स्वाथ्य बिमाको आर्कषण बढ्दै, बिमित सर्वसाधारणको स्वाथ्य सेवा असहज


याम माबोहाङ लिम्बू  392 पटक हेरिएको

इलाम: कोही बिरामी देखे, भेटेमा इलामका धेरै जसोले हिजोआज स्वाथ्य बिमाको चासो लिने गरेका छन् । र सोध्ने गर्छन, स्वाथ्य बिमा गरेको छ ? प्रश्नसँगै बिरामी र आफन्तलाई समयमै उपचारको मौखिक सल्लाह दिन्छन् ।

बिरामी उपचार गर्न प्राथमिक स्वाथ्य केन्द्र र अस्पतालमा पुगे स्वाथ्यकर्मीको पनि उहि प्रश्नले, सर्वसाधारणमा स्वाथ्य बिमाको आर्कषण समेत बढ्दै गएको छ ।

जिल्लामा एक लाख छ हजार सात सय दुई जनाले स्वाथ्य बिमा गरेका छन । दुई लाख ९० हजार दुई सय ५४ जनसंख्या भएको इलाममा ३६ दशमलव ७७ प्रतिशत नागरिक स्वाथ्य बिमामा आबद्ध भएको तथ्याङ्क छ ।

६४ हजार पाँच सय दुई घरधुरी रहेको जिल्लाको तथ्याङ्कलाई आधार मान्ने हो भने जिल्लाको प्रत्येक घर धुरीमा स्वाथ्य बिमा पुगेको देखिन्छ ।

नेपाल सरकारले सत प्रतिसत निशुल्क स्वास्थ्य बिमा गर्ने भनि घोषण गरेका लक्षित बर्ग मध्ये ७० बर्ष पुरा भएको जेष्ठ नागरिक १२ हजार १ सय ९५ जना बिमित छन् । निशुल्क अन्तर्गतका लक्षित बर्ग तर्फ पूर्ण बिमित जिल्ला हो ।

अपाङ्गताको रातो कार्ड प्राप्त परिवार सदस्य १९ सय ८६ छन् । एचआइभी पोजेटिभ ५१, कुष्ठ रोगी परिवार सदस्य १४ रहेका छन् ।

५० प्रतिसत निशुल्क अन्तर्गत महिला स्वाथ्य स्वयंसेविकाको परिवार सदस्य २ हजार ४ सय ७ स्वास्थ्य बिमामा आवद्ध भएको तथ्याङ्क छ ।

गएको चैत मसान्तसम्ममा ४६ हजार ८ सय ६९ बिमिले पटक–पटक सेवा लिइसकेको तथ्याङ्क छ ।

कम खर्चमै विभिन्न स्वाथ्य समस्याको उपचार सेवा लिन सकिने भएकाले स्वाथ्य बिमा गर्नेको संख्या बढ्दै गएको हो । बिमाले सर्वसाधारण आइपर्ने उपचारमा सहज पहुँच समेत बन्दै गएको छ ।

पाँच जनासम्मको परिवारले एक लाख र प्रत्येक थप सदस्य बराबर २० हजारको दरले सेवाको दर बढ्दै जाने बिमितले अधिकतम् २ लाख रुपयाँसम्मको उपचार सेवा प्राप्त हुने स्वाथ्य बिमाले गाउँका आर्थिक स्थीति कमजोर भएका सर्वसाधारणको उपचार सेवाको अभावलाई कम गर्दै गएको छ ।
बिमामा आबद्धलाई उपचार सेवासँगै ११ सय ३३ प्रकारको औषधी निशुल्क उपलब्ध गराउँने गरेको छ । स्वाथ्य बिमा गर्न पाँच जनाको परिवारले तीन हजार पाँच सय बार्षिक शुल्क बुझाउँनु पर्ने नियम छ । पाँच जना भन्दा धेरै परिवारको सदस्य भएमा प्रत्येक थप सदस्य बराबर सात सयको दरले थप रकम तिर्नु पर्ने व्यवस्था छ ।

सरकारले प्रत्येक नागरिकलाई स्वाथ्य सेवामा सहज पहुँच पु¥याउँन विभिन्न कार्यक्रम गरिरहेको छ । जसले नागरिकमा स्वाथ्यमा सेवा पु¥याउँन नागरिकमा बिमाको पहुँच पुग्नु पर्ने देखिन्छ ।

७० वर्ष उमेर पुगेको जेष्ठ नागरिक, अशक्त अपाङ्गताको रातो कार्ड भएका व्यक्ति, कुष्ठरोगी, एच.आइ.भी संक्रमित, जटिल खालका क्षयरोग भएका बिरामीको निःशुल्क स्वास्थ्य बिमा हुने व्यवस्था छ ।

उपचारमा झन्झटिलो व्यवस्थापन भए खर्चमा सहज हुने स्वाथ्य बिमालाई प्रत्येक नागरिकमा पु¥याएर सेवा प्रदायक संस्थालाई समेत प्रभावकारी सेवा दिन जिम्मेवार बनाउँन सके सेवामा थप आर्कषण बढने देखिन्छ ।

स्वाथ्य बिमामा स्थानीय पालिकाको प्रयास

स्थानीय नागरिकको स्वाथ्यलाई ध्यानमा राखेर जिल्लाका विभिन्न पालिकाले स्वाथ्य बिमाको कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

स्थानीय पालिकाले विभिन्न लक्षित बर्ग तय गरी स्वाथ्य बिमाको अनुदान सहयोग गरिरहेका छन् । पालिकाले रकम तिरिदिएर स्वास्थ्य बीमा गराउने क्रम समेत बढेको छ ।

इलाम नगरपालिकाले ६० देखि ७० बर्ष उमेर समुहका जेष्ठ दलित परिवार, सामुदायि महिला स्वाथ्य स्वयंसेविकाको परिवारलाई बिमा गरिदिएको छ ।

सूर्योदय नगरपालिकाले एकल महिला, अपांगता भएको परिवारलाई स्वाथ्य बिमा गरिदिएको छ । माइ नगरपालिका र माइजोगमाई गाउँपालिकाले अपांगता भएको परिवारको बिमा गरिदिएको छ ।

रोङ्ग गाउपालिकाले सामुदायिक महिला स्वाथ्य स्वयंसेविका परिवारसँगै अल्पसंख्यक, दलित लक्षित बर्गकोको स्वास्थ्य बिमा गरिदिएको छ ।

बिमामा आर्कषण बढेपनि उपचार सेवामा असहज

स्वाथ्य बिमा गर्नेको दर बढेपनि अस्पतालमा उपचार सेवाको असहजता कायमै छ । स्थानीय जिल्लाका अस्पतालमा सेवा सहज भएपनि जिल्ला बाहिरको सूचीकृत अस्पतालमा सेवा लिन जाँदा उपचार प्रकृया झन्झटिलो भएको सेवाग्राहीको गुनासो छ ।

जिल्ला बाहिरको सूचीकृत अस्पतालमा सेवा लिदाँ खर्च नलागेपनि उपचारको कागजी प्रकृयाले समय लिने गरेको छ । यसले समयमै बिरामीको उपचारमा समस्या देखिएको छ ।

उपचारमा सहज भएपनि जिल्ला बाहिरका अस्पतालमा जाँदा नगद पैसा दिनेलाई नै प्रथमिकता दिने, बिमा गर्नेको पनि काम त गर्ने तर कम प्रथमिकतामा राखेर काम गरेको समय बढी लाग्ने गरेको इलाम नगरपालिका ४ का बिमित हरिप्रसाद नेपालको अनुभव छ ।

स्वाथ्य बिमाले उपचारमा लाग्ने खर्चमा थप सहयोग गरेकोले खर्चमा सहज भएपनि उपचारमा समय बढी लाग्ने गरेकोे इलाम बजारको कपिल शर्माले बताए । उनले अरू बिरामी जस्तै अस्पतालले समान व्यवहार गरे बिमाको बिश्वास बढ्दै बिश्वास व्यक्त गरे ।

‘उपचारमा जाँदा अस्पतालले मान्छे अनुसारको व्यवहार गरेको थाहा भएको स्वाथ्य विमाका दर्ता सहयोगी सीता घिमिरेले सुनाइन््–‘अस्पतालका कर्मचारीले बिमितलाई पनि समान व्यवहार गरेमा अझ सहज हुन्छ । तर मान्छे हेरेर व्यवहार गर्ने भएकोले दुबै खालको प्रतिकृया आउँने गरेको छ ।’

‘समग्रमा जिल्लामा स्वाथ्य बिमामा सर्वसाधारणको विश्वास बढेको छ । स्वाथ्य बिमा बोर्ड इलामका दर्ता अधिकारी खेम अधिकारीले भने–‘बिमा गर्नेको दर समेत बर्षेनी बढ्दै भएको छ । स्थानीय सरकारको प्राथमिकतामा परेकोले पनि बिमामा सर्वसाधारणको आर्कषण बढ्दै गएको हो ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार