इलाम: जिल्लामा कोरोना भाइरस तेस्रो लहरको चेन ब्रेक गर्न गरिएको निषेधाज्ञाको ९७ दिन पुग्दा संक्रमणबाट निधन हुँनेको संख्या ९५ पुगेको छ ।
भाइरसको तेस्रो लहरको संक्रमणको गति तिब्र भएपछि गएको बैशाख २८ गतेदेखि जिल्लामा निषेधाज्ञा घोषणा भएको थियो ।
बैशाख ६ गते तेस्रो लहरको पहिलो संक्रमित भेटिएको जिल्लाको इलाम नगरपालिका भित्र भने संक्रमण तिब्र रूपमा फैलदै गएकाले बैशाख २२ गते निषेधाज्ञाको घोषणा गरिएको थियो ।
निषेधाज्ञाको ९७ औं दिन आज आइतबार कोरोना संक्रमणबाट चार जनाको निधन भएको जिल्ला प्रशासन कार्यालयले निकालेको तथ्याङ्कमा उल्लेख छ ।
इलाम नगरपालिकामा सबै भन्दा धेरै २९ जनाको निधन भएको छ । त्यस्तै सूर्योदय नगरपालिकामा २७, चुलाचुली गाउँपालिकामा १२ जनको कोरोना संक्रमणबाट निधन भएको तथ्याङ्क छ ।
माई नगरपालिका र माङ्सेबुङ गाउँपालिकामा छ/छ जना, रोङ र माईजोगमाई गाउँपालिकामा ५/५ जनाको ज्यान गएको छ । यस्तै देउमाई नगरपालिकामा ४ र सन्दकपुर गाउँपालिकामा एक जनाको ज्यान गएको तथ्याङ्क छ ।
आज जिल्लामा ७३ जना संक्रमित थपिएका छन् । योसँगै अहिलेसम्मका चार हजार तीस सय ५० जनामा संक्रमण देखिएको छ ।
संक्रमित मध्ये तीन हजार चार सय २९ जना संक्रमण मुक्त भएको तथ्याङ्क छ । आठ सय ९ जना होम आइसोलेनसमा रहेका छन् । आइसियुमा ९ जना, आठ जनाको सामान्य उपचार भइरहेको जनाइएको छ ।
जिल्लामा अहिलेसम्ममा १५ हजार ८ सय ८८ जनाले कोरोना परीक्षण गरेका छन् । उनिहरू मध्ये १४ हजार ९ सय ९६ को एन्टिजेन र आठ सय ९२ जनाको पिसिआर बिधीबाट परीक्षण गरिएको छ ।
नियन्त्रणमा काम प्रभावकारी नहुँदा संक्रमणको दर बढ्दै
नियन्त्रणको काम प्रभावकारी हुन नसक्दा संक्रमितसँगै ज्यान गुमाउँनेको संख्या बढ्दै गएको हो । नागरिक आफै जिम्मेवार नहुँदा संक्रमणको र बढ्दै गएको हो ।
अहिलेसम्म जिल्लामा महामारीको तेस्रो लहरको चेन ब्रेक हुन सकेको छैन । सरकारी सुरक्षा संयन्त्र बाहेक महामारी नियन्त्रणमा अन्य निकाय खासै लागेको देखिदैन ।
सर्वसाधारण नागरिक अझै नियन्त्रण र सुरक्षाको विषयमा गम्भीर नभएको प्रतिकृया सामाजिक सञ्जालमा लेख्न थालेका छन् ।
नियन्त्रणमा कोरोना भाइरसको एकातिर लामो समयको निषेधाज्ञाले उद्योगी व्यवसायी मात्र होइन सर्वसाधारणको जीविकोपार्जन समेत समस्यामा परेको छ ।
समस्यलाई सरकारले उचित सम्बोधन नगर्दा महामारीसँगै आफ्ना व्यवसायिक गतिविधी गर्न बाध्य छन् ।
नीजि तथा सार्वजनिक सवारीका साधन स्वाथ्य सुरक्षा बिना सञ्चालनमा छन् । खुल्ला रूपमा नदेखिएपनि बजार भित्री भागमा भीडभाड उस्तै भएको स्थानीयले बताउँन थालेका छन् ।
महामारी नियन्त्रणको एउटै बिकल्प निषेधाज्ञा जिल्लामा प्रभावकारी भएको देखिदैन । प्रत्येक दिन संक्रमितको दरलाई हेर्ने हो भने स्थीति भयावह हुँदै गएको छ ।