इलाम: लुथरन वर्ल्ड रिलिफले जिल्ला अस्पताल इलामलाई स्वाथ्य सामग्री सहयोग गरेको छ । ५ लाख ११ हजार ६८४ रुपैयाँ बराबरको स्वास्थ्य उपकरण प्रदान गरेको छ ।
लुथरनले आईसीयू पेसेन्ट मोनिटर एक थान, थ्री च्यानल ईसीजी मेसिन पाँच थान, इन्फ्युजन पम्प एक थान, सक्सन मेसिन दुई थान अस्पताललाई प्रदान जनाएको छ ।
दुई थान भेन्टिलेटर, डिपिब्रिलेटर एक थान, ब्लड ग्याँस एनालाइजर दुई थान समेत दिएको छ ।
अस्पताललाई उपलब्ध गराएको सामग्रीको मूल्य ६२ लाख ५३ हजार १८८ रुपैयाँ पर्ने भए पनि नेपाल सरकारले ती सामग्री आयात गर्दा पाँच लाख ११ हजार ६८४ रुपैयाँ भन्सार छुटमा ल्याइएको बताइएको छ ।
५७ लाख ४१ हजार ५०४ रुपैयाँको लागतमा ती स्वास्थ्य सामग्री खरिद गरेको बताइएको छ । लुथरनले उपलब्ध गराएका उपकरणले अस्पतालमा सेवा लिन आउनेहरूले गुणस्तरीय सेवा पाउने अस्पतालले बताएको छ ।
आइतबार एक कार्यक्रमका गर्दै लुथरनका देशीय प्रतिनिधि किरण ओझाले उक्त उपकरण अस्पताल विकास समितिका अध्यक्ष गणेश बराल र इलाम जिल्ला अस्पतालका प्रमुख डा. प्रभु शाहलाई हस्तान्तरण गरे ।