“नेपाल” नाम बोकेको पानीजहाज समुन्द्रमा


सुनिल उलाक  342 पटक हेरिएको

नरेन्द्रलक्ष्मी नामक पानीजहाज

नेपालको आफ्नो पानीजहाज समुन्द्रमा चलाउने धोको केवल केपी ओलीको मात्र दम्भ थिएन । बिसं २०२५ सालतिर पनि नेपालको एक प्रकारको दम्भ शुरु भएको थियो । अन्तत २०२७ सालमा नाम राखिएको पानीजहाज कलकत्ता बन्दरगाहमा आइपुगेको थियो । भारतीय पानी जहाज कम्पनीको स्वार्थमा शुरु गर्ने जमर्को गरिएको थियो तर भारतीय कम्पनीको स्वार्थलाई पछि सहयोग गर्ने अस्विकार गरि नेपालमा इस्टर्न नेभिगेसन कम्पनी नामबाट छुट्टै कम्पनी खुल्यो । पछि रोयल नेपाल सिपिङ कर्पोरेसन स्थापना गरी यसै मार्फत पानीजहाज किन्ने निर्णय गरियो।

पहिलो किस्ता स्वरूप रवीशम्शेरले रकम बुझाएपछि कोलकाता बन्दरगाहमा नेपाली झन्डा फरफराउँदै पानीजहाज आइपुगेको थियो । झन्डै २२ दिनसम्म कलकत्ता बन्दरगाहमा रोकिन पुगेको नेपाली पानीजहाज त्यहीँबाट फिर्ता भयो। रवीशम्शेरले पठाएको दोश्रो किस्ता जहाज कम्पनीको एजेन्टले कमिशन बापत लिइदियो । तेश्रो किस्ता बुझाउनु पर्ने समयमा पनि रकम समयमा बुझाउन नसक्दा रवीशम्शेरलाई हम्मे पर्यो । जसले गर्दा उसले पनि हात उठायो । अर्थ मन्त्रालयको कारणले गर्दा नेपाल सरकारले ग्यारेन्टी पनि बसिदिएन ।
त्यस समय रोयल नेपाल शिपिङ कर्पोरेशनलाई पानीजहाज निर्माता कम्पनीले पठाएको जहाजको नमुना तस्विरमा देख्न सकिन्छ । कम्पनीका अनुसार जहाजको लम्बाइ १६१.५ मीटर थियो भने चौडाइ ३१.५ मीटर र उचाइ ६३.५ मीटर थियो । जहाजको अधिकतम क्षमता १०३०० टन (deadweight) थियो । सो पानीजहाज जर्मनको ब्रेमन शहरमा रहेको ए जी वेजर कम्पनीले बनाएको थियो । पानीजहाजको नाम नरेन्द्रलक्ष्मी राखिएको थियो ।
 
एचएमएस गुर्खा १८८८

बि.सं. २०३४ सालमा फेरी पानीजहाज भित्र्याउने प्रयास भएको थियो । तर त्यो पटक पनि सम्भव भएन । हालै पूर्व प्रधानमन्त्रीले फेरी एक पटक नेपालीलाई सपना देखाए । तर यो पनि कार्यकर्ता पाल्ने मेसो जस्तै भयो ।

एचएमएस गुर्खा १९०७

यि त भए समुन्द्रमा नेपालको पानीजहाज चलाउने सपनाका कुरा । नेपाल नामाकरण हुनु अगाडि हाम्रो यस भूभाग गोर्खा भनेर नै विश्वमा चिनिने गरेको थियो । यहाँका वीर सैनिक गोर्खालीको नामले यस क्षेत्रलाई गोर्खा भनिन्थ्यो । बिसं १९४५ मा यिनै गोर्खालीको सम्मानमा “एचएमएस गुर्खा १८८८ (HMS GHURKA 1888)” नाम बाट रोयल इन्डियन मेरिनले सानो टर्पेडो पानीजहाज समुन्द्रमा तैराएको थियो । बिसं १९५७ मा

एचएमएस गुर्खा एफ२०
यसको नाम परिवर्तन गरियो । यस पछि बिसं १९६४ बैशाख ८ मा फेरी अर्को “एचएमएस गुर्खा १९०७ (HMS GHURKA 1907)” फेरी समुन्द्रमा तैरिन थालेको थियो । यो पानीजहाज बिसं १९७३ माघ २७ मा समुन्द्रमा डुब्यो । बिसं १९९५ कार्तिक ५ मा फेरी अर्को पानीजहाज “एचएमएस गुर्खा एफ२० (HMS GURKHA F20)” समुन्द्रमा चल्न थाल्यो । यो पानीजहाज पनि विमान आक्रमणको कारण १९९६ चैत्र २६ गते समुन्द्रमा डुब्यो । यस पछि बिसं १९९७ फागुन ७ मा नै अर्को पानीजहाजलाई “एचएमएस गुर्खा जी६३ (HMS GURKHA G63)” नाम राखेर समुन्द्रमा चलाइयो जो पनि बिसं १९९८ माघमा समुन्द्रमा डुब्यो । अन्तिम पटक बिसं २०१७ असार २८ मा “एचएमएस गुर्खा एफ१२२ (HMS GURKHA F122)” नामको पानीजहाज समुन्द्रमा चलेको थियो । २०४० चैत्र १७ गते यो पानीजहाज इन्डोनेशियालाई बिक्री गरिए पछि नाम परिवर्तन भयो साथै गुर्खा नाम भएका पानीजहाजहरुले सधैको लागि बिदा लियो ।

एचएमएस गुर्खा जी६३
दोश्रो विश्व युद्ध शुरु हुनु पूर्व नै नेपाल नाम राखेर समुन्द्रमा पानीजहाज तैरिन थालेको थियो । बीस १९९८ पुसमा “एचएमएस गुर्खा जी६३ (HMS GURKHA G63)” समुन्द्रमा डुबेपछि सोही साल पुसमा नै “एचएमएस नेपाल” नामबाट पानीजहाज समुन्द्रमा तैरिन थालेको थियो ।
 
एचएमएस गुर्खा एफ१२२

साउथह्याप्टनमा बनाइएको एन-क्लासको युद्धक पानीजहाज तैयार भएर बिसं १९९८ मंसिरमा रोयल निडरल्याण्ड नेभीलाई हस्तान्तरण गरिएको थियो । जसलाई रोयल निडरल्याण्ड नेभीले एचएमएस नेपाल नामबाट समुन्द्रमा चलाउन थालेको थियो । बि.सं. १९९९ जेठ १६ मा “एचएमएस नेपाल” लाई रोयल अष्ट्रेलियन नेभीलाई हस्तान्तरण गरिएको थियो । तर बि.सं. २००३ असारमा भने यसको नाम परिवर्तन गरियो ।

 
एचएमएस नेपाल डी१२५

यसरी गोर्खा सैनिकहरुको सम्मानमा “गुर्खा” र “नेपाल” नाम गरिएका बिभिन्न पानीजहाजहरु समुन्द्रमा तैरिएका थिए ।

 
यी पानीजहाजहरु नेपाल सरकारको स्वामित्वमा नभएको हुँदा नेपालको झण्डा राखिएका थिएनन् । @sunilulak.blogspot.com बाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार