदैन । मूर्ति निर्माण गरिँदैन । ती मुर्ति विभूषण पदवी सत्ताको एकल वैचारिकी थिए जो हामीले तोडयौँ । त्यस्तो कार्य समानताको लागि गरिने कार्य हो ।
उच्चता त मात्र अनुभूत गर्ने कुरा हो । जब तमाम मान्छे बीचबाट एक सामान्य मान्छेलाई विशेष बनाइन्छ । त्यहाँ पूर्ण लोकतान्त्रिक पद्धति छैन भन्ने बुझ्नु पर्छ, स्थानिक नामकरण स्थानिकतालाई महत्व राखेर त्यसैअनुसार नाम राखिन्छ ।यो सिद्धान्तमा यो कार्य लोकतान्त्रिक न्यायसङ्गत हुनेछ । जसले जनताको मर्म र भावनाको सम्बोधन गर्छ । उनीहरूको सयौँ हजारौँ वर्षको अमूल्य योगदान प्राप्ति र अस्तित्वको सम्मान आत्मबाेधको गर्व महसुस हुन्छ । त्यो लोकतन्त्रले मात्र दिन्छ भन्ने हामीले बुझेको हो ।
मनमा सयौँ तर्कलाई खेलाउँदै हामी स्थानीयलाई सोध्दै अघि बढ्यौँ । बाटोमा गाडीहरू फिक्कल आइरहेका थिए । बिहानको ८:३० बज्दै थियो । अन्तुमा फापरको रोटी खाजा खाएकोले खासै भोक थिएन । बेलुका भटमास ज्यादा भएर ग्यासले ढाड दुखिराखेको थियो । ठाउँ ठाउँमा बाटो छुट्टिन्थ्यो सूचना बोर्ड थिएन । सोधेर काम चलाइन्थ्यो I मसिना रोडे ढुङ्गाले बाइकको गतिलाई धिमा बनाइरहेको थियो ।
बाटोमा एकजना महिलालाई बाटो सोध्यौँ । यो मकरजोङ हो, अब पन्ध्र मिनटमा पुगिन्छ भनिन् । कसलाई भेट्ने होला ? उनले मुलायम प्रश्न गर्न पनि भ्याइन । यो तरिका पहाडको स्थानिक परम्परा हो । निकै परसम्म जानपहिचान राख्छन् उनीहरू l पहाडका मानिसहरू त्यस्तो भिरालो जीवनलाई नजिकको प्रेमिल लहराले कसेर बाँचेका छन् । नत्र कसरी अडिन्छ मान्छे पहरामा हरियो रूखजस्तो । उभोतिर मानिसहरू एकदिनको बाटोसम्मको जानपहिचान थर गोत्र नालीबेली कण्ठस्थ राख्छन् । हामीले त्यसै घुम्न जाने हो भन्यौँ । चिन्नु त विशाल मास्के चिनेकै थियौँ । यो कहानी केही बर्ष अघि २०७६ सालको हो ।जतिखेर गोर्खे बजार कालोपत्रे थिएन मात्र सुरसार थियो । अहिले कालोपत्रे भै सक्यो।
खोलामा माछा नदेखेको धेरै भएको थियो । आनन्द लाग्यो । वास्तवमा नगरपालिकाले माछा मार्न निषेध गरेर जलचर संरक्षण गर्ने अभियान चलाएको रहेछ ।
बाटोलाई किनारमा राखेर बगिरहेको मयुङ खोलालाई जोगमाई ठानेर फोटो खिचियो । मयुङ्को कन्चन पानी देखेर पौडी खेल्ने रहर उधुम भएको हो तर खेलिएन । सफा कलकल बगिरहेको कञ्चन पानीले मनै तरङ्गित भयो । अग्लो कालो बढेमानको ढुंगामा मन बुझ्ने गरी बसियो । तस्वीर लिइयो । खोलामा माछा नदेखेको धेरै भएको थियो । आनन्द लाग्यो । वास्तवमा नगरपालिकाले माछा मार्न निषेध गरेर जलचर संरक्षण गर्ने अभियान चलाएको रहेछ । राज्यले यो अभियान देशव्यापी फैलाउनु राम्रो हुन्छ ।
गोर्खे उहिले खुब सुनेको सेलिब्रेटी सहर आज प्रथमपटक पुग्न लाग्दा प्रेमिका भेट्न हिँडेको भान भएको थियो मलाई । बाइक बिस्तारै हाँकेर चौतर्फी आँखा डुलाइरहेको थिएँ ।
बाटामा मकरजोङ टिमुरे सिमधाप पछि गोर्खे पुगियो । मकरजोङमा रहेको धानखेतको भू-वनावट आधुनिक रङशाला जस्तो प्रतीत हुन्थ्यो । तला तला गह्रा र आलीमा झुलिरहेको धानको विशाल फाँटले मनको कुना कुना रोमाञ्चित गर्यो । यस्तो समृद्ध दृश्यले हामी कुनै अनिकाल सामना गर्दैनौँ भन्ने विचारहरू तरङ्गित हुँदो रहेछ भन्न पनि विदेशीहरू नेपाललाई अन्नको भण्डार भन्दा रहेछन् । कोरिया जाने नेपालीलाई कोरियनले यसो भन्छन् रे । टिमुरेमा ताप्लेजुङबाट बराजेकै पालामा बसाई सरेका फ्याक चेम्जोङ आदि लिम्बूहरूको बस्ती रहेछ । सिमधाप केही वरतिरसम्म ग्रयाबलिङ् गरेर सडक स्तराेन्नति गरिएको रहेछ । त्यहाँदेखि करिब दुई किमी पुरानै ढाँचामा रहेछ सडक।
गाेर्खे नेपाली समाजको इन्जिनियरिङ्को समाजशास्त्र पनि हो । यो एक अद्भुत अनुभव थियो हाम्रो लागि । स्थानीयले कति जोगाउन सक्छन हेरौँ । नजिकै बन्ने घरहरूचाहिँ सिमेन्टेट भइसकेका थिए । कारण अब काठकाे बनाउन त्यति सम्भव पनि छैन ।
गोर्खे बजार मयुङ खोलाको पश्चिम किनारमा मृत सहर जस्तो चुपचाप छ । काठैकाठले बनेको पुरानो प्राचीन ‘क्लासिक’ गल्ली जस्तो । यस्तो काठले निर्मित पुरानो सहरहरू अब थोरै होलान् जसले हाम्रो भवन निर्माणको परम्परित जीवनशैलीलाई छर्लङ्ग भन्छ । गाेर्खे नेपाली समाजको इन्जिनियरिङ्को समाजशास्त्र पनि हो । यो एक अद्भुत अनुभव थियो हाम्रो लागि । स्थानीयले कति जोगाउन सक्छन हेरौँ । नजिकै बन्ने घरहरूचाहिँ सिमेन्टेट भइसकेका थिए । कारण अब काठकाे बनाउन त्यति सम्भव पनि छैन । हामी पुग्दा दिनको ११ बजेको थियो । भर्खरै भ्याकुले उधिनेर छोडेको गोर्खे बजार एउटा नवीन उत्साहका साथ पक्की नाली निर्माणमा व्यस्त थियो । सडक चौडा पार्न सब घरको बरण्डा काटिएछ । नाली घरको पेटीदेखि नै बनाउनु पर्ने भएछ । मुस्किलले तीस फिट चौडाइको सहर बाढी आएर छोडेको बगर किनार जस्तो थियो । बाइक लाने आँटै गरिन । पुछारमै राखेँ । अस्ति भर्खरै वर्षामा के दशा भोगे होलान् सहजै अनुमान हुन्थ्यो। एक महिनापछि पिच हुने कुराले स्थानीयवासी उत्साही थिए । पुछारमै कैँयाको किराना दोकान रहेछ । सत्तरी हाराहारीका हरेराम अग्रवाल आशाका नजरले हामीलाई स्वागत गरिरहेका थिए । उनको बाजेको बाजे गोर्खे बजार आएका थिए रे । उनको चार पुस्ताको सालनाल यही गाढिएको थियो । हामी पुग्दा उनको परिवार एकजना ग्राहकलाई चिउरा बेचिरहेका थिए । काठै काठले निर्मित घरहरू गोर्खे बजारको मौलिक पहिचान हो । विशाल मास्के लगायत स्थानीयसँग यो काठको घर जोगाइ मौलिकता बचाउन आग्रह गरियो । थोरै बीस-तीस मान्छे थिए होलान्, जो हामीलाई नौलो लागेर एकोहोरो हेरिरहेका थिए । पूर्वपट्टि अलि कलात्मक छाना भएको हरियो घरमा जिल्लाका तात्कालीन बडाहाकिम सन्तवीर लामा त्यही घरमा बसेका थिएछन् । उनीहरूले इतिहासमा आफूलाई घोलेर यो कहानी सुम्पेका थिए हामीलाई ।
गोर्खे बजारको नामाकरणको इतिहास २३१ वर्ष पुरानो देखिन्छ । तर बजार निर्माण भएकोचाहिँ राणाकालीन समय हो । जुन करिब सय वर्ष ज्यादा पुरानो हो भन्ने जानकारहरू भन्छन् ।
कहानी सानो सानो कथा कुथुङ्ग्रीबाट निर्मित हुन्छ । जो कालान्तरमा इतिहासमा रूपान्तरण हुने हो । जुन इतिहास हामी चाखले ग्रहण गर्छौं । विश्लेषण समेत गर्छौं, त्यही इतिहासमा इस्वी सन् १७८८ देखि १७९० को गोर्खा सिक्किम युद्धमा गोर्खा सैनिक आजको गोर्खे बजारमा बास बसेको हुँदा त्यही गोर्खा सैनिकको नामबाट गोर्खे नामकरण भएको स्थानीय स्वीकार्छन् । यस हिसाबले गोर्खे बजारको नामाकरणको इतिहास २३१ वर्ष पुरानो देखिन्छ । तर बजार निर्माण भएकोचाहिँ राणाकालीन समय हो । जुन करिब सय वर्ष ज्यादा पुरानो हो भन्ने जानकारहरू भन्छन् ।
राणाहरू इलाम आउन भारत हुँदै मानेभञ्ज्याङ छिर्नु पर्थ्यो I त्यतिखेर जोगमाई र माईमा मोटरेबल पुल थियो । त्यो भन्दा अघि झोलुङ्गे पुल मान्छे घोडा तर्न बनाइएको थियो । पूर्वमा मानेभञ्ज्याङबाट उपभोग्य सामान भित्रिएर इलाम पाँचथर ताप्लेजुङ तेह्रथुम भोजपुर आपूर्ति हुन्थ्यो । यहाँको कृषि उत्पादन विशेष आलु लसुन जडीबुटी पूर्व नेपाल र भारत पैठारी हुन्थ्यो । चालिसको दशकसम्म यो सहर चकाचौधसँग चलेको थियो । ध्रुव प्रधान भन्छन्, “बच्चाहरू हराउँछन्, मानिसहरूले टेक्छन् भनेर घरभित्रै थुनेर राख्थे रे । खासगरी पशुपतिनगरबाट इलाम झापा जोडिएपछि गोर्खे बजार ओझेलमा पर्यो । त्यही माथि माओवादी द्वन्द्वले समेत गोर्खेलाई असर पुर्यायो भने मानेभञ्याङबाट गोर्खे जोड्ने सडक पक्की हुन सकेन । यी आदि कारणले गोर्खे बजार छाँयामा पर्यो ।
हालको प्रहरी चौकी एकतले काठको कैची ढुङ्गाको पर्खाल टिनको छाना भएको भवनमा २०१८ सालमा कांग्रेस आन्दोलनमा आक्रमण भएको थियो भनेर प्रधानले गोलीको दागहरू देखाए । दागहरू अहिले पनि देखिन्छ ।
गोर्खे बजार भन्सारको रूपमा पनि प्रख्यात थियो । १९८१ सालमा कृष्णप्रसाद कोइरालाले चन्द्रगञ्जमा बसी पूर्व नेपालका भन्सारहरू ठेक्का लिएर प्रशस्त सम्पत्ति आर्जन गरेका थिए । त्यसै बेला गोर्खे बजारको भन्सारमा कृष्णप्रसाद कोइराला आएको र भन्सार सञ्चालन गरेको स्थानीय बताउँछन् । त्यो भन्सार कार्यलय हालको एकतले टिनको छाना भएको प्रहरी चौकीमा थियो । त्यहाँको प्रहरी चौकी र भन्सार कार्यालयले बाहुनडाँगी झापा र पश्चिममा इलामसम्म हेर्ने गरेको तथ्य स्थानीय ध्रुब कुमार प्रधान बताउँछन् । हालको प्रहरी चौकी एकतले काठको कैची ढुङ्गाको पर्खाल टिनको छाना भएको भवनमा २०१८ सालमा कांग्रेस आन्दोलनमा आक्रमण भएको थियो भनेर प्रधानले गोलीको दागहरू देखाए । दागहरू अहिले पनि देखिन्छ । माओवादी जनयुद्धमा राति नै प्रहरी भागेको र चार वर्ष अघि मात्र चौकी पुर्नस्थापना भएको समेत बताए । यो पचासको जनयुद्धको सामरिक हिसाबले पनि महत्वपूर्ण घटना थियो ।
घरेलु उद्योगले पनि गोर्खे बजारको इतिहासलाई हेरिन्छ। गोर्खे घरेलु उद्योगमा बामे सर्दै थियो I जनयुद्ध अघिसम्म गोर्खेमा स्थानीय जङ्गली फलफूलको कच्चा पदार्थ प्रयोग गरी दुधिया रक्सी उत्पादन भएर भारत सिक्किम निकासी हुन्थ्यो । सायद त्यो फेरि अर्को लेबलमा नेपालतिरै आयात हुन्थ्यो होला । हाल त्यो उद्याेग पनि बन्द छ । पचासकै दशक अघिसम्म यहाँ सितारा साबुन उद्योग पनि सञ्चालित थियो । त्यो पनि सडकको अभाव र अन्य उद्योगहरूको उत्पादनसँग प्रतिस्पर्धामा खरो उत्रन नसकेर टाट पल्टियो । स्थानीय रोजगारीको दुईवटा उद्योग बन्द भएकोले पनि यो बजारलाई कमजोर बनाउँन सहयोग गर्यो ।
तर्कको भन्दा भावनाको प्रवल शक्ति हुन्छ । यति उपभोक्तावादी सुविधाभोगी समयमा पनि गोर्खेको कठिन जिन्दगीलाई प्रेम गरेर अटल भएर बाँच्नु यस्तै साना-साना अमूर्त भावनाहरूले काम गरिरहेको हुनसक्छ I
नेपालकै पुरानो जलविद्युतको कुरा पनि छ गोर्खेसँग । नेपालको फर्पिङ जलविद्युत पछिको गोर्खे मयुङ
जलविद्युत चन्द्रशमसेरको पालामा निर्माण गरिएको नेपालकै दोस्रो जलविद्युत हो l विशाल मास्केसँग हामी मयुङ जलविद्युतको भग्नावशेष हेर्न खोलामा झर्यौं । बाटोमा सिंहमाई देवीको मन्दिर खोलाको किनारमा रहेछ । विशाल मास्केको बराजेले मन्दिरको देवीको मूर्ति कुँदेको रहेछ । यो तामाको पातामा थियो । मन्दिरको आयु सय वर्ष छेउछाउ भएकाले पूरातात्विक महत्वको रहेछ । विशालको बुवाले नानीहरू देवीको दर्शन गर्नु छ्यातछ्याती छन् भनेर सुझाएका थिए । यो उनीहरूको आस्था र भरोसा हो I यसमा तर्कको भन्दा भावनाको प्रवल शक्ति हुन्छ । यति उपभोक्तावादी सुविधाभोगी समयमा पनि गोर्खेको कठिन जिन्दगीलाई प्रेम गरेर अटल भएर बाँच्नु यस्तै साना-साना अमूर्त भावनाहरूले काम गरिरहेको हुनसक्छ I
संसारको निर्माणमा कतै सुक्ष्म वस्तुमा अल्झेको मनोविज्ञानले पनि अहम् भूमिका खेल्छ । यहाँको भौगोलिक प्राकृतिक अवस्थिति पनि दर्शनार्थीका लागि सुरम्य र आकर्षक छ । यही मन्दिरको नामले पनि गोर्खे बजारको भ्रमण गर्न यथेष्ट सहयोग मिल्ने रहेछ । सय वर्ष नाघेको मन्दिर आफैँमा पुरातात्विक हो । यसले शताब्दी पुरानो समाजशास्त्रलाई भनिरहेको हुन्छ । त्यहाँको मानिसहरूले आस्थाले कुँदेको प्रेमलाई अर्थ्याइरहेको हुन्छ । मैयुङ खोलाको बेलीब्रिज आफैँ पर्यटकीय महत्वको छ । बीचको सानो चियाबारी टापुले नेपाली चिया बगानको नमुना प्रस्तुत गर्छ ।घुमन्तेहरूलाई सेल्फी खिच्न युगल जोडीलाई टहलिन यो टि-गार्डेन बेलिबृजले निकै लोभ्याउँने रहेछ ।
मयुङ खोला किनारमा बाटो साँघुरो अप्ठयारो देखियो । सूर्योदय नगरपालिकाले पर्यटन विकासको लागि मयुङ खोला झर्ने साँघुरो बटोमा रेलिङ लाउने योजना रहेछ । स्थानीय विकासको लागि यो ठाउँको सौर्न्दयीकरण र प्रचारको काम सुर्योदय नगरपालिकाले कार्यान्वयन गरोस् भन्ने धारणा स्थानीयको छ । स्थानीय सरकारले गर्ने कामहरू नै हुन् यी ।
दोस्रो विश्वयुद्ध ताका जापान क्षयरोगले ग्रस्त थियो । यो समयमा जापान युद्ध र महामारिले क्षतविक्षत थियो । तेस्तै निस्कासित टिवी रोगी नाकामुरा घुम्दै नेपालको गोर्खे आएछन् । यो कथा स्वयं नाकामुराले र हाल नेपाल आइरहने जापानीजहरूले भनेको आधारमा हो ।
गोर्खेसँग अर्को घतलाग्दो कथा छ जुन कहानी जापानसँग जोडिन्छ । त्यो कथाले नेपाली अध्यात्म योग र औषधि पद्धतिको कथालाई भन्छ । करिब एक सय पचत्तर वर्ष अघि जापानले टिवी लागेकोलाई देश निकाला गर्दो रहेछ । त्यो कुरा नाकामुराले आफ्नो डायरीमा लेखेका थिए । दोस्रो विश्वयुद्ध ताका जापान क्षयरोगले ग्रस्त थियो । यो समयमा जापान युद्ध र महामारिले क्षतविक्षत थियो । तेस्तै निस्कासित टिवी रोगी नाकामुरा घुम्दै नेपालको गोर्खे आएछन् । यो कथा स्वयं नाकामुराले र हाल नेपाल आइरहने जापानीजहरूले भनेको आधारमा हो । त्यो समयमा मैयुङ् खोलामा करिआप्पा भन्ने साधु कुटी बनाएर पहिलेदेखि तपध्यान गरेर बस्दा रहेछन् । नाकामुराको करिआप्पासँग भेट भयो ।करिआप्पाले तप ध्यान र जडिबुटीले नाकामुराको टिवी निको पारे । उनी एक असल चेला भएपछि जापान फर्किए ।अरू टिवी रोगीलाई अब देश छोड्नु पर्दैन भनेर औषधि उपचार गरे । उनको मृत्युपछि उनको चेलाहरूले डायरीमा मैयुङ गोर्खे इलाम फिक्कल नेपालमा ग्यान प्राप्त गरेको बारेमा लेखेको पाएकोले हालसम्मै जापानीजहरू आइरहन्छन् । पोहोर मात्र बाह्र जना आएका थिए । विशाल मास्केले हामीलाई तपस्या गरेको हेमान च्याप्टो कालो ढुङ्गा देखाउँदै बताए ।
नेपाली साधु करिअप्पा र जापानीज भिक्षु नाका मुराले तप गरेको क्षेत्रलाई पर्यटन केन्द्रको रूपमा विकास गर्ने लक्ष्य हामीलाई सुनाए । आप्पा र भिक्षुले तप गरेको ढुङ्गा र मयुङ जलविद्युतको पुरानो पावर हाउस नजिकै रहेछ । वर्षै पिच्छे जापनीजहरू आउने र गोर्खे सहर जापानमा चिनिएको सत्यलाई खुलासा गरे । हामीले पावर हाउस जाने पानीको पुरानो कुलो अम्लिसोले ढाकेको जलासयको खण्डहर पावर हाउस सबै हेर्यौ । जलासय सफा गरेर मर्मत गर्दा पोखरी निर्माण हुने पावर हाउसलाई संग्रहालयको रूपमा परिवर्तन गर्न सकिने नदी किनारलाई रेलिङ लाएर भित्ताको बाटो सजाउने र मैयुङको माछाको प्रबाेधिकरण गर्दा असली पर्यटन स्थल बन्ने स्थानीयको दाबी छ । तर दुई वर्ष बितिसक्दा पनि यो काम हुन सकेको पाइएन ।
गोर्खे मोटर इन्जिन सञ्चालनमा पनि इलामको प्रथम सहर हो । सात किलोमिटर उत्तरमा मानेभञ्ज्याङ पर्छ । नेपालमा सन १९७८ मा बेलायती राजकुमार एडवर्ड आठौँ नेपालमा चितवन ठोरीमा सिकार खेल्न आउँदा प्रथमपटक गाडीको प्रयोग भएको हो । गोर्खेमा भने २०२४ सालदेखि २०३५ सालसम्म मानेभञ्ज्याङबाट दुईवटा २८ र १८ नम्बरको ल्याण्डरोभर चल्थ्यो । त्यो ल्याण्डरोभर रामकृष्ण अग्रवालले सञ्चालन गरेका थिए । यो मोटर इलाम जिल्लामै प्रथम नमुना थियो । यो क्षेत्रमा रेडपान्डा दुर्लभ चराहरूको अवलोकन समेत गर्न सकिन्छ । अलि मास्तिर बीचको थुम्केमा होमस्टे चलेको निकै भयो । मानिसहरूले डाँडाबाट सूर्यास्त हेरेर मजाको अनुभव लिएको सगर्व भन्छन् । हेर्नु छ एक दिन जीवनमा जीवनको सूर्यास्त अघि । जाने हैन त एतिहासिक गोर्खे सहर एकपल्ट ? www.themargin.com बाट ।