सम्झनामा ७७ ‌वर्षामा अरुणा लामा ‘हार्दिक श्रद्धाञ्जली’


सुनिल उलाक  399 पटक हेरिएको

बुबा सूर्यबहादुर लामा र आमा सानमाया लामाको कोखमा बि.सं. २००२ भाद्र २४ गते आइतवार दार्जिलिङको घुम पहाडमा जन्मनु भएका अरूणा लामा बाल्यकाल देखी नै संगीतमा रूचि राख्नुहुन्थ्यो । उहाँका काका सिबि लामाकाे शव्द र संगीतमा “मन मन्दिरमा कृष्ण तिमी आउ” बोलको भजन मङ्पु स्थित सरस्वती निम्न माध्यमिक पाठशालाको मञ्चमा गाएर सार्वजनिक रूपमा गायनको शुरूवात गरेका थिए ।
२०१३ को असारमा काकाले नै अम्वर गुरूङको आर्ट एकेडेमीमा भर्ना गरिदिए । जसले गर्दा अझ संगीतमा गहिरीएर लाग्ने प्रेरणा मिल्यो । यसको चार महिना पछि नै पहिलो पटक गोर्खा दुख निवारण सम्मेलनले आयोजना गरेको नेपाली संगीत प्रतियोगितामा “याद अतितको सम्झि सम्झि” बोलको गीत गाएर दोश्रो भए पछि कहिल्यै पछाडी फर्कनु परेन । त्यसपछि सोही प्रतियोगितामा लगातार २०१४ देखी २०१८ सम्म प्रथम भए । २०१८ मा अम्वर गुरूङले कलकत्ताको हिन्दुस्तान रेकर्डिङ कम्पनीमा भूपी शेरचनको शव्दको “यो मन उदास उदास छ मेरो” तथा “ए कान्छा मलाई सुनको तारा खसाई देउ न” बोलको गीत रेकर्डिङ गराइ दिएका थिए ।
घुम पहाड देखि पश्चिममा रहेको सानो गाँउ मङ्पुमा रहेको प्राथमिक पाठशालामा बाल्यकालको शिक्षा ग्रहण गर्नुभएका अरूणा लामाले पछि दार्जिलिङको सेन्ट टेरेसा स्कुलबाट माध्यामिक शिक्षा पुरा गरेपछि दार्जिलिङ गवर्मेन्ट कलेजबाट ग्रेजुएट गरेका थिए ।
अम्वर गुरूङको आर्ट एकेडेमीले दार्जिलिङको गाँउ वस्तीहरूमा सांगीतिक कार्यक्रमहरू देखाउने गर्दथ्यो । जहा अरूणा सधै गाउन पुग्थे । यहि गायनको क्रममा उनको संगीतकार शरण प्रधानसंग गहिरो मित्रता गाँसियो । अन्तत २०२० साल असार २५ गते मंगलवार १८ वर्षको उमेरमा नै सुटुक्क घरवाट निस्केर शरण प्रधानसंग प्रेम बिबाह गरे ।
हर्कबहादुर प्रधान र कविमाया राईका एक्ला सन्तान तथा बाबु आमाका निकै प्यारा शरण प्रधानको लागी अरूणालाई घर भित्राउन कुनै असहज भएन । संगीतमा रूची भएका सासु ससुरा तथा संगीतकार पति हुँदा त झन अरूणालाइ संगीतमा लाग्न अझ सहज भयो । शरण संगीतकार मात्र नभएर गीतकार पनि थिए । तसर्थ उनकै गीत संगीतमा धेरै गीत गाए अरूणाले ।
बिबाह पछि जीवनको बारेमा धेरै सपना देख्न थाले पनि लामो बैबाहिक सुख भोग्न पाउनु भएन । साना साना दुई सपना र सुप्रित तथा श्रीमती अरूणालाई छाडेर २०३१ बैशाख २० गते शुक्रवारकाे दिन आफ्नो ३१औ जन्म दिनमा नै शरण प्रधानले सदाकाे लागी संसार छोडेर गए । अरुणालाई भाग्यले रुवायो २०२९ मा बुबाले सदाको लागी छोडेर गएका थिए, २०३० मा आमाले छोडेर गए भने अन्तमा २०३१ मा जीवनभर साथ दिने कसम खाएका पतिले पनि छाडेर गए ।
यसपछि अरुणा यति बिक्षिप्त भए कि उनले गीत संगीतबाट बिश्राम लिए । संगीतप्रेमीको लागी ठूलो अभाव भयो । अन्तमा धेरैको अनुराेध अस्विकार गरेका अरूणाले कर्म याेञ्जनको अनुरोधमा गाउन स्विकार गरे । उनले तीन धारेको मञ्चमा लामो शोक पछि शरण प्रधानको शव्द संगीतको “मैले जीवनलाइ कसरी सजाए” गीत गाएर संगीतमा फर्किए । यसपछि राजेन्द्र थापाको शव्द र अम्वर गुरूङको संगीतमा गीत रेकर्डिङ गराए । राजेन्द्रले उनकै लागी लेखिदिएको गीतको शव्द यस्तो थियो
पोहोर साल खुसी फाट्दा जतन गरी मनले टालेँ
त्यही साल माया फाट्यो, त्यसलाई पनि मनले टालेँ
यसपालि त मनै फाट्यो, केले सिउने केले टाल्ने हो।
सास फेरेजस्तो लाग्छ तर भन्छन् मरिसके
तेरो भाग्य यति नै हो भोगचलन गरिसके
सलहको भाग्य मेरो मर्ने बाँच्ने ठेगान छैन
भाग्य फाटे सिउँथेँ बरु तर मन सिउने केले हो
सुख के हो, दुःख के हो मनले खोज्ने खुसी के हो
भावीले निधारमा कर्म लेखिदिने मसी के हो
कर्म लेख्ने मसी के हो भाग्य तोक्ने कसी के हो
कर्म फुटे जोड्ला बरु तर मन जोड्ने केले हो
यस पछि उनले बिरहका गीत मात्र गाए । अझ भनौ भने उनलाई बिरहका गीत मात्रै गाउन दिए । यसरी उनका सबै गीत पिडाले भरिएको हुन थाले । बिरह र बेदनाको गीत गाउदा गाउदा उनी कारूणिक गायिका बन्न पुगे । यस्तैमा हरिभक्त कटुवालले एक गीत दिए जसलाइ मणिकमल क्षेत्रीले संगीत भरे । मणिकमल टिका लगाएर अरूणाले भाइ बनाइ दिएका थिए । यि दुईको अनुरोधमा अरूणाले गीत गाए, गीत थियो ।
हाँगा हाँगा वनभरि चैत फुलेछ
थाहा नपाई मनभित्र बैंस फुलेछ ।
कता कता कसैलाई भेटे भेटे झैँ
सङ्लो पानी पिई तिर्खा मेटे मेटे झैँ
कोहो कोहो दुई आँखामा आई डुलेछ
थाहा नपाई मनभित्र प्रीत फुलेछ ।
एक जोडी आँखा सधैं हाँसुँ हाँसुँ झैँ
एउटा माला फूल टिपी गाँसुँ गाँसुँ झैँ
कसो कसो बिहानीको नींद खुलेछ
थाहा नपाई मनभित्र प्रीत फुलेछ ॥
यो गीत पछि अरूणाका रोमान्टिक गीतहरू आउन थाले ।
पतिको मृत्यु पछि अरूणाको लागी दुखको दिन शुरू भएको थियो । बल्ल बल्ल भाइहरूले खोजिदिएको जागीरमा पनि मालिक नै भागेर तलव पाएनन् । त्यसपछि अस्थाइ शिक्षिकामा रहे । त्यस्तैमा २०३३ मा बल्ल अनुसुचित तथा जनजाती कल्याण विभाग, दार्जिलिङमा निरिक्षक पदमा स्थाइ नाैकरी पाए । जहा जीवनको अन्तसम्म कार्यरत रहे ।
२०५४ माघ २२ गते कलेजोको समस्याको उपचारको क्रममा सदाको लागी संसार छोडेर गए । जीवन भर दुख कष्टसंग दार्जिलिङमा साधारण सरकारी नोकरीमा जीवनयापन गरेका अरूणा लामाको मृत्युपछि शवलाइ काठमाडौमा दाहसंस्कार गर्ने कोशिस भयो । तर परिवारले मानेनन् र अन्तत दार्जिलिङमा नै शव लगेर दाहसंस्कार गरियो ।
अस्तु
भने वाग्मतीमा सेलाउन ल्याइयाे ।
सबैले भन्थे मायालु फुल भई आँखामा फुल्छु
कर्मैले हजुर आँशुमा म फुले
म आफै भन्थे जिन्दगी आफ्नै हातले लेख्छु
कुन मनले हजुर गितमा म भुँले
सुन्दछु मेरो यही धर्ती भित्र आफ्नै छ रगत
पाउँदिन तर कोही पनि आफ्नो बेग्लै छ जगत
देख्नेले भन्थे उडेर एकदिन आकाश छुन्छु
कुन दिनले हजुर उड्न नै म भुलेँ
न घर मेरो न वन मेरो यहि मनले म एक्लो
मुहार मेरो सबैको जस्तो आँशुले म बेग्लो
लहरले भन्थ्यो बगेर एकदिन सागर पुग्छु
दिनले हजुर खोला मै म सुके
@सुनिल उलाकको फेसबुकबाट साभार ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार