इलाममा ५६ जना जनप्रतिनीधिले नेकपा एकीकृत समाजवादी


सेवारो खबर  291 पटक हेरिएको

इलाम : इलाममा ५६ जना जनप्रतिनीधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । उनिहरुले आज जिल्ला निर्वाचन कार्यालयमा गएर सनाखत गर्दै दल रोजेका हुन ।

जिल्ला समन्वय समिति उपप्रमुख, नगरपालिका प्रमुख, गाउँपालिका अध्यक्षसँगै वडा अध्यक्ष र वडा सदस्यले समाजवादी पार्टी रोेजेकाे निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला समन्वय समितिका उपप्रमुख चित्रकला बराइली, सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईसहित ९ जना वडा अध्यक्ष, ४ जना कार्यापालिका सदस्य र २९ जना वडा सदस्यले  निर्वाचन कार्यालयल पुगेर एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् ।

सूर्योदय नगरपालिकामा उपप्रमुख, एक वडा अध्यक्ष र केही वडा सदस्य बाहेक सबैले एकीकृत समाजवादी रोजेका छन् ।

इलाम, देउमाई र रोङ गाउँपालिकाका १/१ वडा सदस्य समाजवादीमा सनाखत गरेको बताइएको छ ।

सूर्योदय नगरपालिकाको १४ वडामध्ये तत्कालिन एमालेले प्रमुख र उपप्रमुखसहित १० वटा वडा हात पारेको थियो । उनिहरु मध्ये प्रमुख र ९ वडाअध्यक्षले एकीकृत समाजवादी रोजेपछि उपप्रमुख र १ जना वडाअध्यक्ष मात्र एमालेमा रहेका छन् ।

सूर्योदय नगरपालिकाका वडा न‍‍म्बर २ का वडाअध्यक्ष चन्द्रकुमार सुब्बा, वडा न‍‍म्बर ४ का वडाअध्यक्ष मधुसुदन लामिछाने, वडा न‍‍म्बर ५ का वडाअध्यक्ष प्रेमबहादुर तामाङ, वडा न‍‍म्बर ६ का वडाअध्यक्ष शिवकुमार बस्नेत, वडा न‍‍म्बर ८ का वडाअध्यक्ष सुवासकुमार राई, वडा न‍‍म्बर ९ का वडाअध्यक्ष देवेन्द्र शर्मा, वडा न‍‍म्बर १० का वडाअध्यक्ष पेमा उगेन लामा, वडा न‍‍म्बर ११ का वडाअध्यक्ष टेकबहादुर राई र वडा न‍‍म्बर १२ का वडाअध्यक्ष डोलेन्द्र भारद्वाज समाजवादीमा सनाखत गरेका हुन् ।

जिल्ला समन्वय समिति सदस्य पूर्णबहादुर बस्नेत, माईजोगमाई गाउँपालिकाका अध्यक्ष जितबहादुर राई,  देउमाई नगरपालिका ९ नम्बर वडा सदस्य हेमराज लिम्बू, सन्दकपुर गाउँपालिकाबाट वडा सदस्य हरि लुङ्गेलीले समाजबादी रोजेका छन् ।

‘सहमतिको उल्लङ्घन भएपछि एकिकृत समाजवादीमा लाग्यौ’

सूर्योदयका प्रमुख रणबहादुर राईले १० बुँदे सहमति उल्लंघन भएपछि एकिकृत समाजबादीमा लागेको बताए । उनले सञ्चारकर्मीसँग सम्क्षिप्त कुराकानी गर्दै सहमती कार्यान्वयन गरे पार्टी एकता जोगाउन आफूहरु अधिकतम लचक भएपनि केन्द्रबाटै सहमतिको कार्यान्वनय नभएपछि समाजबादी पार्टीमा जानु परेकाे जानकारी गराए ।

‘हामीले १० बुँदे सहमति कार्यान्वयन गरेर एकता जोगाउनुपर्छ भनेका हौं । उनले भने  तर महासचिव इश्वर पोख्रेलले नै १० बुँदे सहमति कार्यानवयन गर्न नसकिने पटकपटक सार्वजनिक अभिव्यक्ति दिइरहनुभयो’ नगरप्रमुख राईले भने, ‘यसले सहमति कार्यान्वय हुने छाँटकाँट देखिएन ।’

नरपालिकाका जनप्रतिनिधले सहमती गरेर नै एकीकृत समाजवादी रोजेको बताउँदै राईले आगामी चुनावसम्म एकीकृत समाजवादीलाई देशको पहिलो शक्तिको रुपमा स्थापित गर्ने बताए।

पार्टी विभाजन भएपछि नयाँ पार्टीमा जान चाहाने स्थानीय तहका जनप्रतिनिधिले भदौ २२ गते मंगलबारसम्म जिल्ला निर्वाचन कार्यालयमा पुगेर सनाखत गर्नुपर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार