स्टार खेलाडी लियोनल मेस्सीको बार्सिलोनाबाट रुँदै बिदा भए


सेवारो खबर  153 पटक हेरिएको

काठमाण्डाै: स्टार खेलाडी लियोनल मेस्सीको बार्सिलोनाबाट रुँदै बिदा भएका छन् ।  केही दिनअघिसम्म बार्सिलोनामा रहेका स्टार खेलाडी लियोनल मेस्सीको बार्सिलोनाबाट बिदा हुँदै गर्दा बिदाई कार्यक्रममा भक्कानिएका हुँन।

सम्झौता नवीकरण नभएपछि गएको बिहीवारदेखि मेस्सीले बार्सिलोना छाडेका थिए । आज आइतवार क्लबले गरेको बिदाइ कार्यक्रममा मेस्सी निकै बेर रोएका छन् ।

स्टेजमा बोल्न सुरु नगर्दै रोएका मेस्सी आफ्नो भनाइ टुङ्ग्याउने बेलासम्म पनि रोइरहे । मेस्सी रोएपछि कार्यक्रममा उपस्थित बार्सिलोनाका अन्य खेलाडी, दर्शक पनि भक्कानिएका छन् ।

सिनियर टोलीमा १७ र समग्रमा २१ वर्षपछि मेस्सीले बार्सिलोना छाड्न लागेका हुन् । @ खबर एजेन्सीबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार