जिल्ला प्रशासन कार्यालयले गर्यो इलाम बजारमा संचालित औषधी पसलको  अनुगमन


सेवारो खबर  195 पटक हेरिएको

इलाम: जिल्ला प्रशासन कार्यालय इलामले इलाम बजारमा संचालित औषधी पसल (फार्मेसी) हरु  अनुगमन गरेकाे छ ।

सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईको नेतृत्वको अनुगमन टोलीले बजारका  आठ ‌औषधी पसलको अनुगमन गरेको छ । अनुगमनका क्रममा औषधी पसलले प्रक्रिया पुर्याएर संचालन गरेको पाएको  जनाइएको छ ।

अनुगमन टोलीले औषधी पसलको दर्ता नविकरण, भ्याट नम्बर भएको, खरिद बिल, बिक्री बिल, उत्पादन र म्याद अवधि भएका पाएको जनाइएको छ ।

अनुगमनका क्रममा शान्ता मेडिकल हलले दर्ता सम्बन्धी कागजातहरु पेश गर्न नसकेकोले ७ दिनभित्र आवश्यक कागज पत्र सहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएको सहायक प्रजिअ चापागाईले जानकारी दिए ।

पसलले म्याद नाघेका औषधीहरु छुट्टै काटुनमा राख्ने गरेको पाइएको छ ।

अनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालयका कार्यलय प्रमुख पदम कट्टेल, युवराज घोसाई, निरोज राई, इलाम अस्पतालका टिका लुइटेल, जनस्वास्थ्य कार्यालयका बिमल बराल, सुहाङमा लिम्बु, प्रहरी नायव निरिक्षक भिम बस्नेत, उद्योग वाणिज्य संघका छिकिन तामाङ, इलाम नगरपालिकाका सन्जिव भट्टराई, पत्रकार महासंघका अध्यक्ष विप्लव भट्टराई, ट्राफिक प्रहरी कार्यालयका श्याम थापा सहभागी थिए ।

यस्तै पसलले सामान्य कोभिड–१९ स्वास्थ्य मापदण्ड पालना गरेको अनुगमन टोलीले पाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार