इलामः माइ नगरपालिमा गरिबी निबारणका लागि लघु उद्यम विकास कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमले नगरपालिकामा ८१ जनालाई सीपको तालिम दिइएको छ । एक सय एक जनालाई उद्यमसिलताको तालिम दिइएको नगरपालिकाले जनाएको छ ।
‘सीप सिर्कौ, उद्यमी बनौं, आत्मनिर्भर बनौं’ भन्ने नाराको साथमा नगरपालिकाको सबै वडामा व्यवसायी उत्पादन गर्ने उद्धेश्यले तालिम सञ्चालन गरेको नगरपालिकाले जनाएको छ ।
पीरामिड टेक्निलकल इन्ष्टिच्युड प्राइभेट लिमिटेड इलामको प्राविधिक सहयोगमा दिइएको सीप विकासमा कृषि, पशुपालनसँगै व्यवसायिक सिलाईकटाई तालिम दिएको नगरपालिकाकी निरूता थापाले जानकारी गराइन् ।
तालिममा १४ लाई बेमौसमी तरकारी खेति, २३ जनालाई बाख्रापालन, १० जनालाई बंगुर पालन, १० जनालाई हाउस वाइरिङ र २४ जनालाई सिलाई कटाई सम्बन्धि व्यवसायिक सीम सिकाइएको छ । सिलाई कटाई सीप सिकेर व्यवसाय सञ्चालन गर्ने सात जनालाई भने नगरपालिकाले सिलाई मेसिन समेत अनुदानमा दिने जनाइएको छ ।
नगरपालिकाले विभिन्न चरणमा गरेको लघु उद्यम विकासको कार्यक्रम सञ्चालन गर्न १९ लाख ६० हजारको लगानी गरेको छ ।
तालिम समापन समारोहमा नगर प्रमुख दिपककुमार थेबेले सीप सिकेर उद्यमी बन्नेलाई व्यवसायको दिगो व्यवस्थापन गर्न नगरपालिकाले सहयोग गर्ने बताए । उनले भने ‘व्यवसाय उद्यमी बन्नलाई हो, यसको आवश्यक सहयोग नगरपालिकाले गर्छ ।’