इलाम: ४१ वर्ष लामो जेल जीवन बिताएका इलामका दुर्गाप्रसाद तिम्सिनालाई माई नगरपालिकाले सहयोग खर्च दिने भएको छ ।
विराटनगरको मानव सेवा आश्रममा पु¥याइएको तिम्सिनालाई नगरपालिकाले आश्रम बसाई खर्च बापत मासिक पाँच हजार दिने नगरपालिकाले जनाएको छ ।
सामान्य जीवनको लयमा फर्किदै गरेका माई नगरपालिका १० लुम्बाकका तिम्सिनामा पछिल्लो समय थप केही मानसिक समस्या देखिन थालेपछि विराटनगरस्थित मानव सेवा आश्रममा राखेर उपचार गरिने उनका भतिज गोपाल तिम्सिनाले जानकारी गराए ।
मानसिक स्वास्थ्यमा समस्या देखिना थालेपछि दुर्गाप्रसादलाई घरमा राखेर उपचार गर्न नसकिने अवस्था भएपछि माई नगरपालिका, मानव अधिकार मञ्च इलाम र परिवारको पहलमा आश्रममा पु¥याइएको हो ।
आश्रममा तिम्सिनालाई स्वाथ्यकर्मीको निगरानी र उपचारसहित राखिने बताइएको छ । यसअघि उनको उपचार विराट मेडिकल कजेलमा गरिएको थियो । उपचार प्रक्रियाले स्वास्थ्यमा खाशै सुधार नआएको परिवार स्रोतले बताएको छ ।
परिवारमा दुर्गाप्रसादको आफ्नो परिवार नभएको बृद्वा आमा, भाई, बुहारी फुपू भएपनि सबैमा स्वाथ्य समस्या रहेकोले उनको हेरचाह र उचारमा समेत समस्या भएको भतिज गोपाल तिम्सिनाले जनाए ।
तिम्सिना भारत कलकत्तास्थित दमदम जेलबाट फागुन ७ मा रिहा भई ८ गते नेपालको घरमा आएका हुन । अचानक गत आइतबार हराएका उनलाई प्रहरीले इलाम नगरपालिका १० को गोदक जौबारीमा फेला पारेको थियो ।
सुनूवाई र क्षतिपूर्ती अन्योलमा, पहल गरिदिन परिवारको आग्रह
तिम्सिनाको जेल बसाइको सुनूवाई र क्षतिपूर्तीको विषय समेत अन्योलमा पर्न थालेको छ ।
परिवारले पहल गरेपनि मुद्दाको फैसला र क्षतिपूर्तीको विषयमा सरोकारवालाले ताकेता नगर्दा अन्योलमा परेको पारिवारिक स्रोतले जनाइएको छ ।
जेल जीवनको सुनूवाई र क्ष्तिपूर्तीको पहल अन्योलमा पर्दै गएपछि आवश्यक सहयोग गरिदिन परिवाले सरोकारवाला संघ संस्थासँग आग्रह गर्न थालेका छन् ।
लामो समय जेलमा बसेका तिम्सिनामा मानसिक र शारीरिक अवस्था ठिक नभएको भनि घरमा बसेर उपचार गर्न मात्र रिहा भएको उनको विषयमा दुताबासलगायत सरोकारवालाले ताकेता नगर्दा अन्योमा परेकोले पहल गरिदिन भतिज गोपाल तिम्सिानाले आग्रह गर्न थालेका छन् ।
भारत कोलकोत्ताको उच्च अदालतले परिवारले क्षतिपूर्ती मागे दिनु भनि पश्चिम बंगाल सरकारलाई आदेश दिएकोमा कति क्षतिपूर्ती दिने भन्ने विषयमा छलफल गर्न बंगाल सरकार अदालतमा उपस्थित नभएको खबर आएपछि सम्पर्क गर्दा कोरोना महामारीले कारबाही अगाडि बनाउँन नसकिएको जानकारी प्राप्त भएको भतिज तिम्सिनाले जनाए ।
भतिज तिम्सिनाले कारबाहीको पहल गरिदिन परराष्ट्र मन्त्रालयमा केही दिन अगाडि निवेदन पठाएको जानकारी गराउँदै छ÷छ महिनामा दुर्गाप्रसादको अवस्थाको बारेमा अदालतमा समेत जानकारी पठाउँन नसकेको र खोजी समेत नगरेको बताइएको छ ।