‘पराजयले सिकाएको पाठ पढ्दैछु’–होम दुलाल


याम माबोहाङ लिम्बू  302 पटक हेरिएको

मेरो सम्पूर्ण समय राजनीतिकमा खर्च गरिरहेको छु । राजनीतिमा हारेका होइन । विजयको लाममा उभिएर संगठनिक सुधार विकास तथा कृयाशिल सदस्यता वितरणको काममा छु । नागरिकका सपनाको वकालत गरिरहेको छु । खाली समय पसलमा परिवारलाई सघाउँछु । निरन्तर अध्ययन, चिन्तन, लेखनमा छु । राजनीतिक रूपमा नागरिकको पक्षमा काम गरिरहेको छु ।

सत्तापक्षमै सरकारको असन्तुष्टि देखि रहेको छु । संघीय लोकतान्त्रिक परिपाटीको मर्म धर्मराएको देख्छु । नीतिगत व्यवस्थापनमा सरकार चुकेको छ । नागरिकको चाहना अनुरूप काम भएका छैनन् । स्थानीय क्षेत्रका सबै काममा खाने मेलोमा लागेका छन् । यसले नागरिकलाई निरास बनाएको छ । काम नभएका होइनन् तर जति र जसरी हुनु पथ्र्याे, त्यो हुन सकेन । यस्तो काम त अघिल्लो सरकार हुँदा पनि थियो नि । त्यसैले त्यो भन्दा त अलिक राम्रो काम गरेर नागरिकाको मन जित्नुपर्छ । संविधानको कार्यान्वयनमा ध्यान दिनुपर्छ । संघीय लोकतान्त्रिक प्रणाली संस्थागत गर्नुपर्छ ।


हेरौं अझै दुई वर्ष छ । तीन वर्षको कामले के सिकायो । नागरिकले आफूले आफैले गर्ने शासन व्यवस्थाको अनुभूति गर्लान् । सिंह दरबारको शासन घरघरमा अनुभूति गर्लान् । सुशासनको अनुभूति गर्लान् ।

आवधिक निर्वाचनका माध्यमबाट जनमतको परिक्षणद्वारा जन प्रतिनिधिको छनौट गर्ने र मतदाता प्रति उनिहरूलाई उत्तरदायी बनाउने लोकतान्त्रिक विधि र जन उत्तरदायी शासन व्यवस्थाको स्थापनाका निम्ति आत्म बलिदानसम्मको चुनौतिलाई स्वीकार गरेर लामो समय लडेको व्यक्तिका निम्ति विजय पराजय स्वभाविक हुन्छ । मैले रोजेको राजनैतिक प्रणालीलाई आज बन्दुकको नाल र सम्पत्तिको उन्मादमा मात्र शक्ति हुन्छ भन्नेहरूले समेत स्वीकार्नु नै मेरो नैतिक विजय हो । यो प्रणालीलाई स्थापित गर्न हामी जस्तो सुकै त्याग गर्न सक्छौँ । त्यसैले यो विधि र प्रणालीको विजयलाई नै मैले आफ्नो विजय ठानेको छु ।

मेरो नगरपालिका मात्र होइन, अधिकांश स्थानीय सरकार अल्मलिएको देख्छु । शत्ताको चरित्र नै उन्मादी र अधिनायकवादी हुन्छ, भन्ने विश्लेषकहरूको साझा विश्लेषण छ । स्थानीय सरकार लोक कल्याणकारी भन्दा पनि मुनाफाकारी हुन खोजेको देख्छु । देउमाई सरकारको पनि त्यही आम चरित्र पाएको छु ।

विकासको बुझाइमा गहन खोट देख्छु । भौतिक संरचना निर्माणलाई मात्र विकास मान्ने दृष्टिकोण नै त्रुटिपूर्ण छ । दुनियामा ज–जसले छोटो समयमा द्रुतगतिमा विकास गरेका छन् तिनिहरूले शिक्षा र सामाजिक विकासमा जोड दिएका छन् । यस क्षेत्रमा अधिकतम लगानी गरेकै कारणले त्यो सम्भव भएको देखिन्छ ।

समावेसी र पर्यावरणमैत्री विकास मात्र दीगो हुँदो रहेछ । मेरो नगरपालिका लगायत कुनै पनि स्थानिय तहले यस तर्फ ध्यान पु¥याएको अनुभूत भएको छैन् ।

यतिबेला हामीले जनसाङ्ख्कि लाभ लिने बेला हो । तर उर्बर र उर्जाशिल हाम्रो जनशक्ती एकातिर अर्काको मुलूकमा आफ्नो श्रम र सीप कौडीको मूल्यमा बेच्न बाध्य छन् । यहाँको उर्वर जमिन बाँझा छन् । अपार जलश्रोत बगेर खेर गइरहेको छ । अमुल्य जडिबुटी सडेर गइरहेका छन् । स्थानीय सरकारहरूसँग न त सिपयुक्त जनशक्तिको तथ्याङ्क चाहिन्छ, भन्ने ज्ञान छ । न त हामीसँग के कति साधन श्रोत उपल्ब्ध छ भन्ने तथ्याङ्क छ । न त तिनको उपयोगको कार्य योजना न त प्राप्तिको लक्ष्य छ । न त पुग्ने गन्तव्य छ, यस्तो हचुवा तालमा कुनै ठोस उपलब्धिको अपेक्षा गर्न सकिदैन ।

देउमाई नगरपालिकामा भएका अपार सम्भावनालाई अहिलेको सरकारले पहिचान गर्न नसकेको भन्ने मलाई लागेको छ । उपयुक्त भू–उपयोग नीति बनाएर सार्वजनिक नीजि साझेदारी, निर्माण सञ्चालन स्वामित्व हस्तान्तरण नीतिका आधारमा, व्यवस्थित बस्ती विकास गर्नुपर्छ । स्मार्ट नमुना नगर बनाउने, चुरेदेखि उच्च पहाडी भू–भागसम्म रहेको नगरको भौगोलिक बनावट यहाँको प्रकृतिको बरदान हो । भु–वर्गिकरण गरेर तल्लो भू–भागमा आधुनिक तथा व्यवसायिक कृषि तथा पशुपालन, उच्च भू–भागमा लोक्ता, आलु, तरकारी जडिबुटी लगायतका नगदे बालीको खेति गर्न ऐलानी, पर्ती जग्गाको एकीकरण सम्बन्धी नीति बनाएर श्रम र रोजगारिको सुनिश्चितता गर्नुपर्छ । सूचना प्रविधी, प्राविधिक शिक्षाका माध्यमबाट प्रविधी र प्राविधिक जनशक्तिको उत्पादन र एकिकृत पर्यटन गुरूयोजना बनाएर यहाँको प्रकृति र संस्कृतीलाई जोडेर व्यवसायिक पर्यटन प्रबर्दन गरेर आन्तरिक आय वृद्धि गनुपर्छ । यस्ता सम्भावनाहरूको फिटिक्कै काम भएका छैन । सोचाईसम्म नभएको अनुभूत गरिरहेको छु ।

नगरवासीको समग्र विकास, अवसरको सिर्जना तथा न्यायोचित र समानुपातिक वितरण, क्षमता अभिबृद्धी, समावेसी र पर्यावरणमैत्री विकास, विकासको दिगोपना, रोजगारिको सुनिश्चितता, नगरको आन्तरिक श्रोत बृद्धि, सार्वजनिक श्रोत साधनको समुचित परिचालनद्वारा उच्चतम प्रतिफल प्राप्ति, अधिकतम सहभागिता र पारदर्शिता, सामाजिक न्याय र सामाजिक कल्याण जस्ता मुद्दा सम्बोधन भएमा सरकारसँग नागरिकको सम्बन्ध जोडिने अवसर देखेको छु ।

आवश्यकता अनुरुप उचित सडक मापदण्ड निर्धारण गरेर वडा केन्द्र, बस्ती र उत्पादन क्षेत्रहरूलाई सबै सिजन सडक सञ्जालमा जोड्नु पर्छ । तिनको नियमित मर्मत र संरक्षणको उचित प्रवन्ध मिलाउने र नगर परिक्रमा मार्ग बनाउने ठोस योजना तथा कार्यक्रमका विषयमा तीन बर्षसम्म प्रारूप नै तयार नहुनु र भिरालो जमिनको आवश्यकताको पहिचान नै गरिएको छैन । गर्नुपर्ने प्रकृतिक स्रोतको संरक्षण नै हुन नसक्ने गरि जथाभावी चौडा सडक निर्माण गरेर उत्पादनशिल जमिनको मात्र सत्यानास गर्ने देउमाई नगर कार्यपालिकाको नीति नगरका निम्ति दुर्भाग्यपूर्ण छ ।

नगरको कार्य नीति नागरिकमैत्री र व्यवहारिक छैन । कर उत्पादनका साधनमा हैन उत्पादकत्व बढाएर उत्पादनमा लगाउने हो । करयोग्य नयाँ क्षेत्र पहिचान गरेर दायरा बढाउने हो । करको दरमात्र बढाउने र उत्पादनहिन साधन र श्रोतमा कर लगाउने नीतिमा जोड दिएको देख्छु ।
नगरवासीको चाहना अनुसार सरकारले काम गरिरहेको छैन । दलगत प्रश्रय र कार्यकर्ता भरण पोषणमा सार्वजनिक सम्पत्तिको दुरूपयोग भएको आम जन गुनासो छ । सहभागिता र पारदर्शिताको गुञ्जायस नै छैन ।

संविधान कार्यान्वयन र लोकतान्त्रिक प्रणाली कार्यानवयनको प्रभावकारिता स्थानीय सरकारमा लोकतान्त्रीक विधि र कार्यशैली स्थानीय सरकारले अवलम्बन नगरे हुन्छ भन्ने बुझाई स्थानीय सरकारहरूमा रहेकोे पाएको छु । सरकारका मनमैजी कार्य शैलीले आम नागरिकमा लोकतन्त्र र संघियता प्रती भ्रम र बितृष्णा बढाउने काम भइरहेका छन् ।

स्थानीय सरकारले नागरिकको अपेक्षा अनुसार काम गर्न, आम सहभागिता र पारदर्शितामा जोड दिनु पर्छ । अवसरको सिर्जना, अवसर र लाभको न्यायोचित र समानुपातिक वितरण, साधन श्रोतको उच्चतम प्रतिफल प्राप्तिका निम्ति समुचित र अधिकतम परिचालन गर्ने तर्फ ध्यान केन्द्रीत गर्नुपर्छ ।

नागरिकको सेवा सुबिधाका लागि स्थानीय सरकारमा नीतिगत रूपमा इच्छाशक्ति र दुरदर्शिता हुने हो भने स्वायत्त स्थानीय सरकारहरूले नागरिकको सेवा सुबिधाका लागि धेरै गर्न सक्ने अवस्था छ । यध्यपी संघीय र प्रदेश सरकारले संघियताको मर्म बिपरित संविधानले स्थानीय सरकारलाई प्रदान गरेको स्वायततामा अनावश्यक हस्तक्षेप गर्न खोजेको महसुश गरेको छु ।

अन्त्यमा नागरिक दलका हलिया होइनन । न्यायाधिश हुन । तिनको विवेकलाई कम आँक्ने र बन्धक बनाउन दुस्साहस गर्नेहरू समयको भेलमा लतारिएर समाप्त हुनेछन् । आम नगरिकको चाहनाको नीतिगत व्यवस्थापन नगरी स्थानीय सरकार असहिष्णुता, अलोकतान्त्रीक, अपारदर्शी र स्वेच्छाचारितालाई प्रश्रय दिन्छ भने जनताले समय आएपछी निर्मम जवाफ दिनेछन् भन्नेमा म पूर्ण विश्वस्त छु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार