निषेधाज्ञा थप खुकुलो बनाउँदै नौ दिन थपियो, संक्रमितको दर बढ्दै


सरिता राई  215 पटक हेरिएको

इलाम: इलाममा निषेधाज्ञा थप खुकुलो बनाउँदै नौ दिन थपिएको छ । गएको बैशाख २८ गतेदेखि जारी निषेधाज्ञा आउँदो असार ३१ गते मध्य राती १२ बजेसम्म थपिएको हो ।

थपिएको निषेधाज्ञा थप खुकुलो बनाउँदै लगिएको छ । बन्दको समयमा बजार पसल दिउँसो ५ बजेसम्म खुल्नेछन् । जिल्ला प्रशासन कार्यालयको जारी आदेश बमोजिम मापदण्ड पुरा गरेर सार्वजनिक सवारी साधन सञ्चालन हुनेछन् ।

निषेधाज्ञाको समयमा खाद्यान्न, तरकारी, फलफूल, दुध तथा दुग्धजन्य पदार्थ, मासु तथा मासुजन्य पदार्थ, पुस्तक तथा स्टेशनरी, लत्ताकपडा, घरायसी प्रयोगका समानहरू बिक्री बितरण गर्ने पसल, निर्माण सामग्री, बिधुतीय घरायसी सामग्री, मर्मत सम्भार केन्द्रहरू, सरकारले तोकेको स्वाथ्य सुरक्षा मापदण्ड पुरा गरी दिउँसो ५ बजेसम्म खुल्ला रहनेछन् ।

जिल्ला भित्रिने र बाहिरिने सार्वजनिक यात्रुबाहक सवारी साधनमा सिट क्षमता भन्दा बढी नराखी सञ्चालन गर्न पाउँने व्यवस्था गरिएको  छ ।

यात्रुले अनिवार्य माक्स लगाउँनु पर्नेछ । माक्स नलगाउँने यात्रुलाई सवारी सधानमा प्रवेश दिन नपाइने साथै दश रूपायाँ लिएर माक्सको व्यवस्थापन गरिदिनु पर्नेछ । सवारी साधनलाई प्रत्येक पटक निसंक्रमित गर्नुपर्ने । चालक, सहचालकले माक्स र भाइजर अनिवार्य लागउँनु पर्ने प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले जारी गरेको आदेशमा भनिएको छ ।

सरकारी, सार्वजनिक संस्थान, स्थानीय तहहरू, बैक तथा बित्तिय संस्था, बिमा कम्पनी लगायतका सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयमा कर्मचारीहरूको स्वाथ्य सुरक्षाका मापदण्ड पुरा गरी सञ्चालन गर्नुपर्ने उल्लेख छ ।

जनसम्पर्क बढी हुँने जिल्ला प्रशासन कार्यालयको नागरिकता, मालपोत र नापी कार्यालयको सेवा प्रवाह स्वाथ्यको मापदण्ड पुरा गरी आलोपालो प्रणालीमा सञ्चालन हुनेछन् ।

मातपोत कार्याल इलाम नगरपालिका, सन्दकपुर र माइजोगमाई गाउँपालिकाका सेवाग्राहीका लागि साताको आइतबार र शुक्रबारको पालो बनाइएकाे छ । माइ नगरपालिका, चुलाचुली र फाकफोकथुम गाउँपालिकाका सेवाग्राहीका लागि सोमबार र मंगलबारको पालो बनाइएको छ । सूर्योदय नगरपालिका, रोङ र माङसेबुङ गाउँपालिकाका सेवाग्राहीका लागि बुधबार र बिहिवार सेवा प्रबाह गरिने मातपोत कार्यालयले निकोलेको सूचनामा उल्लेख छ ।

सवारी साधन जताभावी रोक्न नपाइने

निषेधाज्ञाको समयमा सार्वजनिक सवारी साधनले तोकिएको ठाउँमा मात्र रोक्न पाइने छ । तर सिफारिस प्राप्त सवारी साधनले सेवा केन्द्रसम्म आउँन र फर्किन पाउँनेछन् ।

निषेधाज्ञाको समयको समयमा सार्वजनिक सवारी साधन मेचि राजमार्गका बजार केन्द्र कोल्बुङ, हर्कटे, फिक्कल, पुवाखोला बजार, नेपालटार, रक्सेमा रोक्न पाइने छैन ।

सिफारिस प्राप्त सेवाको पालो परेका सवारी साधनले सेवा केन्द्रसम्म आउँन र फर्किन पाइने बताइएको छ ।

इलाम बजारको मुख्य घनाबस्ती र संक्रमको बिस्तारलाई नियन्त्रण गर्न जीरो किलोमिटर देखि टुँडिखेल र धोविधाराबाट कुनै पनि यात्रु बाहक सवारी साधन प्रबेशमा रोक लगाइएको छ ।

जिल्ला भित्र सञ्चालन हुने सवारी साधनले धोविधार, तिल्केनी, नयाँ बसपार्क र निषेध गरिएको स्थान भन्दा बाहिरै आवगमनलाई अवरोध नहुँने गरी स्वाथ्य मापदण्ड पुरा गरी व्यवस्थापन गर्नुपर्ने छ ।

जिल्लामा ४० जना संक्रमित थपिए

मंगलबार जिल्लामा ४० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै इलाममा दुई हजार ८२ जनामा संक्रमण देखिएको छ । संक्रमित मध्ये एक हजार छ सय २५ जना निको भएको तथ्याङ्क छ । तथ्याङ्कलाई हेर्नेहो भने अझै पनि चार सय ५७ सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा रोङ गाउपालिकामा १३ जना, सुर्योदय नगरपालिकामा ९, इलाम नगरपालिकामा ६, माङ्सेबुङ गाउँपालिकामा ५, सन्दकपुर गाउँपालिकामा ३ जना, देउमाई नगरपालिकामा २ र फाकफोकथुम गाउँपालिकामा ३ जना गरी ४० जनामा कोरोना देखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ।

हालसम्ममा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार