विषय प्रवेशः
याक्थुङ्(बा) जाति नेपालको प्रदेश नं. १ को नौवटा जिल्ला वा दुईटा अञ्चल (मेचीकोशी)मा वसोवास गर्ने लिम्बूलाई याक्थुङ्(बा) जाति भनिन्छ । यिनीहरु आफूलाई लिम्बू नभई याक्थुङ्बा भन्ने गर्व गर्दछन् भने मुन्धुम र आख्यान्मा समेत लिम्बू शब्द नआई याक्थुङ्(बा) शब्द आउने गरेकोले पनि मुन्धुम (शाष्त्र) तथा आख्यानगत रुपमा याक्थुङ्(बा) स्विकारेका हुन । यहि याक्थुङ्(बा)हरुको बसोवास गरेको याक्थुङलाजे?लाई नेपाल एकिकरण (सन्धि)पछि लिम्बुवान भनेर सम्वोधन गरेको हरेक तामपत्र, रुक्का, सनद, तिज्र्या आदिहरुमा पाईन्छ । लिम्बुवान कसले भन्न लगाए भन्ने कुरामा नजर अन्दाजीकरणले ईतिहास निर्माण गरेपनि तथ्यसत्यको अभाव भने लिम्बूवान भन्ने शब्दमा रहेको छ किनभने याक्थुङ् जातिहरुको मुन्धुमसंग मेल नभएको लिम्बू र लिम्बूवान शब्दले याक्थुङ् र याक्थुङलाजे?लाई विस्थापन गर्न पुगेपनि मुन्धुम (शाष्त्र) र आख्यानहरुमा जीवित नै रहेको वताउदछन् । वास्तवमा यो लिम्बुवान भनेको वि.सं. १८३१ साउन २२ को सन्धिपश्चात नेपालका राजा र तिनका सरकारले नै लिम्बुवान बनाए भन्ने तथ्य रहेकोछ र यहि लिम्बूवानमा वस्ने जातिहरुलाई लिम्बू भनिए । वास्तवमा लिम्बुवान भनिएपनि यो क्षेत्रको पूर्वोतिहास भने लिम्बुवान नभएर याक्थुङ्लाजे? भनेर चिनिन्छ र यहाँ वसोवास गर्ने जातिलाई याक्थुङ्(बा) जाति भनेर चिनिन्छ । याक्थुङ्(बा) भन्ने शब्दको लेख्यपरम्परा नेपालीप्रभावी ईतिहासकार लेखकहरु त्यत्ति प्रमुखता मानेको पाईएन र उनीहरुले लिम्बू भन्ने शब्दलाई नजरअन्दाजीकरण गरेर वढावा दिए । तसर्थ याक्थुङ्(बा) शब्द लेखोट प्रमाणमा त्यत्ति आउन सकेन तथापी शाष्त्रिय प्रचलन तथा भाषिक प्रयोगमा जीवन्त रहेको कारणले पनि सामान्य लोकोक्ति र श्रुतिपरम्परा अनुसार प्रस्तुत छ । यक्ष शब्द हुँदै यक्खबाट याक्खा र याक्खाको जेठो (तुम्बा) वंश अथवा याक्खातुम्बाबाट याक्थुङ्(बा) भएको हुन सक्दछ । याक्केःक् (भीर)कोबा च्वाःत्केधुङ्बा (पानी पीउने) बाट याक्केःक् थुङ्बाबाट याक्थुङ्बा भनिएको हो भन्ने श्री मनप्रसाद नेम्बाङ् बताउनु हुन्छ । ईतिहासकार तथा लेखक उत्तमदाश चवेगुको आधारमा यक् (गढी) तुम्बा (जेठो)बाट यक्तुम्बाहुँदै याक्थुङ्(बा) भएको हो, लेख्नुहुन्छ । यस्तै–यस्तै आधारमा पनि याक्थुङ्(बा) शब्द भएको हो तर मुन्धुम र भाषिक उपयोगको आधारमा याक्थुङ् आफैं अटल र अमर शब्द नै हो किनकि नेपाली भाषा जस्तो याक्थुङ् भाषामा अपभ्रंस प्रथा छँदै छैन ।
यहि याक्थुङ्(बा) जातिहरुले उनीहरुको हरेक शूभ तथा अशूभ समेत कार्य तथा सँष्कारहरुमा वन्दुक प्रयोग गर्ने र पुज्ने कार्य गर्दछन् । याक्थुङ्(बा) जातिहरुले कहिलेदेखि किन, कसरी प्रयोग गर्दै ल्याए भन्ने कुरा लिखित दस्तावेजहरु नपाएपनि उनीहरुले कूलपुजा, जन्म तथा याङ्दाङ्फोःङ्मा (वच्चा जन्मेर छोरी भए तीनदिनमा र छोरा भए चारदिनमा थुन्सेमा लगाई उठाउने, आकाशपिण्ड देखाउने, नातागोतालाई चिनाउने, नाम जुराउने) कार्य, शूभविवाह, नयाँघर, मृतकको लासदहन, चाडपर्व आदि कार्यहरुमा उपयोग गर्दै ल्याएको पाईन्छ ।
वन्दुक पुजाका लागि पुङ्साम्(माङ्) देवता: गोर्खा राजपरम्परा र हिन्दु धर्म सँष्कार अनुसार दुर्ग (गढी)मा मात्र वन्दुक तथा हतियारहरुको पुजा गरिने परम्परा रहेको देखिन्छ अथवा घरभित्र र घरवाह्य पुजा गर्ने चलन ति दुर्गाभवानी परम्परा मान्नेहरुमा छैन । जुन देवतालाई दुर्गाभवानी भन्ने गरेको पाईन्छ तर याक्थुङ् जातिको धर्मसँष्कारमा दुर्ग (गढि)को हाङ्साम पुजा वाहेक घरको हाङ्साम (कूल देवता)मा नै राखेर पुज्ने प्रचलन प्राचिनकाल देखिनै आएको हो । घरको वाहिर स्थानमा पुजा गरिने कार्यलाई पुङ्साम् देवता मानिए र पुजा गरे तर हिन्दुधर्मको दुर्गाभवानी भन्नाले हाङ्साम् होइन र याक्थुङ् जातिको हाङ्साम् पनि दुर्गाभवानी पटक्कै होइन । याक्थुङ्(बा) जातिको वन्दुकको हाङ्साम् तीन तरिकाले पुजासेवा गरिन्छ । गढीमा पुजा गरेजस्तै सामूहिक रुपमा हाङ्साम् स्थापित गराई पुङ्साम्को आठै दिशामा पुजासेवा सामुहिक हुन्छ । व्यक्तिको घरभित्र हाङ्साम् स्थापित भएपछि क्रूलथानमा पुङ्साम् नभई हाङ्साम् भएर बस्ने भएको कूलथानको आठैदिशा संरक्षणका लागि पुजा हुन्छ । व्यक्तिले घरवाहिर पुजा गर्दा हाङ्साम् नभई पुङ्साम् भएकोले आठै दिशाको शिकारीको पुजासेवा हुन्छ । तसर्थ यो परम्परा प्राचिनकालमै पुङ्साम् (घरवाह्य हतियार पुज्ने) देउता स्थापित भई आएकोले याक्थुङ् जातिको साँष्कारिक वातावरण र सँष्कृति नै भएर वन्दुक पुज्ने चलन आएको हो । प्राचिन कालमा बिभिन्न हतियारहरु जस्तै- भाला (बार्छा), वन्चरो, धनु, वाँण (तोःङ्), गुलेली (कुर्था), घुँयेत्रो, पासो (दर्जेन्) हुँदै वन्दुकको पुजा गर्ने देवता पुङ्साम् भएको हो । तसर्थ वन्दुकको जन्मसंगै पुङ्साम् देवता पुज्ने जाति नै याक्थुङ्(बा) जाति नै हुन् । तसर्थ पुङ्साम् र वन्दुक पुज्ने चलन प्राचिनकाल देखिनै चलाउदै आएको मानिन्छ ।
ईतिहासकार तथा वंशावली लेखक स्व. श्री सुभाष फेजोङ (१९९८–२०६९) अनुसार पुङ्साम्(माङ्) (जंगली र वनदेवता भनेपनि जंगली र वनदेवता भने पटक्कै होइनन्) पुजा–अनुष्ठान गर्दा याक्थुङ् जातिको पुर्खाहरुले शिकार गर्दैजाँदा शिकार कहिले हराउने, गोली लागेपनि नपाउने, शिकारीको आँखा तथा मन भ्रम हुने र यस्तो अवस्थामा शिकारी–शिकारी बीचपनि शिकार जस्तो ठानी गोली हानाहान हुने र शिकारी वीच मारामार हुने जस्ता कार्य आप्चारा (शिकारी) देवताले गरेपछि पुङ्साम्(माङ्)को पुजा गरेको हो । देवारी श्री डम्बरवहादुर नेम्बाङ अनुसार पुङ्साम्(माङ्) देवताको पुजागर्दा कुनै वनभित्र भित्तामा खोपा बनाएर खोपाभित्र थाःङ् (देवताको आशन घर) बनाएर भूईँमा केराको पात वा तितेपातीको पात बीचमा विछ्याई यसमाथि सातजोर लासो राख्ने गर्नु पर्दछ भने यसको शीरपाटामा एक–एकजोर लासो विछ्याउने गर्नु पर्दछ । लासोहरु माथि फूल, अक्षता, पानसुपारी, पुलाउहरु राख्ने गर्नु पर्दछ । भोगवली दिनेले लासोहरु माथि रगत चढाउने गर्दछन् । लासोहरुको दायाँवायाँ शीरमा कसैले वासको पेहेङ् (सानो तोःङ्बा) बनाएर त्यहाँ खे?सुङ् सोःन्या? (मर्चा र कोदो) लगाउने गर्दछन् भने कसैले पेहेङ् बिना एकजोर पात राखेर त्यहि खे?सुङ् सोन्या? (मर्चा र कोदो) राख्ने गर्दछन् । भोगवली दिने व्यक्तिले भाले वा सुँगुरको पाठा समेत चढाउने गर्दछन् भने भोगवली नदिने व्यक्तिले ल्वाङ्सुपारी, पुलाउ, आदि चढाउने गर्दछन् । यसवाहेक देवारीसंग धुप, वत्ति, केरा वा तितेपातिको मुठा (लाईक्र) र पानी (वदुम्पक्वा), अक्षता आदिहरु चाहिने गर्दछन् । पुजाको वेलामा वन्दुकलाई थानमा राखेर पुङ्साम्(माङ्)को आप्चारा देवतालाई देवारीले फलाकेर पुज्ने गर्दछन् । पुजा सम्पन्न भएपछि कसैले वन्दुक तीनदिनसम्म चलाउँदैन वारन गर्दछन् भने कसैले त्यहिदिन नै शिकार गर्न गई शिकार मारेर शिकारको मुटु, कलेजो र रगत चढाउने गर्दछन् । पुङ्साम्माङ् गरीसकेपछि अनिवार्य रुपमा शिकार मार्न सकिन्छ, शिकार भेटिने, मन तथा आँखा भ्रम नहुने, र दुःखविमार नहुने हुन्छ भन्ने विश्वास गर्दछन् । यो पुजा उधौली र उभौली गरी वर्षमा दुईपटक गरिन्छ । कुनै वेला र कुनै स्थानमा शिकार मारेमा जहाँ शिकार फोरफार गरिन्छ, मान्छेले जुठो नपारी पुङ्साम्(माङ्)को नाममा दुईजोर लासो जुनसुकैको पात भएपनि त्यसमाथि मुटु, कलेजो सामान्य पोलेर वा आलै र रगत राखेर वन्दुक पनि नजिक राखेर देवतामा चढाईने गरिन्छ । त्यसवेला वन्दुकधनीले यसोभन्ने गर्दछ ‘कन् खेने पुङ्साम्माङ्रे केलक्लो, ताःक्तेओ । आनिगे? सावागेम्बाहाओ थुम् आविरो, मुक्साम् आविरो, हाङ्वामाङ्वा आविरो । आनिगेयो तुक्मा, सिमाङ्सिमाङ् सिरेप् लप्मा, नाःधाःमा मेÞम्बोःङ्ङे नुमावा तारे तामावा तारे । कन् केलक्किले केनिङवा? ताःस्सेआङ् तिम्मकिल्ले कुमाङ्गेन्ना फोःक्खेओ । आनिगे? माङ्गेन्नाःइन् फोक्खेओ ।’ (यो पुङ्साम्माङ्को भाग हो, अर्पणलाई ग्रहण गर्नु । हामी शिकारीलाई शक्ति दिनु, वरदान दिनु, आशिर्वाद दिनु, हामीमा विमार, अशहज र अवगाल नभई शुब्यफाव्य ल्याईदिनु । यो अर्पण भागले खुशि भएर वन्दुकलाई रक्षा गर्नु र हाम्रो पनि शीर उठाई दिनु नमस्कार) (छोटकरी रुपमा मात्र) यत्ति भनेर वन्दुक र चढाएको वस्तुहरुलाई ढोगेर वन्दुक उठाई लाने गर्दछ भने लासो नउठाई छोडेर जाने गर्दछ ।
वन्दुक (तिम्मक्):
वन्दुक अथवा तिम्मक् शब्द याक्थुङ् भाषामा तिम् + मक् = तिम्मक् भएको मानिन्छ । थिम्माआङ् फक्पा (भराएर पड्किने) थिम्फक् (थिम् = भर्ने, फक् = पक्कने)बाट तिम्फक् (भरिएर पड्कने) हुँदै तिम्मक् भएको हुनुपर्दछ । वास्तवमा याक्थुङ् भाषामा अपभ्रंस शब्द नभएपनि शब्द चिप्लिएर अर्को शब्द हुने र सम्वर्णका कारणले पनि अक्षरमा परिवर्तन भएको हो । शुरुको ‘थ’ अक्षरलाई ‘त’ हुन गएर थिम्माको ‘थ’लाई तिम्माको ‘त’ भएको हुन सक्दछ र ‘फ’को फक्पा अक्षरलाई एउटै शब्दमा जोडिनपुग्दा ‘म’को मक् भएको हुनुपर्दछ किनकि ‘फ’को अगाडि सानो ‘म’ आएकोले ‘फ’ अक्षर चिप्लिँदा ‘म’ भएको हुन सक्दछ । यसर्थ थिम्फक्बाट तिम्मक् भएको हुनुपर्दछ । कत्तै तिम्मक्लाई तिम्ब(फ)क् पनि भनेको पाईएको छ तथापी तिम्मक् र तिम्ब(फ)क् अर्थमा एउटै मानिएको छ ।
संस्कारमा वन्दुकको प्रयोग :
याक्थुङ्(बा) भनिएका लिम्बू जातिहरुले स्वतःसिद्ध वन्दुक चलाउने अधिकार पाएका थिए र त हरेक साँष्कारिक कार्यहरुमा वन्दुक चलाउँदै ल्याए । वन्दुक सँष्कारविद् श्री दीलराज नेम्बाङ् अनुसार याक्थुङ्(बा) जातिले वन्दुकलाई जन्म, पर्दा (शूभकाम) र मर्दाका हरेक संष्कारमा चलाउने गरेको हो । यसको मतलव सलामी, सूचना र खुशियालीको बडाईँको रुपमा प्रयोग गर्दै ल्याएको पाईन्छ भने शिकारका लागि पनि प्रयोग गरेको देखिन्छ । शिकार वाहेक वन्दुकको प्रयोग दुईटा चलनले चलाईने गरेको पाईन्छ । एउटा शुभचलन र अर्को अशुभ चलन हो । शुभचलन भन्नाले वालक जन्मदा, शूभविवाह गर्दा, कूलपुजा सेवा गर्दा, घरबसाई गर्दा, साउने संक्रान्ति पर्वमा सहकाल बोलाउदा जोरनाल वन्दुकको जोरआवाज वा एकनाल वन्दुकको जोरपटक आवाजले पड्काउने गर्दछन् र यसमा बिजोर संख्याको आवाज हुनुहुँदैन, यसो भएमा अशुभ र लोदर भन्ने किम्वदन्ति रहेको मान्दछन् । अशूभ चलन भन्नाले मृत्यु संष्कारमा पनि मृतकको प्राणत्याग गरेपछि लासदहन गर्नेसम्म एकनाल, बिजोरआवाज र विजोरपटक चलाउने गर्दछन् । यसमा कूलथानमा राखेको वा पुङ्साम्माङ् थानमा राखेको शिकारी वन्दुक चलाउनु हुँदैन भने मृत्यु सँष्कारमा चलाउने वन्दुक फाल्टै हुनुपर्दछ । यसमा जोरआवाज, जोरवन्दुक र जोरपटक हुनुहुँदैन । यसोभयो भने वन्दुक चलाउने व्यक्ति र वन्दुक उपयोग गर्ने मृतकको परिवारमा अशुभ तथा लोदर लाग्दछ र उनीहरुको जनधनको क्षति हुन्छ भन्ने किम्वदन्ति रहेको विश्वास गर्दछन् ।
जन्म तथा याङ्दाङ्फोःङ्मा कार्य:
शुभकार्जे भित्र वालक जन्मदा सकभर छोरा भएमा जोरवन्दुक (नाल) चारपटक र छोरी भएमा जोरवन्दुक (नाल) तीनपटक प्रयोग गर्दछन् । यसको अर्थ वालकको सलामि र पीताको हर्ष बढाई भन्ने रहेको छ । याङ्दाङ्फोःङ्मा कार्यका लागि छोरी भए तीनदिनमा र पुरुष भए चारदिनमा उठाईन्छ । त्यसदिन छोरी भए जोरनाल तीन पटक र छोरा भए जोरनाल चारपटक वन्दुक पड्काउने गर्दछन् । जोरनाल हुन नसकेमा एउटै वन्दुक भएपनि छोरीको तीनपटक र छोराको चारपटक पड्काउन सक्दछन् । यो पुरै चलन हराएर गएको छ ।
कूलपुजा तथा नयाँघरः
कूलपुजा गर्दापनि वन्दुक राखेर हतियारहरुको पुजासेवा गर्ने चलन छ । यसमा वन्दुक, धनुवाण, भाला बर्छा, तलवार, खुँडा, कत्ती, ढाल, ढालटोपी, खुकुरी आदि युद्धका हतियारहरुको पुजासेवा कूलथानमा राखेर हाङ्साम् (कूल देवता)लाई पुज्ने गर्दछन् । अचेल हाङ्साम् कूलपुजा गर्दा वन्दुक, तलवार, खुँडा, कत्ती आदिको प्रयोग गर्दैनन् किनभने वन्दुक, तलवार, ढाल, ढालटोपी, खुँडा, कत्तीहरु राख्नकालागि वैधानिक हुनुपर्ने कानून भएकोले याक्थुङ्(बा) जातिहरुले छोड्दै लगेको पाईन्छ भने यदाकदा यसको प्रयोग भने पुख्र्यौलीका सँष्कारको रुपमा मान्ने गर्दछन् । सँष्कार प्रयोगमा वन्देज भएपछि यसको सट्टामा चोयाको धनुवाण बनाएर, बाँस, छट्टु (नाकारसाःङ्बा)को गुदि तथा भकमिलो काटी चिरेर वन्दुक, तलवार आदिको नमूना बनाएर, ढाल र ढालटोपीका लागि मकैको खोस्टा बुनेर हाङ्साम् कूलदेवतालाई बुझाउदछन् । ओर्जिनल ढाल र ढालटोपी याक्थुङ् मुन्धुम अनुसार यासाबु अथवा यासाको जुरोलाई मान्ने गर्दछन् । याक्थुङ्(बा) जातिको कूलदेवता हाङ्साम्को पुजागर्दा अनिवार्य रुपमा वन्दुक, धनुवाण, ढाल (यासाबु), ढालटोपी (यासाबु) तलवार, बार्छा, भाला, चौंरीको चमर चाहिने गर्दछ । चुक्मिबा र लत्तिबा याक्थुङ् पुर्खाले प्रयोग गरेको यासाबु (ढाल)को सट्टामा जाँतो (लुम्सुम्), यासाबु (ढालटोपी)को सट्टामा ओखल (सुम्दाङ्) र तलवार तथा वन्दुकको सट्टामा ओखलको मुङ्ग्रो मुस्लि (किःङ्वेÞत्) प्रयोग गरे भन्ने आख्यान पनि पाईन्छ । ढाल (यासाबु), वन्दुक तथा तलवार, ढालटोपी (यासाबु) सरकारले वन्देज लगाईदिएपछि विकल्पमा लुम्सुम्, सुम्दाङ् र किःङ्वेÞत् प्रयोग गर्न वाध्य बनाएको देखिन्छ । याक्थुङ् मुन्धुममा ढालका लागि यासाबु वाहेक गैंडाको छालालाई पनि प्रयोग गरे भन्ने भनाई पाईन्छ । यी दुवै नपाउँदा ढालको लागि वेत (सिदि र मादि)लाई बुनेर पनि प्रयोग गर्दथे भनेर मुन्धुमले पनि स्पष्ट गरेको भन्ने गर्दछन् । हतियार तथा खरखजानाको ऐन बनाउनु भन्दा पहिले श्री ३ सरकारको पालामा नै याक्थुङ्लाजे?मा सनद जारी गरी सबै वन्दुक, खुँडा, तलवार, ढाल, टोपी, कत्ती आदि हातहतियारहरु उठाएर लगेको ईतिहास छ भने पछाडि ऐन बनाएर सबै याक्थुङ्(बा) घरहरुमा राखिएका सबै वन्दुक लगायत अन्य हतियारहरुलाई अवैध बनाएर बटुली लगेको किम्वदन्तिगत ईतिहास पाईन्छ । हाङ्साम् पुजामा किन वन्दुक (तिम्मक्) चढाएर राखे होला ? अनुसन्धान गर्न वाँकि छ । वास्तविक हाङ्साम् पुजागर्दा आठआवाज, आठवन्दुक, आठपटक लगातार तीनदिनसम्म पड्काई हाङ्साम्को लाम्दाक् (स्वागत) गर्दथे । नसक्ने व्यक्तिले हरेकदिन जोरवन्दुकको जोरआवाजले आठपटक गरेर हाङ्सामको बढाई गर्दथे ।
नयाँघरको घरसार वा घरबसाईको अवस्थामा पनि याक्थुङ्(बा) जातिले वन्दुक प्रयोग गर्दछन् । नयाँ घरमा नयाँ हाङ्साम् थानको स्थापना, नयाँ वास्तु देवताको पुजा, वाह्य देउदेउताहरुको पुजा गर्ने गर्दछन् । यसरी नयाँ घरको हाङ्साम् थान स्थापना गर्दा वन्दुक अनिवार्य स्थापित गरेर थानमा उभाउने गर्दछ । यो वन्दुकसंगै धनुवाण, तलवार, खुँडा, कत्ती, भाला, बार्छा, ढालहरु समेत स्थापना गर्नेगर्दछ । नयाँघरमा बसाई प्रारम्भहुँदा वखत गरिने हाङ्साम् पुजामा पनि सक्नेले आठवन्दुक, आठआवाज र आठपटक दिनमा प्रयोग गर्नेगर्दछन् भने नसक्ने व्यक्तिले जोरवन्दुक, जोरआवाज र आठपटक दिनमा प्रयोग गर्नेगर्दछन् । हाङसाम् (कूल)को स्थापनामा हाङसाम्को स्वागत स्वरुप बढाई गरेको भन्ने विश्वास गर्दछन् ।
शूभविवाहः
शुभविवाहमा वन्दुकको प्रयोग याक्थुङ्(बा) जातिले अधिकाधिक रुपमा उपयोग गरेको पाईन्छ । शुभविवाहमा केटा (दुलहा)को घरले चारवन्दुक, चारआवाज, जत्ति नै पटक भएपनि पड्काउने गर्दछ । नसक्नेले भने जोरवन्दुक, जोरआवाज, जत्ति नै पटक भएपनि पड्काउने गर्दछ । केटि (दुलहीपक्ष) देखिपनि वन्दुक सहित केटा (दुलहा)को घरसम्म र विवाहभरी माईतिपक्षबाट जोर–जोर (चारवन्दुक) ल्याएर पड्काउदै पु¥याउने गर्दछन् । शुभविवाहमा भने लोकन्दिहरुले जत्तिपटक खाजा, पानी, नास्ता, खाना आदि सेवन गर्ने गर्दछन् उत्तिवेला वन्दुक पड्काउने गर्दछ । दुलहिलाई कोरीबाटि, फेराउनी र लिनजाँदा पनि पड्काउने गर्दछ । घरमा भित्र्याउनका लागि आँगनमा पुग्दा, घरभित्र प्रवेशहुँदा, लगनहुँदा, च्याब्रुङ् नाच्नेहरुले आशिर्वाददिँदा, तुम्याहाङहरुले आशिर्वाददिँदा, अन्य निम्तालुहरुले आशिर्वाददिँदा पनि वन्दुक पड्काउने गर्दछन् । दुलहिले खाना, खाजापानी बाँड्दा पनि वन्दुक पड्काउने गर्दछ भने लोकन्दिहरुलाई पठाउदा घरमा एकपटक र लोकन्दि फर्कने बाटोसम्म वन्दुक लगेर एकपटक पड्काएर वन्दुकहरु बाटामा वन्दुक विछ्याएर लोकन्दिहरुलाई प्रदर्शन गर्ने गर्दछ । यसरी राखेको वन्दुक कुनैपनि लोकन्दिहरुले नाघेर जानु मिल्दैन, नाघेर गएमा दुलहादुलहिमा शुव्यफाव्य नहुने भन्ने उक्ति रहेकोछ । तसर्थ लोकन्दिहरुले उक्त वन्दुकमाथि जोरपातको लासो बनाएर सम्मान स्वरुप प्रति वन्दुक रु. १ को दरले राखेर ‘आदाङ्बासे, आनिगेÞ? तिम्मक्ले याप्मि केÞदोसि, नुबै पोःक्खेÞ सिरा?आङ् धाङेÞ, हेÞक्याङ् नुबा इङ्घङ् सिम्बोहिम्मो? केÞत्तुम्ब्या?, आदाङ्बासिरेÞ कन् तिम्मक्किन् फोःक्खेÞम्मेÞ, लाम्मिन् हन्देÞम्मे, चेÞदोरो, सेवारो’ (हामीलाई सलामी अर्पण राम्रो गर्नुभयो र यो राम्रो खवर दुलहिको घरमा पु¥याउछौं । हजुरहरुको वन्दुक उठाउनुस् र बाटो खोलाइ दिनुस् । नमस्कार) भन्दै नमस्कार गर्दछन् र वन्दुकेहरुले रितप्राप्त गरेपछि चुपचाप वन्दुक उठाएर बाटो खोलाई दिने गर्दछ अनिमात्र लोकन्दिहरुले आफ्नो बाटो गरेर जाने गर्दछन् ।
साउने सक्रान्ति पर्व:
साउने संक्रान्तिका दिन बेलुका घाम अस्ताएपछि खानाखाने समयसम्म एउटा वन्दुक भएपनि जोरपटक हुनेगरी सहकालका लागि वन्दुक पड्काउने गर्दछन् । यसमा घरको ढुकुटिमा वन्दुक लिएर फन्को मारेर एकपटक, कुलथानमा एकफन्को मारेर एकपटक, सिरानतलामा एकफन्को मारेर एकपटक र भुईतलामा एकफन्को मारेर एकपटक गरेर वन्दुक पड्काउने चलन रहेको पाईन्छ । वन्दुक पड्काउने वेलामा ‘साक्नाम् पेÞगो पङ्धिङ् त्येÞओ’ (अनिकाल जाउ, सहकाल आउ) भनेर वन्दुक पड्काउने गर्दछन् । यसोगर्दा अनिकाल भागि सहकाल आउने जनविश्वास रहेको पाईन्छ । हरेक याक्थुङ्(बा)का घरहरुले सहकाल ल्याउनकालागि र हाङ्साम् देउतालाई खुशि पार्न बढाँईजस्तो वन्दुक प्रयोग गर्ने गर्दछन् ।
मृत्य संस्कार:
अशुभ कार्य भन्नाले मृत्युलाई मान्ने गर्दछन् तसर्थ याक्थुङ्(बा) जाति मरेको खण्डमा प्राणत्यागेपछि लास दहनगरि सकुञ्जेलसम्म एकनाल वन्दुक पटकपटक गरी विजोर संख्यामा पड्काउने गर्दछन् । यो वन्दुकको पुजा हुँदैन अथवा पुङ्साम् देउतामा राख्नु मिल्दैन, भनिन्छ । मानिस मरे लगत्तैदेखि वन्दुक पड्काउन शुरु हुन्छ भने लास वोक्ने चे तयार नभईन्जेल बिजोर सङ्ख्यामा पड्काउने गर्दछन् । त्यसपछि लास वोक्नका लागि बाँसको चे बनाउँदा एकपटक, मृतकलाई चेमा लगाउदा एकपटक, मृतकलाई घरभित्र आगो अर्पण गर्दा एकपटक, लास घरबाट निकाल्दा एकपटक, आँगन नाघेर जाँदा एकपटक, बाटोहरुमा पनि डाँडा तथा चौताराहरुमा पु¥याउदा एक–एक पटक गर्दै चिहान क्षेत्रमा पु¥याउदा एकपटक, लास गाड्नकालागि माटो खन्दा एकपटक, खोङ (खाल्डो)मा ढुंगा मिलाई सक्दा एकपटक, स्वर्गीय व्यक्तिको नाममा माटो तर्र्फ्याउँदा एकपटक, लास खोङमा लगाउदा एकपटक, लासलाई ढुंगाले छोप्दा एकपटक, माटोको भुईसम्म पु¥याउँदा एकपटक र अन्तमा चिहान उठाएर उल्टो भएर बढार्दा अन्तिमपटक पड्काउने गर्दछन् । यसबेला वारुद उब्रेमा आगोमा लगाएर सेलाउने गर्दछ भने फिर्ता लानु हुँदैन । अन्तिमपटक वन्दुक पड्काएर मलामी फर्कन थालेपछि उक्त वन्दुक पड्काउनु हुँदैन । यदि पड्काएमा पड्काउने व्यक्तिान जनधनको क्षति हुने जनविश्वास रहेको पाईन्छ । स्व. स्वरुपसिं नेम्बाङ् (१९७६–२०५८) अनुसार पहिले–पहिले मृतकलाई तारान्तारको सुद्धसङखे (फोजेÞ?) गर्ने दिनमा पनि एउटा वन्दुक विजोरपटक पड्काउने चलन चलाएका थिए तर यो चलन छाडिसकेकाले किम्वदन्ति मात्र रहेको पाईन्छ । यसमा पनि साम्दाक्खोङ् (मृतकको मृतात्मा राख्नेवस्तु र विधी) राखेदेखि खाउः (मृतआत्मालाई तारान्तार गर्न मौखिक रुपमा वाचित कार्य) संष्कारसम्म वन्दुक पड्काउने गर्दथे ।
अन्तमा,
याक्थुङ्(बा) जातिमा मात्र प्रयोग हुने वन्दुक (मर्दा चलाउने वन्दुक वाहेक)लाई पुङसाम्माङको थान बनाएर पुजासेवा गर्ने चलन रहेको छ भने अन्य जातिमा पाँइदैन । तसर्थ हरेक याक्थुङ्(बा)ले पुङसामको पुजासेवा गर्ने गर्दछन् । यसरी वन्दुक राखि कूलपुजा र पुङसाम् देउता मान्ने याक्थुङ्(बा) जातिले आफ्नो संष्कारमा वन्दुकको चलन गर्न नपाउने गरी वन्देज लगाई दिएकोले निर्वाध रुपमा सँष्कारहरुमा प्रयोग र उपयोग गर्न सकेको छैन । हातहतियार तथा खरखजाना ऐन बनाई याक्थुङ्(बा) जातिको संष्कार संष्कृतिमाथि ठाडो आक्रमण नेपाल सरकारले गरेको पाईन्छ । कानून बमोजिम सक्ने याक्थुङ्(बा)ले आफ्ना वन्दुकहरु धनकुटा वा ईलाम गौडामा गएर पासगरेर वैध (पासी) वन्दुक बनाई ल्याए भने नसक्ने याक्थुङ्(बा)का वन्दुकहरु अवैध (वेपासी) भएर वस्न पुगे । त्यस्ता विपासी वन्दुकहरु नष्ट भएर गए भने कम्ति मात्र पासी वन्दुकहरु प्रयोगमा कमी नै भएर आए । याक्थुङ्(बा) जातिको हाङसाम् (कूलपुजा), जन्म, शुभविवाह, घरबसाई, साउने संक्रान्ति पर्व, मृत्यु सँष्कार र पुङसाम देउतालाई राज्यले अवैध बनाई दिएको पाईन्छ र वर्तमानसम्म निरन्तर छ । तथापी छिटफुट शूभकार्यका लागि पासी वन्दुकहरु खोजि–खोजि प्रयोग गरेको पाईन्छ भने मृत्यु सँष्कारका वन्दुकहरु भने विपासी नै रहेका छन् र पासी वन्दुक बनाउने स्थिति बनेन । जन्मदेखि मृत्यु सँष्कारसम्म वन्दुक चलाउने याक्थुङ्(बा) जातिले घरमा वन्दुक राख्न, पुज्न, हाङ्साम् तथा पुङ्साम देवताको पुजा गर्न सरकारी स्तरबाट पाउने गर्नुपर्दछ । यसका लागि याक्थुङ्(बा) जातिलाई स्थानीय तहबाट सामान्य प्रकृयाले लाईसेन्स उपलब्ध गराई साधारण कर तथा राजश्वमा ल्याएर जन्मदेखि मृत्यु पर्यन्तको सँष्कारमा प्रयोग गर्न, कूलपूजा र पुङ्साम्माङ् देवतालाई स्वतन्त्रपुर्वक मान्न र पुजासेवा गर्न पाउने गर्नुपर्दछ । नभए याक्थुङ्बा जातिको पर्व, जन्मदेखि मृत्यु सँष्कारसम्मको शुभ तथा अशूभ कार्य, कूलदेवता पुजासेवा र पुङ्साम्माङ् देउतामा प्रयोग तथा पुजासेवा गरिने वन्दुकलाई संष्कारगत रुपमा वैध (पासी सोसरह)को रुपमा सरकारले बनाउने गर्नुपर्दछ । जन्मदेखि मृत्युपर्यन्तसम्म चलाउने वन्दुकलाई सँष्कारगत रुपमा राख्न नदिनु भनेको सरकारले याक्थुङ्(बा) जातिको संष्कारमाथि सस्कारिक दमन गरेको देखिन्छ ।