जिल्ला स्तरीय छनौट चरण सकियो, प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगिता को–को छानिए


सेवारो खबर  318 पटक हेरिएको

इलामः मानव अधिकार मञ्च नेपाल इलामले सञ्चालन गर्ने प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगिताको छनाैट चरण सकिएको छ ।

मञ्चको साझेदार संस्थाले जिल्लामा सञ्चालन गरेको जिल्ला स्तरीय छनौट चरणमा प्रथम स्थान हासिल गर्ने १४ जना नामावली प्रकासन गरेको छ ।

छनौटमा परेको प्रतियोगीले मञ्चको ‘बाल संरक्षणको लागि ऐक्यद्धता’ परियोजनाले सञ्चालन गर्न लागेको प्रतियोगिता ‘राष्ट्रिय बाल दिवस २०७८’ को अवसरमा आउँदो भदौ २९ गते मंगलबार दोस्रो तथा अन्तिम प्रतिस्पर्धा  हुँनेछ ।

सहभागिलाई जुमको माध्यमबाट विषयबस्तु, प्रतियोगिताको नियम, भाषा शैली लगायत मूल्याङनका दायराबारे अभिमूखिकरण समेत गराई सकिएकाे कार्यक्रम संयोजक रुद्र थेबेले जानकारी गराए ।

“कोरोना भाइरस (कोभिड –१९) ले बालबालिबकाको शैक्षिक क्षेत्रमा पारेको असर र बैकल्पिक उपायहरू” शिर्षकमा भर्चूअल प्रविधी मार्फत प्रस्तुती राख्नु पर्नेछ ।

अन्तिम प्रतिस्पर्धाका लागि ताप्लेजुङकी बिजु राई, पाँचथरका मिक्तोक जबेगु, इलामका दिपेन्द्र गौतम, झापाकी मौनता प्रसाई, धनकुटाका दिपेन भण्डारी, संखुवासभाकी आर्या शर्मा, तेहंथुमकी दिव्या न्यौपाने, सुनसरीकी लक्ष्मी कार्की, मोरङकी रोनिस्मा पोख्रेल, भोजपुरका विपिन तिवारी, उदयपुरका सुनिल घिमिरे, ओखलढुङ्गाका निकेश ढुङ्गाना, खोटाङकी स्मृती राई र सोलुखुम्बुकी सुस्मा बस्नेत छानिएका छन् ।

प्रतियोगिले भनाई राख्दा कम्तिमा पासपोर्ट साइजको भिडियो स्पष्ट देखिएको हुनपर्ने जनाइएको छ । पाँच मिनटको प्रस्तुती नेपाली भाषामा हुनुपर्नेछ । कुनैपनि सामग्री हेरेर प्रस्तुत गरेमा मान्य नहुँने बताइएको छ ।

किन्नरमिसनरेक जर्मनीको सहयोगमा सञ्चालन भइरहेकाे प्रतियोगितामा एक नम्बर प्रदेशको ताप्लेजुङमा वातावरण संरक्षण तथा विकास मञ्च, पाँचथरमा मानव अधिकार चेतना र विकास केन्द्र, झापामा महिला जनचेतना केन्द्र, धनकुटामा सामुदायिक विकास मञ्च, तेह्रथुममा देउराली सोसाइटी, संखुवासभामा समाज स्पर्श समिति, मोरङमा प्रदेश कोकन, सुनसरीमा दुरदृष्टि विकास समाज केन्द्र, उदयपुरमा सुशासनको हिमायती, खोटाङमा जन सेवा समाज, भोजपुरमा विकास र सचेतनाका लागि सामाजिक संस्था, ओखलढुङ्गामा एकिकृत स्रोत व्यवस्थापन समिति, सोलुखुम्बुमा योङ स्टार क्बले जिल्ला स्तरीय प्रतियोगिता सञ्चालन गरेका थिए ।

संयोजक थेबेले कोरोना भाइरस (कोभिड–१९) को महामारीले बालबालिकाको शिक्षा र विद्यालयमा क्षेत्रमा पारेको प्रभावले प्रत्यक्ष रूपमा केहि क्रियाकलाप गर्न नसकिने भएकोले बैकल्पिक उपायको रूपमा प्रविधिको उपयोग गरी बालबालिकाको अन्तरनिहित प्रतिभालाई उजागर गर्ने उद्देश्यले प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगिता सञ्चालन गर्न लागेको बताए ।

‘लामो समयदेखि विद्यालय बन्द भएकाले बालबालिकाको शैक्षिक अवस्थामा ठूलो असर परेको छ । संयोजक थेबेले भने– बैकल्पिक रूपमा अनलाईन कक्षा सञ्चालन गरिएता पनि ग्रामीण क्षेत्रमा प्रभाकारी बन्न सकेको छैन । अनलाइन सिकाई प्रणालीले बालबालिकाको सिकाइ, भोगाई र आगामी दिनको लागि बैकल्पिक उपायहरु के हुनसक्छ बालबालिकाबाटै खोजी गर्नेछौं ।’

विजेताको पुरस्कार कति ?

प्रदेश स्तरको प्रतिस्पर्धामा विजेताले पन्ध्र हजार नगद पुरस्कार सहित प्रमाण पत्र प्राप्त गर्नेछ । यस्तै प्रतियोगितामा द्वितिय, तृतीय हँनेले क्रमशः बाह्र हजार र नौ हजार नगद पुरस्कारसँगै प्रमाण पत्र प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार