सञ्चारकर्मी लावती एकै दिनमा मातृ र पितृ शाेकमा


सेवारो खबर  359 पटक हेरिएको

इलाम : सञ्चारकर्मी सुमन लावती एकै दिनमा मातृ र पितृ शाेकमा परेका छन् । लावतीकाे ७९ वर्षका टेकबहादुरकाे बिहीबार बिहान ७ बजे र आमा ७३ वर्षकी लक्षीहाङमा लावतीकाे दिउँसाे ३ बजे भएकाे निधनले शोकमा परेका हुन ।

                     लावतीको स्व: माता/पिता

कोरोना संक्रमणले होम आइसाेलेनमा माङसेबुङ गाउँपालिका ५ लारुम्बाकाे घरैमा  निधन भएकाे पारिवारिक स्थानीय पत्रकार महासघ इलामका सदस्य काकीराम लावतीले जानकारी गराए ।

लावती परिवारका ७ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा दुई जनाको निधन भएको बताइएकाे छ । एकै परिवारका दुईको निधन भएसँगै गाउँमा काेराेनाकाे त्रास फैलिएकाे छ ।

उनीहरु गत ५ दिनदेखि कोरोना संक्रमित भएर होम आइसोलेसनमा बस्दै आएका थिए । मृतक दम्पतीका दुई छोरा, एक बुहारी र दुई नाती समेत कोरोना संक्रमित छन् . उनीहरुको अवस्था भने सामान्य रहेको जनाइएकाे छ ।

सञ्चारकर्मी लावती नेपाल पत्रकार महासंघ इलामका सदस्य रेडियो माङसेबुङ एफएमका स्टेशन मेनेजर हुन ।

जिल्लामा आज थप २२ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै संक्रमितको संख्या २ हजार १ सय ४४ पुगेको छ ।

संक्रमितमध्ये १ हजार ७ सय २१ जना निको भइसकेका छन् । जिल्लाभर ३ सय ७१ जना संक्रमित उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।

१० वटा स्थानीय तह रहेको इलाममासबैभन्दा बढी इलाम नगरपालिकामा ६ सय ७५ जना संक्रमित छन् भने सबैभन्दा कम फाकफोकथुम गाउँपालिकामा ५५ जना मात्र संक्रमित रहेका छन् ।

संक्रमितमध्ये बिहिबारसम्ममा ५२ जनाको यसअघि नै निधन भइसकेको  छ । सूर्योदय नगरपालिकामा १५,  इलाम नगरपालिकामा १३, चुलाचुली गाउँपालिकामा ११, माइजाेगमाईमा ४, माङ्सेबुङ  गाउँपालका र माइ नगरपालिकामा समान ३।३, देउमाई नगरपालिकामा २, रोङ गाउँपालिकामा एक जनाकाे निधन भएकाे जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । जिल्लाको सन्दकपुर र फाकफोकथुम गाउँपालिकामा भने संक्रमितकाे मृत्यू भएकाे छैन । @फेरि यस्तो समाचार लेख्नु नपरोस् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार