बिराटनगर: शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी रहेको प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बताएका छन् । नव निर्मीत जिल्ला प्रहरी कार्यालय सुनसरीको कार्यालय भवन, तथा आवास गृहको उदघाटन गर्दै प्रहरी महानिरीक्षक थापाले शान्ति सुरक्षाकाे क्षेत्रमा नागरिकसँग सहकार्य गर्न आग्रह गरे ।
प्रहरी कर्मचारीले नयाँ सोच र धारणा बनाउँदै रुपान्तरण हुनु पर्नेमा जोड दिदै शान्ति सरक्षाकाे क्षेत्रमा कर्तव्यनिष्ठ भएर लाग्न आग्रह समेत गरे ।
कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले उचित बासस्थानको भरपर्दो ब्यबस्था बिना नै काम कारवाही गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले सुरक्षित बासस्थान प्राप्त भए संग संगै अब थप हौशलाका साथ काम कारवाही गर्ने र बिबिध अपराधिक घटना नियन्त्रणमा थप बल पुग्ने धारणा राखे ।
ईनरुवा नगरपालिकाका प्रमुख राजन मेहेताले बिकास निर्माणको पहिलो आधार भनेकै शान्ति सुरक्षा रहेको हुँदा आन्तरिक शान्ति सुरक्षाको प्रमुख जिम्मेवार नेपाल प्रहरी साधन श्रोतले सम्पन्न भएमा मात्र जन चाहना बमोजिमको सुरक्षा प्रदान गर्न सक्नेमा जोड दिदै उनले भने,
‘सुबिधा सम्पन्न नव निर्मित भवनले केही हदसम्म सहयोग गर्नेछ ।’
कार्यक्रममा १ नम्बर प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीले भौतिक पुर्वाधारको अभाव र अपर्याप्ताले प्रहरी सेवाका काममा प्रतक्ष्य असर पर्ने बताउँदै सुबिधा सम्पन्न भवन प्राप्त भएसंगै नागरीक सेवामा अब बिगतका दिनहरु भन्दा प्रभावकारी ढंगले अगाढी बढ्न सहयोग मिल्ने बिश्वास ब्यक्त गरे ।
२४ सै घण्टा ड्युटीमा रहनु पर्ने प्रहरी कर्मचारीहरुलाई यस्ता भौतिक सुबिधाले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत यसले अनुकुल वातावरण सिर्जना गर्ने बताउँदै सुबिधा सम्पन्न भवन प्राप्त भएसंगै थप जोश र उर्जाका साथ प्रहरी काम कारवाही गर्न कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिए ।
जिल्ला प्रहरी कार्यालय सुनसरीको साँढे २ तले कार्यालय भवन तथा तीन तले आवास गृह ९ करोड ७० लाख ७२ हजार तीन सय २० रुपैयाँको कुल लागतमा निर्माण सम्पन्न भएको भएको हो ।
उद्घा स्थानिय जनप्रतिनिधीहरु, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, नागरीक समाजका प्रतिनिधीहरु, बिभिन्न महिला संजाल, संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु, संचारकर्मीहरुका साथै स्थानियवासीहरुको उपस्थिति रहेको थियो ।