नेपाली कांग्रेस इलामको सभापति पदमा खड्काको उम्मेद्वारी घोषणा


सेवारो खबर  212 पटक हेरिएको

इलाम : नेपाली कांग्रेस इलामको सभापतिमा डम्बर खड्काले प्यानल सहित उम्मेद्वारी घोषणा गरेका छन् । पत्रकार सम्मेलन गरेर खड्काले कांग्रेसको आसन्न १४औं महाधिवेशनमा जिल्ला सभापतिको उम्मेद्वारी घोषणा गरेका हुन् ।

खड्काले संघीय निर्वाचन क्षेत्र नम्बर १ को सभापति भीष्म प्रधान र २  नम्बरबाट मनबहादुर बुढाथोकीले सभापति उम्मेद्वारी घोषणा गरेका छन् ।

प्रदेश निर्वाचन क्षेत्रमा उम्मेद्वारी घोषणा नभएको पत्रकार सम्मलेनमा जिल्ला समितिको अन्य पदाधिकारीमा मातहतको कमिटीको निर्वाचन भइसकेपछि उम्मेद्वारी घोषणा हुने बताइएको छ ।

इलाम नगरपालिकामा अमृतकुमार श्रेष्ठ, सूर्योदय नगरपालिकामा सोनामकाजी लेप्चा, माई नगरपालिकामा हेमराज लिम्बू, सन्दकपुर गाउँपालिकामा तुलाराम गुरुङ, माइजोगमाई गाउँपालिकामा राजेश देवान, माङसेबुङ्गमा अम्बरबहादुर राईले सभापतिमा उम्मेद्वारी घोषणा गरेको पत्रकार सम्मलेनमा जानकारी गराए ।

जिल्लाका अन्य पालिकामा सहमतिको प्रयास भइरहेकाले सभापतिको उम्मेद्वार घोषणा नगरिएको बताइएको छ। सहमति नभए टिमबाट उम्मेद्वारी दिने जनाइएको छ ।

कांग्रेसको जिल्सला सभापतिका चारजना आकांक्षी देखिएका छन् । खड्कासहित वर्तमान सभापति हिमालय कर्मचार्य, पूर्वसभापति केशव थापा र भेषराज आचार्य सभापतिका आकांक्षी हुन् । उनिहरुले भने उम्मेद्वारीको औपचारिक घोषणा गरेका छैनन् ।

मजबुद संगठनका लागि खड्काको उम्मेरद्वारी

नेता खड्काले नेपाली कांग्रेसकाे मजबुद बनाउँन उम्मेरद्वारी दिएको बताए । उनले अहिलेसम्मको कांग्रेसको नेतृत्वले सफलता हासिल नगरेकोले संगठनलाई बलियो र नेतृत्वदायी भूमिका दिनु पर्नेमा जोड दिए ।

नेतृत्वमा पुराना पुस्तासँगको सहमती हुन नसकेपछि उम्मेरद्वारीको घोषणा गर्नु परेकाे जानकारी गराउँदै, अघिल्लो नेतृत्वलाई केन्द्रीय नेतृत्वमा लाने बिकल्पकाे सहमती प्रयास टुङ्गिएको जानकारी गराए ।

आफ्नो नेतृत्व युवाहरुकाे नेतृत्व भएकोले खड्काले पहिलो चरणमै सभापति जित्ने दाबी गर्दै भने ‘पहिलो चरणमै ५१ प्रतिशत आउँछ, मलाई सभापति चाहने धेरै प्रतिनिधि आएका छन् ।’

जिल्लाका ८१ वडाभध्ये ५२ वडा सभापति आफ्नो पक्षमा रहेको खड्काले बताए छ ।

खड्का १३औं महाधिवेशनमा पनि सभापतिमा उठेका थिए ।

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार