प्रतियोगितामा मोरङका रोनिस्मा पोख्रेल दोस्रो र भोजपुरका विपिन तिवारी तेस्रो भएका छन् । उनिहरुले क्रमश बाह्र हजार र नौ हजार नगद पुरस्कारसँगै प्रमाण पत्र प्राप्त गरेका छन् प्रतियोगीता मञ्चको ‘बाल संरक्षणको लागि ऐक्यद्धता’ परियोजनाले सञ्चालन भएको कक्तृत्वकलामा “कोरोना भाइरस (कोभिड –१९) ले बालबालिबकाको शैक्षिक क्षेत्रमा पारेको असर र बैकल्पिक उपायहरू” शिर्षकमा भर्चूअल प्रविधी मार्फत प्रस्तुती राखेका थिए । १८ वर्षका बालबािलका सहभागी प्रतियीगिता दुई चरण पार गरिएको थियो । प्रदेशको अन्तिम प्रतिस्पर्धाका लागि ताप्लेजुङकी बिजु राई, पाँचथरका मिक्तोक जबेगु, इलामका दिपेन्द्र गौतम, झापाकी मौनता प्रसाई, धनकुटाका दिपेन भण्डारी, संखुवासभाकी आर्या शर्मा, तेहंथुमकी दिव्या न्यौपाने, सुनसरीकी लक्ष्मी कार्की, मोरङकी रोनिस्मा पोख्रेल, भोजपुरका विपिन तिवारी, उदयपुरका सुनिल घिमिरे, ओखलढुङ्गाका निकेश ढुङ्गाना, खोटाङकी स्मृती राई र सोलुखुम्बुकी सुस्मा बस्नेत छानिएका छन् । संयोजक थेबेले कोरोना भाइरस (कोभिड–१९) को महामारीले बालबालिकाको शिक्षा र विद्यालयमा क्षेत्रमा पारेको प्रभावले प्रत्यक्ष रूपमा केहि क्रियाकलाप गर्न नसकिने भएकोले बैकल्पिक उपायको रूपमा प्रविधिको उपयोग गरी बालबालिकाको अन्तरनिहित प्रतिभालाई उजागर गर्ने उद्देश्यले प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिएकाे बताए । इलामः प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगितामा उदपुरका सुनिल घिमिरे प्रथम भएका छन् । राष्टिय बाल दिवसकाे अवसरमा मानव अधिकार मञ्च नेपाल इलामले सञ्चालन गरेको प्रतियोगितामा प्रथम भएका घिमिरेले पन्ध्र हजार नगद पुरस्कार सहित प्रमाण पत्र हात परेका छन् ।
किन्नरमिसनरेक जर्मनीको सहयोगमा सञ्चालन भइरहेकाे प्रतियोगिता सम्पन्न गर्न एक नम्बर प्रदेशको ताप्लेजुङमा वातावरण संरक्षण तथा विकास मञ्च, पाँचथरमा मानव अधिकार चेतना र विकास केन्द्र, झापामा महिला जनचेतना केन्द्र, धनकुटामा सामुदायिक विकास मञ्च, तेह्रथुममा देउराली सोसाइटी, संखुवासभामा समाज स्पर्श समिति, मोरङमा प्रदेश कोकन, सुनसरीमा दुरदृष्टि विकास समाज केन्द्र, उदयपुरमा सुशासनको हिमायती, खोटाङमा जन सेवा समाज, भोजपुरमा विकास र सचेतनाका लागि सामाजिक संस्था, ओखलढुङ्गामा एकिकृत स्रोत व्यवस्थापन समिति, सोलुखुम्बुमा योङ स्टार क्बले जिल्ला स्तरीय प्रतियोगिता सञ्चालन गरेका थिए ।