अत्याधुनिक हतियार देखाई लुट्न खोज्ने पक्राउ


सेवारो खबर  150 पटक हेरिएको

मोरङ: सुन्दरहरैचा नगरपालिका १० त्रिबेणी चोकको शिव पंञ्चायन ज्वेलर्समा लुटपाट गर्न खोज्ने हतियार धारी समुहलाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा संखुवासभा बारबिसे ६ घर भई हाल ईटहरी २० तरहरा डेरा गरी बस्ने ३० बर्षीय चिरञ्जिवि राई, संखुवासभा सभापोखरी ४ घर भई हाल ईटहरी २० तरहरा डेरा गरी बस्ने ३९ बर्षीय चन्द्र बहादुर राई, मोरङ सुन्दरहरैचा ५ बस्ने २२ बर्षीय मिशन राई, भोजपुर पौवादुम्मा गापा ३ घर भई हाल ईटहरी २० तरहरा डेरा गरी बस्ने ३० बर्षीय नगेन्द्र राई र मोरङ सुन्दरहरैचा ७ बस्ने ३१ बर्षीय संतोष राई रहेका छन् ।
उनिहरुको साथबाट एसएमजी थान-१, यसको म्याग्जिन थान-१, यसको राउण्ड -६२, कटुवा पेस्टोल थान-१, अटोमेटिक पेस्तोल थान-१, यसको म्याग्जिन थान-१,  तीन सय तीन राईफलको राउण्ड थान- ४ र बीएमआर लेखेको हेण्ड सेट थान-२ बरामद गरेको छ ।
उनिहरुले प्रयोग गरेका सवारी साधनहरु को २ ह २७३६ अटो टेम्पु, प्रदेश १-०२-०४४ प ५९९५, को २० प १८६, को ८ प ६५८३, को २१ प ६७०३ मोटरसाईकल नियन्त्रणमा लिईएको छ ।
उनिहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङ, १ नम्बर प्रदेश प्रहरी कार्यालय आरआइटी र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले श्रावण १३ गते बिहान सुनसरी र मोरङको बिभिन्न स्थानबाट पक्राउ गरेको हो ।
गएको साउन १ गते दिउँसो साढे १ बजे एसएमजी र पेस्तोल सहित आएका उनिहरुले हतियार देखाई ज्वेलर्समा लुटपाटको प्रयास गरेका थिए ।
घटनाको जानकारी पाए लगतै प्रहरीले गहन अनुसन्धान थालेको थियो ।
पक्राउ परेका उनिहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट हातहतियार खरखजना तथा संगठित अपराध अन्तर्गत कानुनी प्रकृया अगाडी बढाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार