इलाम: मानव अधिकार मञ्च नेपाल इलामको २३ औं स्थापना दिवस बुधबार मनाइएको छ । स्थापना दिवसको अवसरमा मञ्चले गर्दै आएको सेवा प्रवाह तथा परियोजनाको विषयमा समिक्षा गरिएको छ ।
मञ्चको आकस्मिक आवास गृह, बालबालिकाको आपतकालिन उद्धार राहत संरक्षण तथा परामर्शका लार्गि बाल हेल्पलाइन १०९८, मानव अधिकार अनुगमन तथा अभिलेखिकरण, मनोविमर्श, कानुनी परामर्श र विवाद व्यवस्थानका लागि मेलमिलापका विषयमा समिक्षा भएको छ ।
मञ्चमा हाल सञ्चालन भईरहेको बाल संरक्षणका लागि ऐक्यबद्धता, समुदायमा न्याय सेवाका लागि स्थानीय न्यायिक प्रणाली, सामाजिक रूपान्तरणका लागि युवा, स्थानीय तहको न्यायिक सवलिकरण, संरचना, मेलमिलाप र मानव अधिकार लगायतको परियोजनाको अवस्था र कार्य सम्पादनको विषयमा जानकारीसगँै समिक्षा भएको बताइएको छ ।
मञ्च कार्यकारी निर्देशक देबेन्द्र विश्वकर्माले संस्थाको दैनिक कार्य सम्पादनसँर्ग परियोजना र कार्यक्रमको क्षेत्र यसको अवस्था र व्यवस्थापनको विषयमा जानकारी गराउँनु भएको थियो ।
मञ्चका अध्यक्ष मोहनसिंह थेबेले संस्थागत विकासको क्षेत्रमा काम गर्नुहुने संस्थाका पदाधिकारी, कर्मचारी, सहयोगी संस्था सबैलाई धन्यवाद दिदै आगमी दिनमा पनि संस्थाको दिगो विकासको क्षेत्रमा काम गर्ने सबै कर्मचारीलाई इमान्दारी पूर्वक जिम्मेवारी पुरा गर्नु आग्रह गर्नु भयो ।
अध्यक्ष थेबेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बीरबहादुर खड्काले स्थापना दिवसको अवसरमा शुभकामना दिदै संस्थाको दिगो विकासको क्षेत्रमा संस्थासँग सम्बन्धित कार्य समिति, सदस्य, कर्मचारीले इमान्दार पूर्वक जिम्मेवारी पुरा गर्नु आग्रह गर्नुभयो ।
यसै अवसरमा मञ्चका क्रियाशिल सदस्य स्वर्गीय नवराज शंकरको तस्बीरमा माल्यार्पण गर्दै मौन धारण गरिएको छ । स्थानपना दिवसको अवसरमा शंकरले संस्थामा पु¥याउँनु भएको योगदानको विषयमा चर्चा समेत गरिएको थियो ।
अधिकारको क्षेत्रमा काम गर्दै आएको मानव अधिकार मञ्चको स्थापना २०५५ साल असार २३ गते भएको थियो । संस्थाले अनवरत रूपमा अधिकार र मानव अधिकार, द्वन्द्व, शान्ति र न्याय, लैङ्गिक र सामाजिक समावेशिकरण, लोकतन्त्र र सुशासन र आकस्मिक सहयोगको क्षेत्रमा काम गर्दै आएको छ ।