पोखरामा इलामकी एक महिला पक्राउ


सेवारो खबर  250 पटक हेरिएको

इलाम: पोखरा महानगरपालिका–६ शान्तिनगरबाट इलामकी एक महिला पक्राउ परेकी छिन । माई नगरपालिका ८ बस्ने २८ वर्षीया अस्मिता राईले महिलालाई काम दिने प्रलोभनमा यौन धन्दामा लगाउँने गरेको आरोपमा पक्राउ परेकी हुन ।

शान्ति नगरमा ए वान रेस्टुरेन्ट सञ्चालन गर्दै आएकी उनले रेस्टुरेन्टमा ग्राहकलाई खाजा नास्ता पुर्याउन वेटरको काममा लगाइदिन्छु भन्दै प्रलोभनमा पारी यौन धन्दामा लगाउने गरेको सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए ।

हमालका अनुसार राईलाई मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको आरोपमा पक्राउ गरिएको हो।

राईलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले गत सोमबार नियन्त्रणमा लिएको हो। उनी विरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान भइरहेको र पीडित महिलालाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाइएको कास्की प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार