नगर युवा परिषदको पहिलो बैठक सम्पन्न


सरिता राई  711 पटक हेरिएको

इलाम: इलाम नगरपालिका स्थानीय सरकार अन्तर्गतको नगर युवा परिषदको पहिलो बैठक आज (आईतवार ) सम्पन्न भएको छ।

बैठकले २२ सदस्यिय गठित परिषदले ५ सदस्यीय पदाधिकारी चयन गरेको छ ।

परिषदको उपाध्यक्षमा बिनोद न्यौपाने, सचिबमा बिशाल कार्की, सहसचिवमा गौरव जङ्ग बुढाथोकी र कोषाध्यक्षमा प्रश्ना श्रेष्ठ छनौट भएका छन।

बैठकले विभिन्न ४ वटा बिभाग समेत गठन गरेको छ।

बैठकको अध्यक्षता इलाम नगर युवा परिषदका अध्यक्ष प्रकाश् घिमिरेले गरेका थिए। जसमा खेलकुद बिभागमा सुनिल दास, स्वयमसेवक विभागमा सुशान्त चाँपागाँई, प्रचारप्रसार बिभागमा निकेश काफ्ले र साँस्कृतिक बिभागमा शिशिर काफ्ले रहेका छन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार