किन सङ्घीय लिम्बुवान पार्टी नेपाल फुट्याे ?


बीर नेम्बाङ  318 पटक हेरिएको

४ अगष्ट, २०१४ मा धनकुटाको भेडेटारमा लिम्बुवान मुक्ति मोर्चा, सङ्घीय गणतान्त्रिक पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, लिम्बुवान मुक्ति मोर्चा, नेपाल र सङ्घीय लिम्बुवान राज्य परिषद बीच बृहत्तर लिम्बुवान एकता भयो ।
र, सङ्घीय लिम्बुवान पार्टी, नेपाल गठन भयो । लगत्तै, एकातिर नेपाल सरकारले मोरङको विराटनगरमा सुरक्षा गोष्ठी आयोजना गर्यो ।  उक्त गोष्ठीमा सहभागी झापाका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक मुकुन्दराज आचार्यका अनुसार सुरक्षा गोष्ठीमा पूर्वमा सक्रिय क्षेत्रीय राजनीतिक दल तथा समुहका गतिविधिका बारेमा चर्चा गरियो । साथै, प्रहरी लगायत सम्पूर्ण प्रशासन संयन्त्रलाई नवगठित सङ्घीय लिम्बुवान पार्टी, नेपालको गतिविधि र सम्भावित घटनाका बारेमा निगरानी गर्न निर्देशन दिइयो भने अर्कातिर विगत सात दशकदेखि तिब्बती स्वतन्त्रता आन्दोलनको सामना गर्दै आएका चीन सरकारले तिब्बतसित सीमा जोडिएको लिम्बुवानलाई स्वायत्तता प्रदान गरिंदा आफ्नो सुरक्षा मामिलामा असर पर्ने ठहरायाे ।
उसले आफ्ना उपमन्त्री आई पिङ मार्फत सङ्घीय लिम्बुवान पार्टी, नेपाल गठनप्रति यस्तो प्रतिकृया जनायो:”जातीय आधारमा गर्न लागिएको सङ्घीय संरचनाप्रति चीनकाे चासो रहन्छ । यसले नेपाललाई मात्र होइन छिमेकीकाे सुरक्षा मामिलामा समेत असर पर्न सक्छ ।”
२० अगष्ट , २०१४ मा झापाको विर्तामोडमा सङ्घीय लिम्बुवान पार्टी , नेपालले बृहत्तर लिम्बुवान एकता तथा आन्दोलन घोषणासभा आयोजना गरेर शक्ति प्रदर्शन गर्यो । लगत्तै , एकदिन राति सङ्घीय लिम्बुवान पार्टी , नेपालका सर्वोच्च नेता कमल छाराहाङले मलाई ” तपाई कहाँ हुनु हुन्छ ? तपाईसँग जरुरी काम छ ” भनेर विराटनगरबाट फोन गर्नु भयो मैले घरमै छु भनें ।
भोलिपल्ट उहाँ इलामको मेरो घरमा आइपुग्नु भयो । र, मलाई “नेपाल सरकारले सङ्घीय लिम्बुवान पार्टी , नेपाल फुटाउनेलाई करोडौं रुपैयाँ दिने भएको छ । यसबारेमा तपाईं के भन्नु हुन्छ ?” भनी सोध्नु भयो । जवाफमा मैले “हिजो लिम्बुवानी नेताहरू पदलोलुप हुँदा तत्कालीन लिम्बुवानको क्षेत्रीय स्वयत्तता गुमाउनु परेको थियो । आज हामी पनि आर्थिक प्रलोभनमा फस्याैँ भने लिम्बुवान स्वायत्तताको माग पनि गुमाउनु पर्ने छ “भने । नभन्दै , ४ अप्रिल ,२०१६ मा सङ्घीय लिम्बुवान पार्टी , नेपाल फुटि छाड्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार