सामलिङ पावर कम्पनी लिमिटेडको साधारण शेयर भोली शुक्रबार देखि खुल्ने


सेवारो खबर  191 पटक हेरिएको

इलाम: सामलिङ पावर कम्पनी लिमिटेडको साधारण शेयर भोली शुक्रबार देखि खुल्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाका स्थानीयवासीका लागि  सेयर खुलाउँन लागेको हो ।

भोली भदौ १८ गते खुल्ने सेयर छिटोमा असोज १ गते बन्द हुँनेछ, भने ढिलोमा असोज १७ गतेसम्म विक्री खुल्ला रहनेछ ।

कम्पनीलरे प्रतिशेयर एक सय (१००) अंकित मूल्यका ५ लाख कित्ता साधारण शेयर निष्कासन गर्न लागेको सूचनामा उल्लेख छ ।

पाँच लाख कत्ता शेयर मध्ये ६० प्रतिशत अर्थात् ३ लाख कित्ता आयोजना प्रभावित क्षेत्र ईलाम जिल्लाका बासिन्दाले खरिद गर्न सक्नेछन् ।  बाँकी ४० प्रतिशत अर्थात् २ लाख कित्ता आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं ८ र १० र माईजोगमाई गाँउपालिका वडा नं ४ र ५ का बासिन्दाका लागि छुट्याएको छ ।

कम्पनीको सेयर नेपाल एसबिआई बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, सिभिल बैंक र लक्ष्मी बैंकका ईलाम शाखा कार्यालयबाट आवेदन दिन सकिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार