‘कल्चरल’ गायक जेपी नेम्बाङ


देशराज नेम्बाङ  624 पटक हेरिएको

‘बसे लेउँ लाग्छ, हिडे छेऊ लाग्छ ।’ यो भनाईले गायक जेपी नेम्बाङको जीवनमा मेल खान्छ ।

लामो संघर्ष र गहिरो साधना पछि नेम्बाङको साँगीतिक यात्राले मेसो पाएको छ ।

पान्थरको फाक्तेपमा सामान्य परिवारमा उनी जन्मिए । स्वर्गीय खेलमान नेम्बाङ र मनमाया लावतीको कोखबाट । उनले १६ वर्षको हुँदा पितृवियोग सहनु पर्यो । बुवा गुमाउँको पीडा सुनाउँदै उनले भने– ‘घरको मूल खम्बा नै ढलेपछि, अब म केही गर्न सक्दिन होला, मेरो साँगीतिक यात्रा यति नै रहेछ जस्तो लागेको थियो ।’ बुवाको अवसान पछि आर्थिक अभावका कारण गीत रेकर्ड गर्न नसकेको पीडाले उनलाई आजपनि घोचिरहन्छ ।

फाक्तेप ७ कोप्चे पान्थरमा रहेको श्री टिका भैरङ प्रा.वि. शिक्षा आरम्भ गरी घुर्विसे पंचमीबाट निमावी, बाझो ९ भालुटार, इलामको श्री सरस्वती माविबाट मावि, दमक झापाको सरस्वती उच्च माविबाट प्लसटु र दमक बहुमुखी क्याम्पसबाट बिएड तहको पढाई पुरा गरेका छन् ।

२०५८ सालदेखि किरात सास्कृतिक केन्द्रिय कमिटीमा आबद्ध भए । विभिन्न सास्कृतिक जागरण अभियानमा सरिक भए । २०६४ मा गीतकार डिबी लिङदम सेसेमीको शब्द संकलन तथा लेखनाथ चेम्जोङको संगीतमा ‘हे महागुरु फाल्गुनन्द’ बोलको गीत रेकर्ड गरेपछि उनको साँगीतिक करियरले औपचारिकता पाएको थियो ।

उनका गीतहरु लोकप्रिय हुदै गएपछि सन् २०१७मा हङकङ, मलेसिया, सिङ्गापूर, सन् २०१८ मा थाइलेण्ड, इजराइल, सन २०१९ मा दक्षिण कोरिया, र सन २०२० पुन हङकङ र भारतको सिक्किम स्टेज सो गर्ने अवसर प्राप्त गरे ।

विदेश भ्रमणमा जाँदा विदेशमा बसोबास गर्ने नेपाली दर्शक/स्रोताले फुलको गुच्छाले स्वागत सत्कार गरेको पल उनलाई यादगार प्रेमिल लाग्छन् । विदेश भ्रमणको अविष्मरणीय पल सुनाउँदै नेम्बाङले भने– ‘सन् २०१७ मा याक्थुङ स्वर्णिम साँझ कार्यक्रमका लागि हङकङ गएका वेला आयोजकले त्यहाँका पर्यटकिय क्षेत्र अवलोकन गराउँनु भयो । विदेशमा रहदा जहाँ गएपनि पासपोर्ट अनिवार्य बोक्नु पर्थ्यो । मेरो पासपोर्ट हरायो । निक्कै तनाव भयो । चिन्ता लाग्यो । म रातो पिरो भएँ । तर एकजना दाईले झुक्याउँनु भएको रहेछ । त्यो पल विर्सन सक्दिन ।’

‘मुएङसा ऐरेना’ का लागि इन्टरनेशनल म्यूजिक एवार्ड सन् २०१८ थाइलेण्ड र नेशनल म्यूजिक एवार्ड सन् २०१९ बाट उत्कृष्ट गायकको उपाधी र नेशनल म्यूजिक एवार्ड सन् २०१९ बाट ‘मनमा बसें’ का लागि उत्कृष्ट म्यूजिक कम्पोजर एवं ‘सालैजो’ गीतका लागि नेपाल म्यूजिक एण्ड फेसन एवार्ड २०२१ बाट उत्कृष्ट गायकको उपाधी चुम्ने मौका पाए ।

आफ्ना आमा, बुवालाई भगवानको दर्जा दिन चाहने नेम्बाङले आफ्नो साँगीतिक गुरु कमला खनाल भएको बताए । संगीतको माध्यमबाट धेरै आफन्त, साथीभाई र दर्शक/स्रोताको माया पाएकोले उनी संगीतप्रति सन्तुष्ट छन् ।

नेपाली गीतमा ‘बोलाको तिमीलाई’, ‘माया धेरै गर्थे’, ‘सालैजो’ र लिम्बु भाषाको गीतमा ‘छुइया पकन्दी चाती’, ‘मुएङसा एरेना’, ‘आखेने नुमा’ लगायतका लोकप्रिय गीत गाएका उनले सफलताको राज खोल्दै भने– ‘गीत राम्रो गाएर मात्र नहुने रहेछ, प्रतिभा र भाग्यको संयोग जुर्यो भने मात्र कलाकार सफल बन्न सकिने रहेछ ।’@www.samadarshisanchar.com बाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार