माईका ४० स्वयंसेविकालाई मोबाइल प्रदान


सेवारो खबर  187 पटक हेरिएको

इलाम: माई नगरपालिकाका महिला स्वाथ्य स्वयंसेविकालाई मोबाइल प्रदान गरिएको छ । हेरचाहका लगि उत्पेरणा कार्यक्रम अन्तर्गत नगरपालिका ४० स्वयंसेविकालाई निशुल्क मोवाइल वितरण गरिएको हो ।

गर्भवती र सुत्केरी महिलाको स्वास्थ्य अवस्था जानकारी आदन प्रदान गर्दै शुभकामना कार्यक्रम मार्फत हेरचाह गर्ने कार्यक्रमलाई प्रभावकारी बनाउँन मोबाएल प्रदान गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले जानकारी दिए ।

तीन बर्ष अघि नगरपालिकाका सबै स्वास्थ्य स्वयंसेविकालाई करुणा फाउण्डेसन नेपालले निशुल्क मोबाइल प्रदान गरेको थियो । नगरपालिकामा एक सय एक महिला स्वास्थ्य स्वयंसेविका छन ।

स्वयंसेविकालाई स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेल, ७ नम्बर वडा अध्यक्ष रामप्रसाद सोदेम्बा, करुणा फाउण्डेसन नेपालका समुदाय संयोजक विमल दहाल, अहेब जीवन ताजपुरियाले हस्तान्तरण गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार