राष्ट्रिय जनगणना २०७८ को इलाम जिल्लाको गणकको नतिजा असोज १० गतेपछि आउँने


सेवारो खबर  246 पटक हेरिएको

इलामः आउँदो कातिक २५ देखि मंसिर ९ गते हुने राष्ट्रिय जनगणना २०७८ को इलाम जिल्लाको गणकको नतिजा असोज दोस्रो हप्ता भित्रमा प्रकाशन हुँने जिल्ला जनगणना कार्यालयले जनाएको छ ।

कोभिड–१९ कोरोना भाइरसको महामारीले गणकका लागि २०७७ माघ १० देखि चैत १० गतेसम्म अनलाइन मार्फत लिइएको आवेदनको स्थगित नतिजा  असोज १० गतेपछि  प्रकाशन हुँने जिल्ला जनगणना अधिकारी खगेन्द्र कार्कीले जानकारी गराए ।

छनौट भएका गणकको दशै र तिहारको बीचको समयमा जिल्लाको चार वटै केन्द्रमा गणकको तालिम हुँने जनाइएकाे छ ।

यसअघि गएको जेठ २५ देखि असार ८ गतेसम्म जनगणना हुँने समय सीमा तोकिएको थियो ।

सुपरिवेक्षकको दुई दिने पुनःताजकी तालिम सम्पन्न

जिल्ला जनगणना कार्यालय इलामको आयोजनामा राष्ट्रिय जनगणना २०७८ को सुपरिवेक्षकको दुई दिने पुनःताजकी तालिम सम्पन्न भएको छ ।

जिल्लाको इलाम नगरपालिकाको इलाम बजार, देउमाई नगरपालिकाको मंगलबारे, सूर्योदय नगरपालिकाको फिक्कल र माई नगरपालिकाको दानाबारी चार केन्द्रमा तालिम सम्पन्न भएको जिल्ला जनगणना कार्यालयले जनाएको छ ।

तालिममा इलाम बजारको केन्द्रमा २४, मंगलबारेमा २४, फिक्कलमा ३३ र दानाबारी केन्द्रमा १८ गरी जम्मा ९९ जन सुपरिवेक्षकले तालिम लिएको बताइएको छ।

तालिममा सुपरिवेक्षकले कार्यक्षेत्रमा गर्ने घर तथा घर परिवार सूचिकरण फाराम भर्ने सीप सिकाइएको छ । सुपरिवेक्षकले फाराममा भएका २५ प्रश्नको प्रत्येक घर धुरीका घर परिवारबाट उत्तर संकलन गर्नेछ । यसले जनगणनामा खटिने गणकको विश्वसनीयता मापन गर्न सहयोग मिल्ने जिल्ला जनगणना कार्यालयका खगेन्द्र कार्कीले जानकारी गराए ।

दुई दिनसम्म सञ्चालन भएको तालिममा वडा स्तरमा भरिने सामुदायिक प्रश्नवालीको विषयमा पनि जानकारी गराइएको थियो ।
जिल्लामा चार सय तालिम प्राप्त सुपरिवेक्षकले काम गर्नेछन् ।

सुपरिवेक्षकले जिल्लाको तीस सय ९७ गणना क्षेत्रमा काम गर्नेछन् । एक गणना क्षेत्र बराबर एक सय ६० देखि एक सय ९० घर परिवारको नक्साङ्कन गरिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार