चिया कारखानामा आगलागी हुँद तीन करोडको क्षति


सेवारो खबर  135 पटक हेरिएको

इलाम: सूर्योदय नगरपालिका ८ मालुममा रहेको रक्तकाली टि स्टेटमा आगलागी हुँद तीन करोडको क्षति भएको छ ।

राती एक बजे भएको आगलागीमा टिनको छाना, बेरा भएको भावनमा चिया बनाउँने ६ थाना मेसिन, स्टक चिया, चिया बनाउँने कच्चा पदार्थ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक गंगाबहादर थापाले जानकारी गराए ।

आगलागी चार घण्टापछि स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार