मानव अधिकार, अधिकारमुखी पद्दती र दीगो विकास सम्बन्धि तालिम सम्पन्न


सेवारो खबर  246 पटक हेरिएको

इलामः मानव अधिकार मञ्च नेपाल इलामको आयोजनामा ‘मानव अधिकार तथा मानव अधिकारमुखी पद्वतीको अवधारणा प्रक्रिया र वर्तमान विकासक्रम’ सम्बन्धि तीन दिवसीय तालिम शनिबार (आज) सम्पन्न भएको छ ।

तालिममा अधिकार र मानव अधिकार, नागरिक, राजनीतिक, आर्थिक, सामाजिक र संस्कृतिक अधिकारका विषयमा जानकारी गराइएको छ । सामुहिक अधिकार, विकासको अधिकार नागरिक सहभागिता तथा सूचनाको हकको विषयमा छलफल भएको थियो ।

मञ्चको एक नम्बर प्रदेश भरीका साझेदार संस्थाको प्रतिनीधि सहभागिता रहेको तालिममा मानव अधिकारमुखी विकास पद्वती, मानव अधिकारको स्थानीयकरण र पैरबी, मानव अधिकारको घटना अनुगमन र अभिलेखन सम्बन्धि जानकारी गराइएको मञ्चले जनाएको छ ।
मानव अधिकार र दीगो विकास, पछिल्लो पुस्ताको मानव अधिकारका विषयमा छलफल भएको थियो ।

मञ्चको अध्यक्ष मोहनसिंह थेबेको अध्यक्षतामा भएको तालिमका सहभागिले मानव अधिकारको पक्षमा सरकार उदार हुनुपर्नेमा जोड दिए ।
राजेश हमाल र गौरी प्रधानले सहजिकरण गरेको तालिममा संस्थासँग सम्बन्धित २७ जनाको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार