सञ्चारकर्मी सुसेलीले गरे कांग्रेस इलाम नगरपालिकाको सभापतिमा उम्मेद्वारी घोषणा


सेवारो खबर  127 पटक हेरिएको

इलाम: सञ्चारकर्मी सोमनाथ सुसेलीले नेपाली कांग्रेस इलाम नगरपालिकाको सभापतिमा उम्मेद्वारी घोषणा गरेका छन् ।

भदौं २७ मा नगरपालिकाका अधिवेशन हुँदैछ ।

दुई दशकभन्दा अगाडिदेखि पत्रकारितामा सक्रिय सुसेलीलले नागरिकको अभिब्यक्ति स्वतन्त्रता, मानवअधिकार र लोकतन्त्रका लागि कलम मात्र होइन आन्दोलनको समेत अगुवाई गर्दै आएका छन् ।

नेपाल पत्रकार महासंघको दुई कार्यकाल जिल्ला सभापति तथा प्रदेश नम्बर १ को उपाध्यक्ष भइसकेका सुसेलीले नगरको कांग्रेसलाई गुटरहित बनाउँदै एकढिक्का बनाउनका लागि आफ्नो उम्मेद्वारी रहेको बताएका छन् ।

‘२०५१ देखिनै नेपाली कांग्रेसमा सक्रिय छु र अहिले पत्रकार महासंघको कुनै पदमा पनि छुइनँ ।’ उनले भने, ‘यसैले मैले उम्मेद्वारी दिएको हो ।’
आफू नेतृत्वमा आएका अग्रजको सम्मान, समकालीन साथीहरुसँग सहकार्य र युवा साथीहरुलाई माया र हौसला प्रदान गर्दै पार्टी सञ्चालन गर्ने पनि उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार