बालबालिकाको बैकल्पिक सिकाइ, भोगाईको खोजी गर्न, प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगिता हुँदै


सेवारो खबर  634 पटक हेरिएको

इलामः मानव अधिकार मञ्च नेपाल इलामले प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ ।

मञ्चको ‘बाल संरक्षणको लागि ऐक्यद्धता’ परियोजनाले सञ्चालन गर्न लागेको प्रतियोगिता ‘राष्ट्रिय बाल दिवस २०७८’ को अवसरमा गरिने परियोजना संयोजक रूद्र थेबेले जानकारी गराए ।

संयोजक थेबेले कोरोना भाइरस (कोभिड–१९) को महामारीले बालबालिकाको शिक्षा र विद्यालयमा क्षेत्रमा पारेको प्रभावले प्रत्यक्ष रूपमा केहि क्रियाकलाप गर्न नसकिने भएकोले बैकल्पिक उपायको रूपमा प्रविधिको उपयोग गरी बालबालिकाको अन्तरनिहित प्रतिभालाई उजागर गर्ने उद्देश्यले प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगिता सञ्चालन गर्न लागेको बताए ।

‘लामो समयदेखि विद्यालय बन्द भएकाले बालबालिकाको शैक्षिक अवस्थामा ठूलो असर परेको छ । संयोजक थेबेले भने– बैकल्पिक रूपमा अनलाईन कक्षा सञ्चालन गरिएता पनि ग्रामीण क्षेत्रमा प्रभाकारी बन्न सकेको छैन । अनलाइन सिकाई प्रणालीले बालबालिकाको सिकाइ, भोगाई र आगामी दिनको लागि बैकल्पिक उपायहरु के हुनसक्छ बालबालिकाबाटै खोजी गर्नेछौं ।’

दुई चरणमा हुँने प्रतियोगितामा सहभागीले “कोरोना भाइरस (कोभिड –१९) ले बालबालिबकाको शैक्षिक क्षेत्रमा पारेको असर र बैकल्पिक उपायहरू” शिर्षकमा भर्चूअल प्रविधी मार्फत प्रस्तुती राख्नु पर्नेछ ।

एक नम्बर प्रदेशको सबै जिल्लामा पहिलो चरणमा जिल्ला स्तरीय प्रतियोगितामा भाग लिएर प्रथम हुँने १४ जनाले दोस्रो चरणको प्रतिस्पर्धामा भाग लिन पाउँने परियोजना क्षेत्रीय संयोजक इश्वर लुङ्गेलीले जानकारी गराए ।

यहि भदौं २४ गतेभित्र सकिने जिल्ला स्तरयि प्रतियोगितामा भाग लिन १८ बर्ष सम्मका एक नम्बर प्रदेश भित्र बसोबास गरेका जुनसुकै कक्षामा अध्ययन गरिरहेका, विद्यालय छोडेर बसेका बालबालिका समेत सहभागी हुँन पाउँनेछन् ।

प्रतियोगितामा सहभागी हुन चाहने प्रतियोगीले प्रतियोगितामा सहभागी हुँदा लाग्ने खर्च आफैं व्यवहोर्नु पर्ने छ । आफ्नो भनाई राख्दा कम्तिमा पासपोर्ट साइजको भिडियो स्पष्ट
देखिएको हुनपर्ने जनाइएको छ ।

पाँच मिनटको प्रस्तुती नेपाली भाषामा हुनुपर्नेछ । कुनैपनि सामग्री हेरेर प्रस्तुत गरेमा मान्य नहुँने बताइएको छ ।

किन्नरमिसनरेक जर्मनीको सहयोगमा सञ्चालन हुन लागेको प्रतियोगितामा सहभागी हुन चाहनाले जिल्लाको साझेदार संस्था वा मानव अधिकार मञ्चमा सम्पर्क गर्न सकिने जनाइएको छ ।

विजेताको पुरस्कार कति ?

प्रतियोगितामा सहभागी विजेताका लागि जिल्ला र प्रदेश स्तरको छुट्टा–छुट्टै नगद पुरस्कारको व्यवस्था गरेको छ ।

जिल्ला स्तरीय प्रतिस्पर्धामा सहभागी भई प्रथम हुनेले नगद दुई हजार प्राप्त गर्नेछ । यस्तै प्रतिस्पर्धामा द्वितिय, तृतीय हुँनले क्रमश नगद पन्ध्र सय र एकहजार पाउँनेछन् । ः

जिल्ला स्तरीय प्रतियोगितामा प्रथम हुनेले प्रदेश स्तरको प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने छ । उनले प्रदेशको प्रतियोगितामा भाग लिन पाँच सय रिचार्ज कार्ड समेत पाउँने बताइएको छ ।

प्रदेश स्तरको प्रतिस्पर्धामा विजेताले पन्ध्र हजार नगद पुरस्कार सहित प्रमाण पत्र प्राप्त गर्नेछ । यस्तै प्रतियोगितामा द्वितिय, तृतीय हँनेले क्रमशः बाह्र हजार र नौ हजार नगद पुरस्कारसँगै प्रमाण पत्र प्राप्त गर्नेछन् ।

जिल्ला स्तरीय प्रतियोगितामा छनौट भएका प्रतियोगीलाई भदौ २५ गते जुमको माध्यमबाट विषयबस्तु, प्रतियोगिताको नियम, भाषा शैली लगायत मूल्याङनका दायराबारे अभिमूखिकरण समेत गराइने बताइएको छ ।

जिल्ला स्तरीय प्रतियोगिता साझेदार संस्थाले गर्ने

प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगिताको प्रथम चरण अर्थात जिल्ला स्तरीय प्रतियोगिता परियोजनका साझेदार संस्थाले गर्नेछ ।

एक नम्बर प्रदेशको ताप्लेजुङमा वातावरण संरक्षण तथा विकास मञ्च, पाँचथरमा मानव अधिकार चेतना र विकास केन्द्र, झापामा महिला जनचेतना केन्द्र, धनकुटामा सामुदायिक विकास मञ्च, तेह्रथुममा देउराली सोसाइटी, संखुवासभामा समाज स्पर्श समिति, मोरङमा प्रदेश कोकन, सुनसरीमा दुरदृष्टि विकास समाज केन्द्र, उदयपुरमा सुशासनको हिमायती, खोटाङमा जन सेवा समाज, भोजपुरमा विकास र सचेतनाका लागि सामाजिक संस्था, ओखलढुङ्गामा एकिकृत स्रोत व्यवस्थापन समिति, सोलुखुम्बुमा योङ स्टार क्बले जिल्ला स्तरीय प्रतियोगिता सञ्चालन गर्ने परियोजनाले जनाएको छ ।

इलाम जिल्लाको जिल्ला स्तरीय प्रतियोगिता मानव अधिकार मञ्च आफैले सञ्चालन गर्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार