माइ नगरपालिकाकाे प्रशासनिक भवन उद्घाटन


सेवारो खबर  124 पटक हेरिएको

इलाम: माइ नगरपालिकाले नवनिर्मित प्रशासनिक भवनकाे बुधबार आज उद्घाटन गरेको छ । निवनिर्मित भवन नगर प्रमुख दिपककुमार थेबेले पुजापाठ गरि उद्घाटन गरे ।

भवन उद्घाटनसँग नगरपालिकाकाे प्रशानसकाे काम नयाँ भवनबाट शुरु भएकाे छ ।

एक करोड ५० लाख रुपैयाको लागतमा तीन तले भवन नगरपालिकाले निर्माण गरेकाे हो । ६१ लाख रुपैयाँको लागतमा चौथो तलामा सभा हल, पालिका घेराबारा र ईन्टरलक निर्माण सम्पन्न भएको लेखा अधिकृत क्षेत्रनाथ शर्माले जानकारी दिए ।

पण्डित टेकनाथ भट्टराईद्वारा स्बस्तिक बाचन सहित पाठ पुजा गरी गरिएको उद्घाटन कार्यक्रममा उपमेयर बिष्णुमाया आचार्य, वडाध्यक्ष मुखराज आङ्देम्बे, राम प्रसाद सदेम्वा, कार्यपालिका सदस्यहरु, कर्मचारीहर , संघ संस्थाका प्रतिनिधिको उपस्थीति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार