सूर्योदय नगर पत्रकारिता पुरस्कार नमिन ढकाललाई


सेवारो खबर  225 पटक हेरिएको

इलाम: सूर्योदय नगर पत्रकारिता पुरस्कार नमिन ढकालले हात परेका छन् ।  ढकाल सूर्योदय नगरपालिका  १० बाट प्रकाशित स्थानीय सन्देश साप्ताहिक र लोकल सन्देश अनलाइनका समाचार सम्पादक हुन ।

उनलाई नगरपालिकाले बिहिबार आज नवौं नगरसभाको निर्णय सार्वजनिकीकरण कार्यक्रममा पुरस्कार दिएकाे हाे ।

सूर्योदय नगरपालिका इलामले नगर क्षेत्रको पत्रकारीता क्षेत्रमा योगदान पुर्याए बापत ढकाललाई एक कार्यक्रमका बिच पुरस्कृत गरिएको बताइएको छ ।

सम–सम्पादक ढकाल इलामको सूर्योदय नगरपालिका १० मा रहेर खेलकुद र कृषि क्षेत्रमा खोज तथा अनुसन्धानमुलक समाचार लेखनमा दख्खल राख्छन् ।

नगरपालिकाले ढकाल सहित नगर भित्रका विभिन्न क्षेत्रमा क्रियाशिल संघसंस्था, उद्यमी र समाजिक व्यत्तित्वलाई पुरस्कार तथा सम्मान गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार