पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट चार जनाको निधन, इलामा मृत्यू हुँनेको संख्या ८१ पुग्यो


सेवारो खबर  209 पटक हेरिएको

इलाम: कोरोना संक्रमणबाट बुधबारसम्मा इलाममा ८१ जनाकाे निधन भएको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट चार जनाको मृत्यू भएको जिल्ला प्रशासन कार्यालयकाे तथ्याङ्कमा उल्लेख छ ।

पछिल्लो २४ घण्टामा माई नगरपालिकामा एक, देउमाई नगरपालिकामा एक, सूर्योदय नगरपिकामा दुईको निधन भएकाे जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

आज बुधबारसम्मको तथ्याङ्कमा इलाम नगरपालिकामा २४, सूर्योदयमा २२,  चुलाचुली गाउँपालिकामा ११, माङ्सेबुङमा ६, माई नगरपालिका माईजाेगमाइ र रोङ गाउँपालिकामा ५/५ जना र देउमाईमा नगरपालिकामा ३ जनाकाे निधन भएकाे तथ्याङ्क छ ।

यसरीनै बुधबार ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै इलाम नगरपालिकामा २४ जना, सूर्योदय नगरपालिकामा १८ जना, माइ नगरपालिकामा १५ जना, देउमाई नगरपालिकामा ४ जना, माइजोगमाई गाउँपालिकामा २ जना र फाकफोकथुम गाउँपालिकामा १ जना संक्रमित भएका छन् ।

जिल्मालामा संक्रमितको संख्या तीन हजार छ सय ७३ पुगेकोमा दुई हजार सात सय तीन जना निको भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार