इलामे प्रतिमाको लाज छोपी दिन इलाम नगरपालिकालाई स्थानीयको आग्रह


सेवारो खबर  509 पटक हेरिएको

इलाम: इलाम चियाबरीमा लिम्बु (याक्थुङबा) समुदायको पहिचान स्वरूप निर्माण गरिएको प्रतिमाको मर्मत गर्न सरोकारवालालाई स्थाीयले आग्रह गरेका छन् । उनिहरूले नाक तोडफोड गरी कुरूप उभिएको प्रतिमाले इलाम चियाबरीको शोभा समेत घटाउँदै लागेको बताएकाछन् ।

कुरूप प्रतिमाले लिम्बु समुदाय मात्र होइन समग्र जिल्लाकै सौन्दर्यतालाई प्रभाव परेको बताउँदै स्थानीय सरकारलाई प्रतिमाको मर्मत गरेर लाज छोपी दिन स्थानीयले आग्रह गरेका छन् ।

पहिचानसँग जोडिने प्रतिमाको मर्मत गर्न किरात याक्थुङ चुम्लुङको अगुवाई चाहने महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाममा प्राध्यापक स्थानीय दिपक लुङ्गेली फेसबुक वालमा लेख्छन्, ‘यो कुुरा पहिचानसँग जोडिन्छ । यसो हेर्दा पुनर्निर्माणको लागि ठुलो लगानी लाग्ने पनि देखिदैन । यसलाई अब बनाउँन तिर लागौं । किराँत याक्थुङ चुम्लुङ इलामले पहल कदमी लिँदा राम्रो । सहयोगी मनहरू पक्कै एकजुट भइहाल्छन् । सकिदैन भने मास्क लगाई दिएर भए पनि लाज छोपी दिउँ ।’

तोडफोड गर्नु आदिवासी संस्कारको ठाडो हनन भएको बताउँदै दाहाल ललिल फेसबुक वालमै लेख्नछन्, ‘यो आदिवासी संस्कारको ठाडो हन्न हो, हाम्रो अमूल्य सम्पतिको यस्तो प्रतिमाहरू हामी मर्मत गरुँ म तयार छु । अभियान जारी होस् टाढा छु । तर यो काम कसैको मुख नताकी हामी गरौ ।’

स्थानीय सरकारले बनाइदिनु पर्ने भन्दै मिलन खवास भूजेल लेख्नछन्, ‘हामी सचेत ईलामे नागरिकले संरक्षण गर्नुपर्नेमा बिगार्ने तिर लाग्नु हुँदैन । सक्षम भनिएका नेतृत्वले यति काम त नगरपालिकाको ७ दिनको चियापान खर्चमा मितब्ययिता अपनाउदा सहजै बन्छ ।’

प्रतिमाको शिघ्र मर्मत हुनुपर्ने लिम्बु विद्यार्थी मञ्च इलामका अध्यक्ष अतित योङहाङ भन्छन्, ‘लिम्बु विद्यार्थी मञ्च इलामको तर्फबाट सक्दो पहल गरेको हो, तर सम्बन्धित निकायले केही समय अनुसन्धान जारी राख्ने पुनः बनाउने भन्नेमा अहिले सम्म यस्तै यस्तै भईरहेको छ ।’

औपचारिक अनौपचारिक रूपमा किरात याक्थुङ चुम्लुङले मर्मतको पहल गरे पनि नगरपालिकाले बनाउँने आश्वासन मात्र दिएको किरात याक्थुङ चुम्लुङ केन्द्रीय उपाध्यक्ष स्थानीय यामप्रसाद योङहाङ बताउँछन् ।

किराँत याक्थुङ चुम्लुङ इलामले मर्मतको बिषयमा ध्यानाकर्षण पटकपटक गराएको जानकारी गराउँदै, चुम्लुङ अध्यक्ष गायत्री थेगिमले भनिन, ‘हाम्रो कुरा सुनुवाइ भएन । यस्तो कुरूप अवस्थामा आन्तरिक र बाहय पर्यटनहरूले फोटो खिचेर सामाजिक संजालमा लगाउँछ तब मलाई निकै पीडा बोध हुन्छ । यो मुर्ति बनाउनका लागि बजेट व्यवस्थापन गर्ने नगरपालिकासँग धेरै पटक संस्थागत, व्यक्तिगत रूपमा कुरा गरेको छु ।’

प्रतिमा भालुढुङ्गा पर्यटन समितले अघिल्लो वर्ष बनाएको हो । कोरोना भाइरस (कोभिड-१९)को निषेधाज्ञाकै समय २०७७ जेठ १९ गते प्रतिमाको नाक भत्किाइएको बताइएको छ ।

आजसम्म सोधी खोजी कसैले गरेनन् । १९ गतेको यो घटना पछि २१ गते किरात याक्थुङ चुम्लुङले एक विज्ञप्ती जारी गर्दै सार्वजनिक सम्पत्ति तोडफोड गर्नु नियतबस गरिएको समग्र लिम्बुहरू माथिको प्रहार भएको बताएको छ ।

चुम्लुङ अध्यक्ष थेगिमले हस्ताक्षर गरिएको विज्ञप्तीमा सार्वजनिक सम्पत्तीको तोडफोडमा संलग्नलाई तत्काल खोजी गरी कानुन बमोजिम कारबाहीको माग गरेपनि आजसम्म कसैले चासो देखाएका छैनन् ।

यसको विषयमा थप जानकारी लिन निर्माण समितिका प्रविन श्रेष्ठसँग फोन नम्बर ९८०४९६०१५२ सम्पर्क गर्दा सम्पर्क हुँन सकेन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार