प्रशासनको निषेधाज्ञा बीच सबै खाले सेवा सुचारू गर्दै इलाम नगरपालिका


सेवारो खबर  226 पटक हेरिएको

 

इलाम: जिल्ला प्रशासनको निषेधाज्ञासँगै इलाम नगरपालिकाले सबै खाले सेवा सुचारु गर्ने भएकाे छ । कोरोना भाइरस (कोभिड–१९) ले थलिएको आर्थिक संकटलाई व्यवस्थापन गर्न सेवा सूचारू गर्न लागेको हाे ।

नगरपालिका सहित सबै वडा कार्यालयका काम नियमित गर्न थालेको छ । मंगलबारदेखि नै सेवा दिन थालेको नगरपालिकाले आर्थिक संकटलाई थेग्न बुधबारबाट थप सेवा सुविधा सुचारू गर्न लागेको नगरपालिकाले जनाएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन समितिले नगरपालिकालाई संक्रमणको उच्च जोखिममा राखेसँगै वडा कार्यालयको काम समेत बन्द गरेको नगरपालिकाले लामो समय काम नगर्दा आर्थिक अवस्था शुन्यमा पुग्ने भएपछि स्वास्थ्य मापदण्ड अपनाउँदै सेवा सञ्चालन गर्न लागिएको नगर प्रमुख महेश बस्नेतले बताए ।

कोरोना महामारीले बन्द भएपछि राजश्व संकलनको हुन नसकेकोले नगरपालिका आर्थिक संकटमा पर्दै गएको प्रमुख बस्नेतले बताउँदै नगरपालिकाको आर्थिक संकटलाई व्यवस्थापन गर्दै सबै खाले सेवा सूचारू गर्न लागेको जानकारी गराए ।

निषेधाज्ञा भदौको पहिलो सातासम्म कायम राख्नु पर्ने अवस्थाले राजश्व संकलन नहुँदा चरम आर्थिक संकटको अवस्थामा आएको नगरपालिकाले जनाएको छ ।

बन्दका समयमा पनि दमकल, खानेपानी, फोहोर मैला व्यवस्थापन, कोभिड खोप सञ्चालन तथा व्यवस्थापन र कोभिडका कारण मृत्यु भएका व्यक्तिको दाहसंस्कारको कामले नगरपालिकालाई थप आर्थिक संकट परेको बताइएको छ ।

बन्दले मासिक एक करोड रुपैयाँ घाटा बेहोर्नु परेको नगरपालिकाले राजश्व संकलन शुन्य हुँदा आफ्ना कर्मचारीहरुलाईनै तलब समेत खुवाउन नसक्ने अवस्था आएको नगरप्रमुख महेश बस्नेतले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार